काठमाडौं। सरकारले ८ वटा घातक रोगको उपचारका लागि दुई अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
सोमबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा आठ वटा घातक रोगको उपचारका लागि दुई अर्ब ५० करोड रूपैयाँ विनियोजन गरेको जानकारी दिए।
यस्तै ९८ प्रकारका औषधि, खोपलगायतका आधारभूत स्वास्थ्य सेवा सरकारले निःशुल्क वितरण गर्ने भएको छ। उक्त औषधि वितरणका लागि १ अर्ब २८ करोड रकम विनियोजन गरेको मन्त्री महतले जानकारी दिए।
पर्यटन
सरकारले पर्यटन क्षेत्रका लागि ११ अर्ब ९६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै पर्यटनलाई उच्च प्राथमिकता दिइएको बताए ।
पर्यटन क्षेत्रका लागि चालु आवमा ९ अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।आगामी आर्थिक वर्षका लागि करीब अढाइ अर्ब रुपैयाँ बजेट थप गरेर ल्याइएको छ । सरकारले सन् २०२३ मा १० लाख पर्यटक भित्राउने लक्ष्य तय गरेको छ ।त्यस्तै २०२३ देखि २०३३ लाई पर्यटन दशकको रुपमा मनाउने लक्ष्य राखेको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij