मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

‘आदिपुरुष’मा समावेश डाइलग नसच्याए काठमाडौंमा भारतीय फिल्म चल्न नदिने बालेनको चेतावनी

‘आदिपुरुष’मा समावेश डाइलग नसच्याए काठमाडौंमा भारतीय फिल्म चल्न नदिने बालेनको चेतावनी

images
  • 3.0K
    SHARES

  • images
    images
    images
    ‘आदिपुरुष’मा समावेश डाइलग नसच्याए काठमाडौंमा भारतीय फिल्म चल्न नदिने बालेनको चेतावनी
    images
    images
    images

    काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश एउटा डाइलग नसच्याए काठमाडौं महानगरपालिका क्षेत्रका हलमा भारतीय फिल्म चल्न नदिने चेतावनी दिएका छन्। 

    ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने संवाद नसच्याए फिल्म चल्न नदिने बालेनले चेतावनी दिएका छन् । उक्त डाइलग नेपालमा मात्र नभइ भारतमा पनि सच्याउनुपर्ने बालेनको भनाइ छ। 

    images
    images
    images

    ‘दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने  सब्द जबसम्म नेपालमा मात्र नभइ भारतमा पनि सच्चिँदैन तब सम्म काठमाडौ महानगरपालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन। यो सच्याउन ३ दिनको समय दिइएको छ। माता सीताको जय होस्,’ सामाजिक सञ्जालमा एक सन्देश लेख्दै बालेनले भनेका छन्। 

    चलचित्र सेन्सर बोर्डले नेपालमा ‘आदिपुरुष’ खरिद गरेका वितरकलाई ‘जानकी भारतमा जन्मिएकी हुन्’ भन्ने आशयको संवाद हटाउन निर्देशन दिएको थियो । सेन्सर बोर्डको निर्देशनपछि यो फिल्मबाट सो संवाद हटाइएको छ । 

    तर, अब काठमाडौं महानगरका मेयर बालेन शाहले नेपालमा मात्र नभई भारतमा पनि फिल्ममा समावेश उक्त संवाद नहटाइए कुनै पनि हिन्दी फिल्म काठमाडौं महानगरपालिका भित्र चल्न नदिने चेतावनी दिएका छन् । योसँगै फिल्म रिलिज अन्यौलमा परेको छ । 

     

    images
    images

    लुम्बिनी पाना

    • बिहिवार, जेठ ३२ २०८००८:३२:००
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij