मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

महिलालाई आत्मनिर्भर बनाउन सीपमूलक तालिम

महिलालाई आत्मनिर्भर बनाउन सीपमूलक तालिम

images
  • 495
    SHARES

  • images
    images
    images
    महिलालाई आत्मनिर्भर बनाउन सीपमूलक तालिम
    images
    images
    images

    देवदह ।देवदह नगरपालिकाका महिलालाई आत्मनिर्भर बनाउन नगरपालिकाले प्राथमिकताका साथ काम गरिरहेको छ। वडाका महिला संग प्रत्यक्ष रुपमा अन्तरक्रिया गरि उनीहरुले चाहेको सीपमूलक तालिम नगरपालिकाले संचालन गरिरहेको छ। यसका लागि उपप्रमुख संग महिला कार्यक्रम अन्तर्गत बिभिन्न तालिमहरु संचालन भैरहेको छ। उप प्रमुख संग महिला कार्यक्रम अन्तर्गत आधारभूत तालिम सहितको ३ महिने सिलाई कटाई तालिम आज समापन भएको छ। वडा नम्बर ३ र ४ को गरि ३० जना महिला तालिममा सहभागी थिए।

     

    images
    images
    images

    20230515161844_IMG_6242.JPG

     

    सिलाई कटाई तालिमले महिलाहरुलाई आयआर्जन को साथै काम गर्न सहज होस भन्ने लक्ष्य राखीएको उपप्रमुख विद्या लक्ष्मी गुरुङले जानकारी दिनुभयो । सिप सिकेर त्यसको सदुपयोग गर्न सके स्वरोजगार बन्न सहज हुने उप प्रमुख गुरुङको भनाई थियो।

    तालिमको आज बिधिवत समापन गरिएको छ । तालिमको समापन कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका नगर प्रमुख धुब्र प्रसाद खरेलले सिपले मानिसलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने बताउनुभयो ।प्रमुख अतिथि नगर प्रमुख खरेलले यस प्रकारका सिपमुलक तालिमले महिलाहरुलाई आर्थिक उपार्जनका साथै सामान्य भन्दा सामान्य खर्चमा पनि परनिर्भर पर्नुपर्ने बाध्यता हट्ने विस्वास व्यक्त गर्नुभयो ।

    तालिममा सहभागी भएर उत्कृष्ट सीप सिकेका वडा नम्बर ३ र ४ का ६ जना महिलालाई नि:शुल्क सिलाई मेसिन समेत उपलब्ध गराइएको छ।वडा नम्बर ३ बाट सगुन क्षेत्री, सविता विक, खेमकला न्यौपाने र वडा नम्बर ४ बाट पार्वती थापा थारु, भवानी सिग्देल र कमला चौधरीले हाते मेसिन उपहारस्वरूप पाउनुभएको हो।

    समापन कार्यक्रममा वडा नम्बर ३ का वडा वडा अध्यक्ष यज्ञ अर्याल र ४ का वडा अध्यक्ष दमननाथ रेग्मीले मन्तव्य व्यक्त गर्दै महिलाहरूलाई आर्थिक रुपमा सबल हुन शुभकामना दिनुभयो। देवदह नगरपालिकाको उप प्रमुख सङ्ग महिला कार्यक्रम अन्तर्गत सिलाई कटाई तालिम, जुत्ता चप्पल बनाउने तालिम, गुडिया बनाउने तालिम लगायत विभिन्न तालिम संचालन भैरहेका छन् ।

    जुत्ता चप्पल बनाउने तालिम लिएका देवदह -७ का महिलाले १५ जनाको समूह बनाई सामुहिक रुपमा जुत्ता चप्पल उत्पादन गरि बिक्री समेत गर्दै आएका छन् ।

    images
    images

    निर्मल (एसपी) थापा

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij