बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

देवदह क्षेत्रको सडक विस्तारलाई तिब्रता दिने विषयमा छलफल

देवदह क्षेत्रको सडक विस्तारलाई तिब्रता दिने विषयमा छलफल

देवदह क्षेत्र सडक विस्तार

images
  • 785
    SHARES

  • images
    images
    images
    देवदह क्षेत्रको सडक विस्तारलाई तिब्रता दिने विषयमा छलफल
    images
    images
    images

    देवदह । देवदह नगरपालिका, चिनियाँ स्टेट कन्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन ठेकेदार कम्पनी र व्यावसायिक संस्थाका प्रतिनिधिबिच बुटवल नारायणगढ सडक विस्तारका विषयमा छलफल भएको छ।

    बुटवल नारायणगढ सडक खण्ड निर्माणका क्रममा देवदह क्षेत्रमा ढिला सुस्ती र लापरबाही भएको भन्ने गुनासो बढेपछी देवदह नगरपालिका, देवदह क्षेत्रमा क्रियाशिल व्यवसायीक संगठन र चिनियाँ स्टेट कन्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन ठेकेदार कम्पनीका प्रतिनिधिहरुबिच छलफल भएको हो।

    images
    images
    images

    FB_IMG_16865416713551873.jpg

    देवदह नगरपालिकाका नगर प्रमुख धुब्र प्रसाद खरेलको अध्यक्षतामा बसेको छलफलमा धुलो नियन्त्रणका लागि प्रत्येक २-२ घण्टामा अनिवार्य पानी हाल्नु पर्ने व्यवस्था सम्बन्धित निर्माण कम्पनीले मिलाउनुपर्ने, सडकमा रहेका खाल्डाखुल्डी सम्बन्धित निर्माण कम्पनीले पुरी सहज आवतजावतको व्यवस्था मिलाउनुपर्ने, ड्राइभर्सन भएको स्थानहरुमा रोलिङ्ग सहित लेवल मिलाई सडकलाई सहज बनाउने, निर्माण भएका नालामा ढक्कन लगाउने र अनावश्यक रुपमा खनिएका खाडल पुर्ने, वर्षाको पानी निकासको व्यवस्था यथाशीघ्र मिलाउनुपर्ने लगायतका विषयमा सहमति भएको देवदह नगरपालिकाले जनाएको छ।

     

    FB_IMG_16865416787561995.jpg

    सडक विस्तार कार्य सुस्त र विद्युत पोल समयमै नसारिदा धुलोका कारण सर्वसाधारणले सास्ती खेप्नुपरेको छ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij