देवदह। रुपन्देहीको देवदहमा ४५ दिने मन्टेश्वरी तालिम सम्पन्न भएको छ। देवदह नगरपालिका वडा नं ५ को आर्थिक सहयोग र लुम्बिनी पोलिटेक्निकल ईन्स्टिच्युट प्रा.लि को सहकार्यमा ४५ दिने मन्टेश्वरी तालिम सम्पन्न भएको हो।
समापन कार्यक्रममा बोल्दै देवदह नगरपालिकाको नगर उप प्रमुख विद्या लक्ष्मी गुरुङले नयाँ विधि र प्रविधिको बिकास सँगै शिक्षण सिकाईमा सुधार ल्याउन यो कार्यक्रमले महत्त्वपूर्ण भुमिका खेल्ने बताउनुभयो। कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका उपप्रमुख गुरुङले महिलाहरु पछि परेको शैक्षिक,आर्थिक, राजनितीक कारणले बताउदै महिलाहरुलाई अगाडि ल्याउन केहि गर्न पर्छ भनेर उप प्रमुख संग महिला लक्षित कार्यक्रम संचालन गर्दै आईरहेका बताउनुभयो।
एसी मर्मत तालिम, ग्राफिक्स डिजाइन र मन्टेश्वरी गरि ३ वटा शिर्षकमा वडाको तर्फ बाट तालिम संचालन गरिएको नगर प्रबक्ता तथा वडा नम्बर -५ का अध्यक्ष गणेश डुम्रेले बताउनुभयो। सम्पन्न भएका तालिम मध्ये एसी मर्मत तालिम र ग्राफिक्स डिजाइन तालिम लिएका प्रशिक्षार्थिले स्थानीय र विदेशमामा समेत रोजगारी पाएको र वडामा लिएको तालिमले काम गर्न सहज भएको प्रतिक्रिया पाएको प्रबक्ता डुम्रेको भनाई थियो।
कार्यक्रममा बोल्दै नगर प्याब्सन देवदहका अध्यक्ष राम बहादुर गुरुङले प्रशिक्षार्थीहरुलाइ वाल मनाेबिज्ञान बुझेर सिकाई गर्न आग्रह गर्नुभयो। उहाले मन्टेश्वरीको चुनौती र कार्यक्रममा प्रशिक्षार्थीको तर्फबाट मिना खनाल र हिरा भण्डारीले तालिम अवधिभर सिकेको कुरा राख्नु भएको थियो। तालिममा २९ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो। तालिमको सहजकिरण विपना रणपालले गर्नुभएको थियो।
कार्यक्रम देवदह नगरपालिका वडा नं ५ का वडा अध्यक्ष तथा नगर प्रवक्ता गणेश डुम्रेको अध्यक्षता र लुम्बिनी पोलिटेक्निकल ईन्स्टिच्युट प्रा.लिको प्रबन्ध निर्देशक अरुण अर्यालको संचालनमा भएको थियोे।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij