बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

तिलोत्तमामा बन्ने भयो क्रिकेट रंगशाला

तिलोत्तमामा बन्ने भयो क्रिकेट रंगशाला

images
  • 691
    SHARES

  • images
    images
    images
    तिलोत्तमामा बन्ने भयो क्रिकेट रंगशाला
    images
    images
    images

    बुटवल । रुपन्देहीको तिलोत्तमामा निजी लगानीमा क्रिकेट रंगशाला निर्माण हुने भएको छ। तिलोत्तमा १७ पुर्व दरखसवामा पौने ५ विघा क्षेत्रफलमा २५ हजार दर्शक क्षमताको रंगशाला बन्न लागेको हो। यो निजी लगानीमा बन्ने नेपालको पहिलो क्रिकेट रंगशाला हो।

    एक्स्ट्राटेक ओभल नामाकरण गरिएको रंगशालाको तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले शिलान्यास गरेका छ्न्। गुल्मीबाट तिलोत्तमामा बसाइँ सरेका र  ९ वर्ष अस्ट्रेलियामा सूचना प्रविधि क्षेत्रको व्यवसाय गर्दै आएका विनोद कुँवर र सुदिच्छा गौतमको लगानीमा बन्ने रंगशाला पहिलो वर्ष ५ हजार दर्शक क्षमताको बनाइने र हरेक वर्ष ५ हजार क्षमता थप्दै ४ वर्षमा २५ हजार क्षमताको बनाउने लक्ष्य छ।

    images
    images
    images

    यो क्रिकेट रंगशाला होस्टेलसहित एकेडमी र तालिम केन्द्र सहितको हुने विनोद कुंवरले बताए। आफू क्रिकेटको पारखी भएकाले यसको बिकास मा योगदान गर्न रंगशालामा लगानी गरेको बताए। चार तलाको भवन सहितको रंगशालामा एकेडेमी र तालिम केन्द्र सञ्चालनका लागि पुर्व राष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचनलाई जिम्मेवारी दिइएको एक्स्ट्राटेक ओभल प्रालिका चिफ अप्रेटिङ अफिसर सुदिच्छा गौतमले बताइन्।

    एक वर्षमा क्रिकेट प्रतियोगिता गर्न मिल्ने गरी रंगशालामा ८ सय ट्रक माटो हालेर जग्गा सम्याउने काम भइसकेको छ।​

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij