लुम्बिनी पाना।
सामाजिक कार्यमा क्रियाशील फेसबुक ग्रुप/पेज मगर संसार फोटो ग्यालरीले उदयपुरका विरामीलाई आर्थिक सहयोग प्रदान गरेको छ। उदयपुर जीलाको चौदण्डी गढी -५ सिवाई निवासी हिमाल राना मगरको उपचारको लागि संकलित ३१ हजार १२ रुपैंया रकम हस्तानतरण गरिएको हो।

दुवै खुट्टा गुमाएका राना मगरको उपचारका लागि मगर संसार फोटो ग्यालरीका अध्यक्ष अनिल लामिछाने मगर को पहलमा सहयोग रकम संकलन गरिएको थियो। संकलित रकम मगर संसारका एडमिन दिपा केप्छाकी मगर, स्थानीय बुद्दिजिवि र बिरामीको आफन्तको उपस्थितिमा हस्तान्तरण गरिएको मगर संसार फोटो ग्यालरीले जनाएको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij