सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

अनावश्यक संघ संस्था, कार्यालय खारेजी गर्ने सरकारको घोषणा

अनावश्यक संघ संस्था, कार्यालय खारेजी गर्ने सरकारको घोषणा

images
  • 281
    SHARES

  • images
    images
    images
    अनावश्यक संघ संस्था, कार्यालय  खारेजी गर्ने सरकारको घोषणा
    images
    images
    images

    लुम्बिनी पाना । सरकारले अनावश्यक संघ संस्था, समिति, कार्यालयहरु, खारेजी  गर्ने भएको छ।शुक्रबार प्रतिनिधि सभामा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा पेस गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले काममा  दोहोरोपन भएका, उद्देश्य अनुरुप काम नभएका, असान्दर्भिक भएका विकास समिति, कोषहरु एक आपसमा गभिने वा खारेज गर्ने बताएका हुन्।

    उनले खारेज भएका वा गाभिएका संस्थाहरुको जनशक्ति र सम्पत्ति व्यवस्थापन गर्न आवश्यक कानुनी व्यवस्थापन गर्ने बताए।

    images
    images
    images

     

    बुटवल धागो कारखाना लगायत बन्द तीन उद्योग सञ्चालनमा ल्याउने घोषणा

    नेपाल सरकारले बुटवल धागो कारखाना लगायतका बन्द तीन उद्योग सञ्चालनमा ल्याउने भएको छ ।सरकारले आफ्नो नीति तथा कार्यक्रममा लामो समयदेखि बन्द तथा रुग्ण उद्योगहरु सञ्चालन, खारेजी र एकीकरण वा आवस्यक व्यवस्थापनको विषयमा एक उच्चस्तरीय अध्ययन समिति गठन गर्दै बन्द तीन उद्योग सञ्चालन गर्ने घोषणा गरेको हो ।

    ‘पुन सञ्चालनको सम्भावना रहेका बुटवल धागो कारखाना, गोरखकाली रबर उद्योग, हेटौडा कपडा उद्योगलाई सञ्चलनमा ल्याइने छ’, राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको कार्यक्रम बाचन गर्दै घोषणा गरेका छन्,  ‘नीजि क्षेत्रको सहकार्यमा औधोगिक ग्राम सञ्चालन गरिनेछ ।’

    नेपालमा यी तिन ठुला उद्योग लामो समय देखि बन्द अवस्थामा छन्। यो संगै भृकुटी कागज उद्योग, जनकपुर् चुरोट कारखानामा कुनै बेला हजारौं कामदार कार्यरत थिए। 

     

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij