काठमाडौँ । नेपालले आइसीसी क्रिकेट विश्वकप क्वालिफायरमा नेपालले खराब शुरुवात गरेको छ ।
प्रतियोगिताको पहिलो खेलमा आयोजक जिम्बाबेसँग ८ विकेटले पराजित हुदै नेपालले खराब शुरुवात गरेको हो ।
नेपालले दिएको २९१ रनको लक्ष्य पछाएको जिम्बाबेले ४४.१ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।
जिम्बाबेका लागि कप्तान क्रेग इरभिन र सीन विलियम्सले शतकीय पारी खेलेका थिए । क्रेगले अविजित १२१ रन बनाए भने सीन विलियम्सले अविजित १०२ रन बनाएका थिए ।
त्यस्तै जोयलोर्ड गुम्बीले २५ र वेस्ली माधेभेराले ३२ रन बनाएर आउट भएका थिए ।
त्यस्तै नेपाली बलर सोमपाल कामी र गुलशन झाले एक एक विकेट लिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउदै २९० रन बनाएको थियो ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले ९९ र आसिफ सेखले ६६ रनको पारी खेलेका थिए । दुवैले पहिलो विकेटका लागि कीर्तिमानी १७१ रनको साझेदारी गरेका थिए ।
त्यस्तै नेपालका लागि कुशल मल्लले ४१ रन बनाए भने कप्तान रोहित पौडेलले ३१, गुलशन झाले १३, आरिफ सेखले १०, दिपेन्द्र सिंह ऐरीले ६, भीम सार्कीले ०, करण केसीले २ रन बनाए ।
त्यस्तै जिम्बाबेका बलर रिचार्ड एन्गाराले सर्बाधिक ४ विकेट लिए भने वेलिंगटन मसाकाजाले २ तथा टेण्डाइ चतारा र ब्लेसिंग मुजाराबानीले एक एक विकेट लिएका थिए ।
प्रतियोगितामा अब नेपालले आगामी मंगलबार अमेरिकाको सामना गर्ने छ ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij