बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

रेसुङ्गा विमानस्थलबाट हप्ताको २ दिन उडान हुने

रेसुङ्गा विमानस्थलबाट हप्ताको २ दिन उडान हुने

images
  • 1.2K
    SHARES

  • images
    images
    images
    रेसुङ्गा विमानस्थलबाट हप्ताको २ दिन उडान हुने
    images
    images
    images

    गुल्मी। गुल्मीको रेसुङ्गा विमानस्थलमा हप्ताको २ दिन उडान हुने भएको छ ।नेपाल वायुसेवा निगमले २ दिन उडान गर्ने भएको हो। नागरिक उड्डयन प्राधिकरणले रेसुङ्गा विमानस्थलबाट हप्ताको २ दिन मङ्गलवार र शुक्रवार उडान गर्न निगमलाई अनुमति दिएको हो ।

    रेसुङ्गा नगरपालिका र नेपाल वायुसेवा निगमसँग नियमित उडान गर्नेबारे गत फागुनमा सम्झौता गरेको थियो। रेसुङ्गा विमानस्थलबाट काठमाडौँ सम्मको शुल्क प्रतिव्यक्ति ६ हजार रुपैयाँ लाग्नेछ ।काठमाडौँबाट रेसुङ्गा विमानस्थलका लागि बिहान ६ बजेर ३० मिनेटमा जहाज उडान हुने समय तालिका रहेको रेसुङ्गा नगरपालिका नगरप्रमुख खिलध्वज पन्थीले बताए। रेसुङ्गा विमानस्थलबाट काठमाडौँका लागि बिहान ७ बजेर ४५ मिनेटमा उडान हुने समय तालिका रहेको पन्थीले बताए ।

    images
    images
    images

    काठमाडौँबाट रेसुङ्गा विमानस्थल सम्मको दुरी ५० मिनेटको रहेको छ। रेसुङ्गा विमानस्थल रेसुङ्गा नगरपालिकाको वडानम्बर–१० को सिमी चौरमा पर्दछ। जिल्ला सदरमुकाम तम्घासबाट करिव ५ किलोमिटर कच्चीबाटोबाट विमानस्थल पुग्न सकिन्छ। विमानस्थलमा गत वैशाख १५ गते नेपाल एयरलाइन्सको १८ सिट क्षमताका जहाजले परीक्षण उडान गरेको थियो ।

    त्यस्तै, गत पुस महिनाको २४ मा तारा एयरको १८ सिट क्षमताको जहाजले प्रदर्शन उडान गरेको थियो। विमानस्थलमा २०७५ जेठ २५ गते तारा एयरको जहाजले धुले उडान गरेको थियो ।

    ०६३ सालमा रेसुङ्गा विमानस्थलको शिलान्यास संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रदीप ज्ञवालीले गरेका थिए। तर ०६३ सालमा शिलान्यास भए पनि विमानस्थलको निर्माणको काम २०७२ पछि मात्र सुरु भएको थियो ।

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij