मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

भारत भ्रमण पूर्णरूपमा सफल भएको प्रधानमन्त्री प्रचण्डको भनाइ

भारत भ्रमण पूर्णरूपमा सफल भएको प्रधानमन्त्री प्रचण्डको भनाइ

images
  • 277
    SHARES

  • images
    images
    images
    भारत भ्रमण पूर्णरूपमा सफल भएको प्रधानमन्त्री प्रचण्डको भनाइ
    images
    images
    images

    मध्य प्रदेश । प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमण पूर्णरूपमा सफल भएको र यसले नेपालको आर्थिक समृद्धि र विकास प्रक्रियामा नयाँ इँटा थपेको बताएका छन्।

    शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले भ्रमणका क्रममा भएका सहमति तथा सम्झौता आफैँमा महत्त्वपूर्ण रहेको र समग्र देशको हितमा रहेका बताए। 

    images
    images
    images

    ‘भ्रमण खास अर्थमा फलदायी भएको छ। ऊर्जा व्यापारका सम्बन्धमा भएका सहमति आफैँमा एक प्रकारको ‘ब्रेक थ्रु’ नै हो। जुन कुरा हामीले लामो समयदेखि चाहिरहेका थियौँ’, उनले भने, ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको छलफलका आधारमा ऊर्जाको दीर्घकालीन व्यापारमा सहमति भएको हो।’

    नेपालको ऊर्जा क्षेत्रमा यस प्रकारको सहमतिले ठूलो लगानी भित्र्याउनसमेत बल पुग्ने उनले बताए। १० वर्षमा १० हजार मेगावाट भारतले आयात गर्ने कुरा आफैँमा ऐतिहासिक र महत्त्वपूर्ण रहेको प्रधानमन्त्री दाहालको भनाइ छ। निजी क्षेत्रले उठाउँदै आएको मागबमोजिम बिजुली व्यापारमा भएको सहमतिले नयाँ विश्वास र आधार तयार पारेकोमा प्रधानमन्त्रीले प्रसन्नता व्यक्त गरे। 

    माथिल्लो तामाकोशी जलविद्युत् आयोजनालगायत एक हजार २०० मेगावाट बराबरको बिजुली सहजरूपमा भारत निर्यात हुने वातावरण बनेको छ। यसअघि चिनियाँ कम्पनीको सहभागिता रहेको भन्दै भारतीय पक्षले सो आयोजनाको बिजुलीसमेत लिन मानेको थिएन। 

    विश्वव्यापी बोलपत्रका माध्यमबाट छानिएर आएका जुनसुकै कम्पनीको बिजुलीसमेत भारतले सहजरूपमा लिने विषयमा पनि सहमति भएको छ। यस्तै, नेपालको बिजुली बंगलादेश लैजाने सन्दर्भमा समेत ऐतिहासिक सहमति भएको छ। बंगलादेशले तत्कालका लागि ५० मेगावाट बिजुली लैजाने भएको छ। त्यसका लागि भारतीय पूर्वाधार प्रयोग गर्नुपर्छ। 

    प्रधानमन्त्री दाहालले नेपाल, भारत र बंगलादेशबीच अब त्रिपक्षीय सहमति नै भएकोे भनेर मान्न सकिने बताए। उनले लामो समयदेखि चर्चामा मात्रै सीमित रहेको र हरेक जसो प्रधानमन्त्रीको भारत भ्रमणमा चर्चामा आउने पञ्चेश्वर बहुउद्देश्यीय आयोजनामा समेत महाकाली सन्धिको मर्मअनुसार अगाडि बढ्न आफूहरू सहमत भएको बताए। 

    यस्तै, नेपाल र भारतबीच रहेको सीमा समस्या समाधान नगर्दासम्म दुई देशबीचको सम्बन्ध नयाँ आधारमा अगाडि बढ्न नसक्ने र सधैँ यस्तै जटिलता रहिरहने भएकाले पनि यसलाई समाधान गर्न भारत तयार भएको उनले जानकारी दिए। भारतीय प्रधानमन्त्री मोदीले नै समस्या समाधानमा लागौँ भनेको भन्दै यसलाई पनि सकारात्मकरूपमा लिन सकिने उनको भनाइ छ।

    प्रधानमन्त्री दाहालले स्वच्छ ऊर्जाको अभियानमा लागेको भारतले नेपालको बिजुली आयात गर्नेतर्फ केन्द्रीत हुनु र त्यसका लागि दीर्घकालीनरूपमा अगाडि बढ्न सहमत हुनु पनि आफैँमा महत्त्वपूर्ण विषय भएको उनले बताए।

    यस्तै, सम्पर्क सञ्जालको विस्तार, रेलमार्ग, धार्मिक पर्यटनको अभिवृद्धि तथा विद्युतीय भुक्तानीलगायतका विषयमा समेत महत्त्वपूर्ण सहमति भएको भन्दै प्रधानमन्त्रीले आफ्नो भारत भ्रमण मुलुकको सर्वपक्षीय हितमा नै केन्द्रीत रहेको बताए। 

    नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बुधबार भारत आएका हुन्। शुक्रबार मध्यप्रदेशस्थित इन्दोर पुगेका प्रधानमन्त्री शनिबार साँझ प्रधानमन्त्री काठमाडौँ फर्किने छन्। 

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij