पाल्पा। तिनाउ गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि र भौतिक पूर्वाधारलाई प्राथमिकता राख्दै आगामी आर्थिक वर्ष २०८०।०८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
तिनाउ गाउँसभाको १३ औं अधिवेशनमा गाउँपालिका प्रमुख प्रेम श्रेष्ठलेले नीति तथा कार्यक्रम पेश गरेका हुन् ।

तिनाउ गाउँपालिकाको नीति तथा कार्यक्रम

१. सामाजिक विकास तर्फ
१.१ शिक्षा
(क) शिक्षा नियमावली, शिक्षा नीति, शिक्षा निर्देशिका जस्ता कानुनी तथा नीतिगत व्यवस्था मार्फत
शिक्षा क्षेत्रको गुणस्तर नियमन एंव प्रवर्दन गरिनेछ ।
(ख) विद्यालयहरुको भौतिक पूर्वाधार निर्माणमा आवश्यकता अनुसार लगानी गरिने छ ।
(ग) शिक्षकहरुको व्यवसायिक क्षमता विकासका लागि आवश्यक कार्यक्रम ल्याइनेछ ।
(घ) विषयगत शिक्षकहरुको अभिलेख व्यवस्थापन गरि गाउँपालिकाको शैक्षिक विकासमा उनीहरुको अनुभव उपयोग गरिने छ ।
(ङ) प्रत्येक विद्यालय र भौगोलिक दुरीले विद्यालय जान टाढा रहेको समुदायमा बालविकास केन्द्र स्थापना गरीनेछ ।
(च) बालविकास सहजकर्तालाई तालिमको व्यवस्थापन गरीनेछ ।
(छ) स्थानिय पाठ्यक्रम अनुसार पाठ्यपुस्तकको विकास गर्दै लगिनेछ र यसलाई कक्षाकोठामा प्रयोग गरीनेछ ।
(ज) कक्षा १ देखि ३ सम्म अग्रेजी माध्यममा पठनपाठन गरीनेछ ।
(झ) व्यवस्थित नभएका विद्यालयका बालकक्षादेखि ३ कक्षासम्म भूई बसाई व्यवस्थापन गरीनेछ ।
(ञ) गाउँपालिका स्तरीय गणित विषयको गुणस्तर वृद्धि गर्न आवश्यक तालिम अन्तरक्रिया गोष्टी संचालन गरीनेछ ।
(ट) शिक्षाको समग्र विकासको लागि शैक्षिक योजना निर्माण गरी कार्यान्वयन गरिनेछ ।
(ठ) गाउँपालिका भित्रका दुई प्राविधिक विद्यालयहरुमा निःशुल्क आवासिय सुविधा सहित शिक्षा प्रदान गरिनेछ ।
(ड) विद्यार्थीको शारिरीक, मानसिक तथा सामाजिक विकास एवंम् प्रतिभा पहिचान र प्रस्फुटन गर्न विद्यालय स्तरीय खेलकुद, अतिरिक्त क्रियाकलाप, शैक्षिक प्रर्दशनी एवंम् प्रतियोगीताहरु संचालन गरीनेछ ।
(ढ) गाउँपालिका भित्र रहेका अभिभावकविहिन, असहाय र विपन्न बालबालिकाहरुलाई माध्यमिक स्तर सम्मको शिक्षामा विशेष सहयोग कार्यक्रम ल्याइनेछ ।
(ण) विद्यालयको आवश्यकता अनुसार मातृभाषा एवंम् लिपिमा अध्यापन गराईनेछ ।
(त) विद्यार्थी संख्याको आधारमा बालविकास विद्यालय शिक्षकहरुको दरबन्दी मिलान तथा तह घटाउँदै लगिनेछ ।
(थ)शैक्षिक उपलब्धि,विद्यालयको शैक्षिक सुधार र समग्र विद्यालयको विकासको आधारमा शिक्षक र विद्यार्थीहरुलाई प्रोत्साहीत गर्नको लागि उत्कृष्ट शिक्षक र विद्यार्थीहरुलाई पुरस्कृत गर्दै लगिनेछ ।
(द) विद्यालयको नतिजा सुधारको लागि चौमासिक रुपमा नतिजा विश्लेषण गरी पृष्ठपोषण प्रदान गरीनेछ । (ध) तिनाउ गाउँपालिका भित्र एक विद्यालयलाई नमुना विद्यालयको रुपमा विकास गर्दै लगिनेछ ।
(न) गाउँपालिका स्तरीय खेलकुद मैदानको स्तरोन्नती गरिनेछ ।
(प) प्रविधिको प्रयोग गर्दै,श्रमलाई सम्मान गर्दै, संस्कार सहितको शिक्षा प्रदान गरीनेछ ।
(फ) सामुदायिक विद्यालयहरुमा विद्यार्थीको अनुपातमा बिषयगत दरबन्दी एंव शिक्षक सरुवालाई
व्यवस्थित गरिने छ । सबै विद्यालयहरुमा क्रमश पुस्तकालय विज्ञान र कम्प्युटर प्रयोगशाला स्थापनाको नीति लिइनेछ ।
(ब) शैक्षिक प्रणाली मै रुपान्तरण ल्याउन उचित पठनपाठनको व्यवस्थापन, अतिरिक्त क्रियाकलाप व्यवस्थापन, अध्यावधिक स्रोत व्यवस्थापन, विद्यालय अभिभावक बिच सञ्चार व्यवस्थापन र सुचना प्रविधिको प्रभावकारी उपयोगमा विशेष जोड दिने नीति अवलम्बन गरिने छ ।
(भ)गाउँपालिकाका भित्रका सबै विद्यालयहरुको भौतिक पूर्वाधार र शैक्षिक गुणस्तरको अवस्थालाई शिक्षा समितिको अवलोकन तथा अनुगमन प्रतिवेदनको आधारमा सुविधा सम्पन्न विद्यालयको रुपमा विकसित गर्ने नीति तथा कार्यक्रम ल्याइनेछ ।
(म) प्रधानाध्यापक, विषयगत शिक्षकहरुको क्षमता अभिबृद्धि गरी शैक्षिक गुणस्तरमा सुधार ल्याउन तालिम अन्तरक्रिया गोष्ठी कार्यशाला संचालन गरिने छ ।
(य) विद्यालयको स्थलगत अवलोकनलाई आधार बनाई फर्निचर अभाव भएका विद्यालयहरुमा फर्निचर व्यवस्था गरिनेछ ।
(र) सिमा खुल्ला रहेका विद्यालयहरुको यथार्थ विवरणको आधारमा विद्यालय घेराबार गरिनेछ । प्राविधिक शिक्षा सञ्चालन रहेका दोभान भावि र तिलोत्तमा माविलाई व्यवस्थापन सहयोग उपलब्ध गराइने छ ।
२.२ युवा तथा खेलकुद
(क) खेलकुदको विकास गर्न विभिन्न खेलहरुका लागि खेलकुद मैदान लगायतका खेल पूर्वाधार निर्माण तथा मर्मत सम्भार गरिनेछ ।
(ख) गाउँपालिकाका गौरवका रुपमा रहेको अध्यक्ष भलिबल प्रतियोगितालाई निरन्तरता दिइनेछ ।
(ग) युवा उद्यमशीलता विकासका कार्यक्रमहरु मार्फत युवाहरुलाई स्वरोजगार उन्मुख गराउन नीति र कार्यक्रम ल्याइने छ ।
(घ) युवा बेरोजगारी न्यूनिकरणका लागि सरकारी गैरसरकारी सहकारी तथा निजी क्षेत्रको समन्वय र सहकार्यमा सिप तथा उद्यमशील क्षमता विकासको कार्यक्रमहरु संचालन गरिनेछ ।
(ङ) विपन्न गरिब परिवारका युवाहरुलाई व्यावसायिक पशु पालन तथा तरकारी खेति पलम्बिङ्ग इलेक्ट्रोनिक्स सामाग्री मर्मत जस्ता तालिमहरु प्रदान गरि गरिबी न्यूनिकरण र जीविको पार्जनमा सहजीकरण गरिने छ ।
१.३ स्वास्थ्य
(क) गर्भवति महिला प्रसुती हुन र सडक दुर्घटनामा परेकाहरुलाई स्वास्थ्य संस्था जादा लाग्ने गाडिभाडा बापतको रकम "तिनाउ गाउपालिकाको गर्भवति तथा सड़क दुर्घटना सहायता कार्यविधि, २०७९ बमोजिम शोधभर्ना प्रदान गरिनेछ ।
(ख) प्रोटोकल अनुसार गर्भ जाचलाई उत्प्रेरणा दिन साथै गर्भवतिमा थप पोषणको लागि “तिनाउ
गाउपालिकामा गर्भजाच तथा संस्थागत सुत्केरी प्रोत्साहन कार्यबिधि, २०७८" बमोजिम सुविधा उपलब्ध गराईनेछ ।
(ग) प्रसुति केन्द्रमा टाढाबाट आउने सेवाग्राही र कुरुवाको लागि "प्रसुती कुरुवा कक्षको" स्थापना तथा सुनिश्चितता गरिनेछ।
(घ) १६ देखि ५९ महिनासम्मको सम्पूर्ण बालबालिकाहरुले उमेर अनुसार पाउनुपर्ने खोप पाएको
संचालन गरिनेछ ।
(ङ)५ वर्ष मुनिका बालबालिकाहरुमा हुने कडा शिघ्र कुपोषणको समयमै पहिचान, उपचार र परामर्श गरी कुपोषणको न्यूनिकरण गरिनेछ ।
(च)पोषणमैत्री स्वास्थ्य संस्थाको निर्माणको लागि आवश्यक कार्यक्रमहरुलाई निरन्तरता दिईनेछ ।
(छ)गाउँघर क्लिनिकलाई नियमित तथा परिष्कृत रुपमा सञ्चालन गरिनेछ ।
(ज)नागरिक आरोग्य केन्द्र तथा आखा उपचार केन्द्रबाट दिईने सेवालाई निरन्तरता दिईनेछ ।
(झ) विद्यालय उमेर देखि नै स्वास्थ्य सम्बन्धी व्यवहारिक ज्ञान प्रबद्र्धन गर्न, बाल विवाह न्यूनिकरण गर्न
विद्यालयहरुमा “विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम कार्यविधि २०७८ बमोजिम कार्यक्रम निरन्तर
रुपमा सञ्चालन गरिनेछ ।
(ञ) नसर्ने रोगको पहिचान तथा सचेतनाको लागि "स्वस्थ तिनाउ अभियान " 'सुरु गरिनेछ ।
(ट) महिला स्वास्थ्य स्वयम्सेविकालाई सेवा प्रोत्साहन स्वरुप थप मासिक रु १००० यातायात खर्च र गरिनेछ । सेवा निवृतीको समयमा थप सुविधा उपलब्ध गराईनेछ ।
(ठ) स्वास्थ्य संस्थाहरुबाट उपलब्ध हुने आधारभुत स्वास्थ्य सेवा निशुल्क रुपमा उपलब्ध गराउनको
लागि आवश्यक पर्ने औषधि, उपकरणहरु अभाव हुन नदिने व्यवस्था गरिनेछ ।
(ड) स्वास्थ्य संस्थाहरुको आर्थिक र सामाजिक लेखा परिक्षण गरी सुशासनको अभ्यास गरिनेछ ।
(ढ) महिलाहरुको पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, पाठेघर खस्ने समस्या पहिचान शिविरहरु सञ्चालन गरिनेछ ।
(ण)स्वास्थ्य संस्थाहरुबाट प्रवाह हुने सेवालाई थप गुणस्तरीय बनाउन स्वास्थ्य संस्थाको न्युनतम सेवा
स्थितीको स्वमुल्यांकन गराई आवश्यक सुधार गर्दै लगिनेछ ।
(त) १० वेडको आधारभुत अस्पतालको पायक पर्ने स्थानमा जग्गा प्राप्तीको लागि यथाशिघ्र पहल
गरिनेछ ।
(थ) प्रत्येक वडामा आखाको रोग पहिचानको लागि स्क्रिनिङ शिविर सञ्चालन गरिनेछ ।
(द) सुनीलो १००० दिन समुहको पोषण स्थितीमा सुधार गर्नका लागि कुखुराको चल्ला वितरण गरिनेछ
(घ)चौमासिक रुपमा उपलब्ध स्रोत साधनको आधारमा टोल, वस्तीमा गई ज्येष्ठ नागरिकहरुलाई निशुल्क स्वास्थ्य, प्रयोगशाला जाच तथा परामर्श गरिनेछ ।
(न) किशोरकिशोरीहरुलाई सहजरुपमा स्वास्थ्य सेवा लिन आउने वातावरण निर्माण गर्नका लागि “किशोरकिशोरी मैत्री स्वास्थ्य संस्था निर्माणमा जोड दिईनेछ ।
(ज) रक्तदानसँग सरोकार राख्ने संघ, संस्थासँग समन्वय गर्दै पालिका तथा वडास्तरमा रक्तदाता समुह
निर्माण तथा परिचालन गर्ने कार्यलाई थप व्यवस्थित गर्दै लगिनेछ ।
(प) गैर सरकारी स्वास्थ्य संस्था, औषधि पसल, अन्य स्वास्थ्य सेवा प्रदायकको निगरानी तथा अनुगमन
गरिनेछ ।
(फ) घुम्ती प्रयोशालाको निरन्तरता तथा थप प्रयोगशाला आवश्यकताको सम्भाव्यता अध्ययन गरिनेछ
(ब) आधारभुत स्वास्थ्य सेवा केन्द्र सत्यवतीको भवन निर्माणको लागि आवश्यक पहल गरिनेछ । (भ) किशोरीहरुमा रक्तअल्पताको पहिचान तथा परामर्श कार्यक्रमलाई निरन्तरता दिईनेछ । (म) सम्पूर्ण विद्यालयहरुमा आकस्मिक तथा प्राथमिक उपचारको लागि तालिम र स्वास्थ्य
सामाग्रीहरुको व्यवस्थापन गरिनेछ ।
(य) विशेषज्ञ सेवा सहितको स्वास्थ्य शिविर सञ्चालन गरिनेछ ।
(र) एच आई भि संक्रमण लगायत यौन रोग सम्बन्धी सचेतना विस्तार गर्दै सामाजिक लाञ्छना कम गर्न
कार्यक्रम सञ्चालन गरिनेछ ।
(T) खुल्ला व्यायामशाला निर्माण गरिनेछ ।
(ल) आखाको मोतिविन्दुको निशुल्क अप्रेशन शिविर सरोकारवाला संस्थाहरुसंग समन्वय गरी
सञ्चालन गरिनेछ ।
१.४ लैङ्गिक समानता र सामाजिक समावेशीकरण (लक्षित वर्ग )
तिनाउ गाउँपालिकाले आगामी आ.ब. ०८०१०८१ मा महिला, जनजाती, युवा, दलित, फरक क्षमता भएका व्यक्ति, ज्येष्ठ नागरिक, एकल महिला, बालबालिका, सबैको सशक्तिकरण गरी विकासको मूलप्रवाहमा ल्याउने नेपाल सरकारको नीति अनुरूप लक्षित वर्गको सशक्तिकरणका विविध कार्यक्रम मार्फत समावेसी सिद्धान्त अनुरूप समताको अवस्थामा ल्याउन जनप्रतिनिधिको संयोजकत्वमा सम्बन्धीत शाखाको कर्मचारी मार्फत सशक्तिकरण, आर्यआर्जन, क्षमता विकास लगायतका प्रभावकारी कार्यक्रम कार्यान्वयन गर्दै लगिने छ। वास्तविक लक्षित वर्गसम्म कार्यक्रमको पहुँच पुग्न सकेको देखिदैन तसर्थ नेपाल सरकारले लागू गरेका सशर्त अनुदानका कार्यक्रमहरुलाई यथावत रुपमा लागू गर्दै पालिका स्तरबाट महिला तथा बालबालिका विकासमा वास्तविक लक्षित वर्गसम्म पहुँच पुग्ने गरी केही विशेष कार्यक्रम लागू गर्ने बजेटको व्यवस्था गरिने छ ।
(क) महिला शसक्तिकरणको लागि बहस पैरवी गरी विपन्न वर्ग लक्षितलाई बस्तुगत टेवा, आयआर्जन, सिप विकास र नेतृत्व तथा क्षमता विकासका कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
(ख) लैगिक समानता तथा सामाजिक समावेशिकरण सम्बन्धी अभियान, तालिम र जनचेतनामुलक
कार्यक्रम गरिनेछ ।
(ग) लैंगिक हिंसा न्युनिकरण, प्रजनन स्वास्थ्य सम्बन्धी सचेतनामुलक कार्यक्रम सञ्चालन गरिनेछ।
(घ)अपाङ्गता भएका व्यक्तिहरुको परिचय पत्र वितरण तथा सहयोग कार्यक्रम सञ्चालन गरिनेछ
(ङ)ज्येष्ठ नागरिकहरु लाई परिचय पत्र वितरण, सम्मान कार्यक्रम तथा सरोकारवालासँग अन्तक्रियाकार्यक्रमहरु सञ्चालन गरिनेछ
(च) लैगिक हिंसा निवारण एंव बालराहत कोष स्थापना भएकोलाई निरन्तरता दिइने छ ।
(छ)बालमैत्री स्थानीय शासन कार्यक्रम लागु गर्न आवश्यक कार्यक्रम सञ्चालन गरिनेछ । बालबिवाह
विरुद्धको अभियानलाई प्रभावकारीरुपमा सबै माध्यमिक विद्यालयहरुमा सञ्चालन गरिने छ ।
(ज) गाउँपालिका स्तरीय वालमैत्री गाउँसमिति सकृय गराई कार्यक्रम संचालन गरिनेछ ।
(झ) बालबालिकाहरु भविश्यका कर्णधार हुन। बालबचाउ, बालविकास, बालसंरक्षण, बालसहभागिताको अधिकार सुनिश्चित गर्न तिनाउ गाउँपालिकालाई आगामी ३ वर्ष भित्र बालमैत्री गाउँपालिका बनाउन बाललगानी नीति अबलम्बन गरी कार्यक्रम ल्याइनेछ ।
(ब) अविभावक विहिन हिंसा पिडित बालबालीकाहरुलाई पठनपाठनको निम्ति बाल कोष स्थापना गरी सहयोग उपलब्ध गराइने छ ।
(ट) प्रत्येक वडामा वडा स्तरीय बाल संजाल निर्माणगरी सकृय बनाई पालिका स्तरीय बाल संजाल बाल संरक्षण समितिलाई सकृय रुपमा अगाडी बढाउने कार्यक्रम संचालन गरिनेछ ।
(ठ) महिला बालबालिका अल्पसंख्यक भूमिहिन अति गरिब आदिवासी जनजाति र सामाजिक बहिस्करणमा परेका वर्गका लागि उत्थानशील कार्यक्रमहरु संचालन गरिनेछ ।
(ड) ऐतिहासिक कालदेखि दलित तथा शील्पी समदायले जीवन निर्वाहको रुपमा अपनाइ आएका परम्परागत पेशालाई व्यवसायिक उद्यमको रुपमा विकास गर्न पुँजि लगानी सहयोग गराइनेछ ।
(ढ) विकासका कार्यक्रमहरुमा टोल विकास संस्थाहरुलाई प्रभावकारी रुपमा सहभागी गराइनेछ सघन
परिचालन गरिनेछ ।
(ण) जेष्ठ नागरिक परिचयपत्र वडास्तरबाट नै उपलब्ध गराउने व्यवस्था मिलाउनेछ।
(त) गाउँपालिकालाई सडक मानव मुक्त गाउँपालिका बनाइनेछ ।
(थ)गर्भवती महिलाहरुको लागि आमा सुरक्षा कार्यक्रम र नवजात शिशुको लागि पोषण कार्यक्रम संचालन गरिनेछ ।
(द) गाउँपालिका तथा वडास्तरीय बाल क्लब संजाललाई प्रभावकारी रुपमा परिचालन गरनेछ ।
(ढ) बालविकास केन्द्रहरुको भौतिक पूर्वाधार स्तरोन्नति गरिन्छ ।
(न)गाउँपालिका भित्रका ३०० अति विपन्न नागरिकहरुलाई (परिवार) स्वास्थ्य विमामा ५०% लगानी गापाबाट बेहोर्ने व्यवस्था मिलाई छ ।
१.५ खानेपानी तथा सरसफाई
नेपाल सरकारको नीति अनुरुप एक घर एक धाराको नारालाई सार्थक बनाउन अधुरा खानेपानी योजनाहरुलाई यस आ.ब.मा सम्पन्न गर्ने नीति तय गरी वजेट विनियोजन गरिनेछ । रहेका
(क) निर्माण सम्पन्न पश्च्यात खानेपानी योजनाहरुमा उपभोक्ताहरुले प्रत्येक घरघरमा धारा तथा मिटरबक्स जडान गरी न्यूनतम शुल्क लिएर समितिबाटै मर्मत संभार गर्ने व्यवस्था गरिनेछ ।
(ख) तिनाउ गाउँपालिका भित्र संचालित लिफ्टीङ खानेपानी योजनाहरूको मासिक उठेको विद्युत महसूल उपभोक्ता समितिले विद्युत प्राधिकरण लाई तिरेको रकमको २५ प्रतिशत रकम वडाकार्यालयको सिफारिसको आधारमा गाउपालिकाले उपभोक्ता समितिलाई शोधभर्ना फिर्ता गर्ने कार्यक्रमलाई
निरन्तरता दिइने छ ।
(ग) खानेपानी मुलको शुद्धता परिक्षण गरिनेछ । (घ) सार्वजनिक स्थानहरुमा फोहोर मैला व्यवस्थापनको लागि डस्विनको व्यवस्था गरिने छ ।
(ङ)हाइवे सरसफाइको लागि सडक किनारका बसोवासी सरोकारवालाहरुसँग समन्वय गरि कार्यक्र
गरिने छ ।
(च) संघिय सरकारको विशेष योजना अन्तरगत हात्तीकोट लिफटिङ्ग खानेपानी योजनालाई सम्पन्न गर्ने गरी शिघ्र कार्यन्वयनमा लगिने छ । (छ)सानी उडाइ ठाडे बेलडाँडा खानेपानी आयोजनाहरुमा बजेट विनियोजन गरिनेछ ।
१.६ कला, साहित्य र संस्कृति सम्बन्धि
(क) गाउँपालिका भित्र रहेका विभिन्न विधाका कलाकार, साहित्यकार, गायककार, नृत्यकार पहिचान गरि उनीहरु विवरण संकलन गरि गाउँपालिकाको अमुल्य सम्पतिको रुपमा अभिलेखिकरण गरिने छ । (ख) गाउँपालिका भित्र अधिकांश मगर जातिको बहुल्यता भएको हुनाले मगर भाषाको संरक्षण र सम्बर्धन गर्ने नीति अवल्बन गरिनेछ ।
(ग) गाउँपालिका भित्र आयोजना हुने मेला महोत्सवमा विविध जातीय भेष-भुषा कला लागयतको झाकी प्रदर्शन गर्ने नीति तथा कार्यक्रम ल्याइनेछ ।
(घ) गाउँपालिका भित्रका विभिन्न विधाका उत्कृष्ट ष्टाहरुलाई सम्मान गरिनेछ ।
(ङ)गाउँपालिका स्तरीय कला साहित्य प्रतिष्ठान गठन गरिनेछ ।
२. भौतिक पूर्वाधार विकास
२.१ सडक यातायात तर्फ
तिनाउ गाउँपालिका भौगोलिक हिसावले ठुलो क्षेत्रफल ओगटेको विकट क्षेत्र तथा छरियर रहेको वस्तीलाई सडक संजालले समेट्न निकै कठिन रहेको छ अधिकांश क्षेत्र चुरेमा पर्ने भएको हुदा निर्माण भएक कच्ची सडकहरुको दिगोपना नरहने अवस्था छ। सडकको विकास विना अन्य पक्षको विकास हुन सक्दैन भन्ने अवधारणलाई अवलम्वन गर्नु पर्नेछ। योजना तर्जुमाको सिलशिलामा वस्ती स्तरमा योजना संकलन गर्ने क्रममा सबै वडाहरुवाट सडक योजनाहरु नै मागको प्राथमिकतामा परेका छन । तसर्थ गाउँपालिकाको आ.ब. ०८०।०८१ को नीति तथा कार्यक्रममा सडक लाई नै प्राथमिकतामा पारी नीति तथा कार्यक्रम तय गरिएको छ ।
(क) पुर्वाधार निर्माणका आयोजनाहरु सञ्चालन गर्दा लागत लाभ विश्लेषणका आधारमा उच्च नतिजा एंव प्रतिफल दिने समतामुलक विकासको आधारको रुपमा रहने पिछडिएका र कम विकसित क्षेत्रलाई मुल प्रवाहिकरणमा ल्याउन सहयोग गर्ने आयोजनाहरू पहिचान गरी आयोजना बैक तयार गरिने छ। सो बैकमा समाविष्ट आयोजनाहरुमा मात्र बजेट विनियोजन गर्ने नीति लिइनेछ ।
(ख) नेपाल राष्ट्रिय भवन संहिता २०६० बस्ती विकास शहरी योजना तथा भवन निर्माण सम्बन्धि मापदण्ड
२०७२ राष्ट्रिय भू उपयोग नीति भवन तथा योजना मापदण्ड २०५६ लगायतका राष्ट्रिय प्रादेशिक एवं
स्थानीय भूमि व्यवस्थापन तथा भवन नियमन सम्बन्धी ऐन मापदण्ड तथा निर्देशिकाहरुलाई कडाईका साथ
लागु गरी सुरक्षता एवं व्यवस्थित निर्माण गर्ने नीतिलाई निरन्तरता दिइनेछ ।
(ग) विगत देखिका निर्माणाधिन तथा अधुरा योजनाहरुलाई सम्पन्न गर्न क्रमागत रुपमा बजेट विनियोजन गरिनेछ ।
(घ) भवन निर्माण अनुमति प्रकृयालाई प्रविधिमा आधारित तुल्याई सहजिकरण गरिनेछ ।
(ङ) गाउँपालिका भित्र भु उपयोग नीति लागू गर्दै जाने नीति लिइनेछ ।
(च) कचल झिगामारा ठुलिउडाग मोटरबाटो, दोभान झाङ्ला मोटरबाटो, गोरबन्दी लगाङ सत्यवति गिजनचौर पर्यटकीय सडक र आँपचौपारी बेलडाँडा चिदिश शिखरडाँडा गुफाचौर लुम्बिनी प्रदेश सरकारको साझेदारीमा स्तरोउन्नती गरिनेछ । चरचरे मरामकोट जिन्तिलग मोटरबाटोलाई स्तरोउन्नति गर्नलाई बजेट विनियोजन गरिने छ ।
(छ) नुवाकोट हरियाली गाउँ मोटरबाटो संघिय सरकारको साझेदारीमा स्तरोउन्नति गरिने छ ।
(ज) डि.पि.आर गरिएका सडकका योजनाहरुलाई सडक गुरुयोजना र आवधिक योजनासँग मध्यकालिन खर्च संरचनासँग तालमेल हुने गरी क्रमशं योजनाबद्ध विकास गरीदै लगिनेछ । आवश्यकता पहिचान गरि मोटरेबल पुल तथा अन्य सडकहरुको डिपिआर तयार गरिनेछ ।
(झ) घुघुरा विस्कुनडाँडा भक्तेछाप कसेनी मोटरबाटो, चरचरे कोलडाँडा मोटरबाटो, खारपानी चिदिस मोटरबाटो, घोडेबास माराबास मोटरबाटो, बौरडाँडा गिजनचौर मोटरबाटो लगायतका बाटो स्तरोउन्नति गरिनेछ ।
२.२ भवन निर्माण
(क) गाउँपालिकाले भवन निर्माणमा भूकम्प प्रतिरोधी घर निर्माण गर्ने, घर बनाउदा गाउँपालिकाले पास
गरेको तिनाउ भवन निर्माण मापदण्ड २०७७ लाई पूर्ण रुपमा पालना गरिनेछ ।
(ख) पुराना बनी सकेका घरहरुलाई पनि अभिलेखिकरणको प्रकृयामा समावेश गरिनेछ ।
(ग) गाउँपालिका भित्र रहेका विभिन्न मोटरवाटोको किनारमा घर बनाउदा गाउँपालिकाबाट नक्सा पास गरी
तोकिएको सडकको मापदण्ड (Right of Way) पुरागरी भवन निर्माण गर्ने व्यवस्था मिलाईने छ ।
(घ) भवन निर्माण गर्दा प्रदेश भवन ऐन राष्ट्रिय भवन संहिता र भवन निर्माण मापदण्ड बमोजिम हुने व्यवस्था गरिनेछ ।
(ङ) विपद् प्रभावित क्षेत्रको पुन निर्माण कार्यलाई बस्ती विकास कार्यक्रमसँग एकीकृत गरी संचालन गरिनेछ । (च) सार्वजनिक विद्यालय वा अन्य भवनलाई मर्मत सम्भार गरी उपयोगमा ल्याइनेछ ।
(छ) जनता सुरक्षित आवास कार्यक्रम अन्तरगत लक्षित वर्गका बाँकी आवास कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
(ज) गाउँपालिकाको हालको प्रशासनिक भवनमा सबै शाखाहरुको कार्य सम्पादन गर्न अपुग रहेकोले संघिय सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशतमा साझेदारीमा थप भवन निर्माण
कार्यलाई अगाडी बढाइनेछ ।
(झ) अधुरो रहेका कोलडाँडा स्वस्थ्य चौकी भवन, पाटन सामुदायिक भवन र अधुरा रहेका सामुदायिक भवनहरु सम्पन्न गर्ने नीति अवलम्बन गरि बजेट विनियोजन गरिने छ ।
३. आर्थिक विकास तर्फ
स्थानीय आर्थिक विकासलाई योजनाबद्ध रुपमा कार्यान्वयमा ल्याइनेछ । यस अन्तरगत स्थानीय प्रतिस्पर्धात्मक बस्तु वा सेवाको सहभागीतामूलक पहिचान गरि ती बस्तु वा सेवाहरुको समग्र मुल्य श्रृङ्खला (उत्पादन देखि बजारीकरणसम्म) मा गाउँपालिका निजीक्षेत्र र सहकारी (समुदाय) समेतको सहकार्यमा स्थानीय आर्थिक विकासका योजना अन्तरगतका कार्यक्रमहरु सञ्चालन गरिनेछ । नव प्रवर्तन र उद्यमशीलता प्रवर्धन गर्न स्टार्टअप इकोसिष्टमको विकास गर्न उद्यमशाला सञ्चालन गरिनेछ । यस अन्तरगत स्थानीय आर्थिक विकास पूर्वाधार निर्माण आर्थिक सशक्तिकरण तथा वित्तिय साक्षरता सहितको सीप विकास उद्यमशीलता विकास तथा नव उद्यमशीलता प्रवर्द्धन र विशिष्टिकृत बस्तुको उत्पादन तथा बजारीकरणमा समेटिने छन् । ३.१ उद्योग तथा पर्यटन सम्बन्धि
संस्कृति हाम्रो सम्पदा हो यसमा संरक्षण गर्न हाम्रो दायित्व हो । गाउँपालिका भित्र रहेका धार्मिक तथा जातीय संस्कृति संरक्षण गर्ने गरी गाउपालिकाले संस्कृति संरक्षण र प्रवद्र्धनका कार्यक्रमहरु विभिन्न संचालन गर्न जरुरी छ । गाउँपालिका भित्र रहेका विभिन्न मठमन्दिर, गुम्बा र पुरातात्विक केन्द्रहरुको संरक्षण तथा संबद्र्धन गर्दै सबै संस्कृतिलाई समान महत्व दिने नीतिका साथ कार्यक्रम तर्जुमा गरिने छ । ठुलोनाच,
सोरठी, झ्याउरे जस्ता विभिन्न सास्कृतीक नाच नौमती बाजा तथा भेष भुषालाई प्रवर्धन गर्दै लगिनेछ । तिनै संस्कृति र सांस्कृतिक सम्पदाहरुसंगै पर्यटन विकासका सम्भावना खोजी गरी पर्यटन विकासबाट आर्थिक लाभ लिने तर्फ पालिकाले जोड दिनेछ । प्राकृतिक सम्पदाहरुको पहिचान प्रचार प्रसार संरक्षण तथा सम्बद्र्धन गर्दै जनताको आर्थिक र सामाजिक विकास तथा एकता कायम गर्न सहयोग पुग्ने खालका कार्यक्रमहरु सन्चालन गरिने छ। पार्क निर्माण, होमस्टे सन्चालन र प्रवर्धन सहित उच्च समस्थली भु-भागमा पोखरी र ताल तलैया निर्माण एवं संरक्षणका कार्यक्रमहरुलाई निरन्तरता दिइने छ ।
(क) उद्योग व्यवसाय दर्ता नविकरण स्थानान्तरण तथा नामसारी जस्ता प्रशासनिक प्रकृयालाई सूचना प्रविधिको प्रयोग गरी सरलीकरण र प्रभावकारी बनाइनेछ ।
(ख) स्थानीय कच्चा पदार्थ प्रयोग गरी उत्पादन गर्ने लघु उद्यमीहरुको उत्पादनलाई प्रबर्धन गर्न विशेष जोड
दिनेछ।
(ग) तिनाउ गाउँपालिका क्षेत्र भित्र उद्योग स्थापना गर्न चाहाने उद्योग व्यावसीवहरुलाई लगानीको उचित नीति अवलम्बन गरिने छ ।
(घ) लगानी मैत्री नीति तथा ओधोगिक मुद्धीकरण गर्दै उद्योग तथा पर्यटन विकासको नीति अवलम्बन गरिनेछ ।
(ङ)गाउँपालिका भित्रका पर्यटकीय स्थलहरू प्रचार प्रसारको लागि डकुमेत्री ब्रोसरहरुको वितरण गरिने छ ।
(च) गाउँपालिका क्षेत्र भित्रका पर्टकीय स्थलहरुमा सहज रुपले पुग्नका लागि पर्यटकीय सडक सन्जाल कार्यन्वयन प्रारम्भ गरिने छ ।
(छ) विभिन्न जात जातिहरूको ऐतिहासिक सांस्कृतिक धार्मिक पहिचान अवगत गराउन पर्यटकहरूलाई होमस्टेमा बस्ने उचित व्यवस्था गरिने छ।
(ज) गाउँपालिका प्रवेश स्थलहरुमा तिनाउको पर्यटकीय क्षेत्र (सत्यवति ताल, बुढी सत्यवति ताल, नुवाकोट, रानीझरना, खुलखुले पार्क, बसन्तपुर, मरामकोट भ्यू पोइन्ट, जन्तिलुङ्ग भ्यू पोइन्ट, सुकेताल, खुलखुले पार्क, अविरल पार्क, रामापिथेकस पार्क र रिसिङ्ग लेक आदि) को परिचय सहित पर्यटक आकर्षण गर्न होडिङ्ग बोर्ड राखिने छ ।
३.२ कृषि विकास
तिनाउ गाउँपालिका कृषिको लागी उपयुक्त स्थल मानिन्छ। यहाँ कृषिको लागी उबर फाँटहरु रहेको छ । साथै कृषि उपज बिक्री बितरणको लागी बुटवल बजार नजिकै रहेको छ । कृषि पेशालाई निर्वाहमुखि होइन व्यवसायिक र आत्मनिर्भर उन्मुख बनाउन जरुरी छ। तिनाउ गाउँपालिका भित्र उत्पादित कृषि उपजलाई तिनाउ कृषि उपज बिक्री केन्द्र बुटवल मार्फत बिक्री बितरण गर्ने निति अवलम्बन गरि कृषि बजारीकरणलाई अझ व्यवस्थित तथा पारदर्शी बनाउन गाउँपालिका स्तरिय तथा वडा स्तरिय कृषि तथा पशुपंक्षी विकास समिति संग अन्तरक्रिया गरि बिचौलियाको मारमा परेका कृषकहरूलाई उचित मुल्यको सुनिश्चितता अनुभुती गराइनेछ । बडागत कार्यक्रम,खाद्यान्न बिउ वितरण, कृषक पाठशाला, बाली उपचार शिविर, मकै बाली उन्नत बिउ प्रवर्धन कार्यक्रम, गाउँपालिका अध्यक्ष सँग किमान कार्यक्रम, गाउँपालिका उपाध्यक्ष सँग अगुवा कृषक
सम्मान कार्यक्रम,प्लाष्टिक पोखरी निर्माण कार्यक्रम उत्पादनमा आधारित अनुदान कार्यक्रम, फलफुल बगैचा स्थापना कार्यक्रम,पुरानो बगैचा सुदृढिकरण कार्यक्रम रैथाने बाली प्रवद्र्धन कार्यक्रम काप कटिंग( उत्पादकत्व पत्ता लगाउनु) . जस्ता आदी कार्यक्रम संचालन गरिनेछ । आ.ब.०८०२०८५ का लागी कृषि क्षेत्रमा देहाय बमोजिम नीति तथा कार्यक्रमहरु तय गरिएको छ ।
(क) वडागत कार्यक्रम मार्फत ६ वटै वडामा ५०% अनुदानमा तरकारी, च्याउ, धनिया खुर्सानी, मौरी पालन क्षेत्र विस्तार कार्यक्रम, अदुवा बेसार लेवलिंग कार्यक्रम संचालन गरिनेछ ।
(ख) लागत सहभागिता जनाउन नसक्ने विपन्न कृषकहरुलाई गाउँपालिका अध्यक्ष संग किसान कार्यक्रम अन्र्तगत निःशुल्क कृषि उत्पादन सामाग्री वितरण कार्यक्रम संचालन गरिनेछ ।
(ग) पालिकालाई बीउमा आत्मनिर्भर बनाउने उद्देश्यले मकै बाली उन्नत बीउ प्रबंधन कार्यक्रम संचालन गरिनेछ। (घ) यस पालिका भित्रका अगुवा कृषक छनौट गरि गाउँपालिका उपाध्यक्ष संग कृषि क्षेत्रमा योगदान
पुरियाएका अगुवा कृषक सम्मान कार्यक्रम संचालन गरिनेछ ।
(ङ) सिचाई समस्या भएको क्षेत्रमा आकाशको पानी संकलन गर्न प्लाष्टिक पोखरी निर्माणको लागी
निःशुल्क प्लाष्टिक वितरण गरिनेछ ।
((च)रोग किरा बाली नालीमा हुने क्षेती न्युनीकरण गर्न प्रत्येक वडामा बाली उपचार शिविर संचालन
गरिनेछ।
(छ) यस पालिकाको कृषि उपज बिक्री केन्द्र मार्फत बिक्री वितरण गरेको कृषकहरु लाई उत्पादनमा आधारित अनुदानको व्यवस्था मिलाइनेछ ।
(ज)पालिका भित्र रहेको बाझो जग्गामा फलफुल बगैचा स्थापना कार्यक्रम मार्फत फलकुल विरुवा रोपण
गरि कृषकको आय आर्जनमा वृद्धि गरिनेछ । (झ) रैथाने बाली संरक्षण तथा प्रर्वधन गर्ने कार्यक्रम संचालन गरिनेछ ।
(ञ) बालीहरुको उत्पादन तथा उत्पादकत्व पत्ता लगाउन क्रप कटिंगको कार्यक्रम संचालन गरिनेछ ।
(ट) मागमा आधारित कृषक तालिम कार्यक्रम संचालन गरिनेछ ।
(ठ) ५०% अनुदानमा कृषि पत्रिकरण कार्यक्रम संचालन गरिनेछ।
३.३ पशु सेवा तर्फ
तिनाउ गाँउपलिका कृषि तथा पशुपालनको लागि उपयुक्त स्थल मानिन्छ । यहाँ कृषिको लागि उर्बर फाटहरु रहेको भने पशुपालनको लागि उपयुक्त वनजंगल, बोटबिरुवा घाँस लगाउन प्रसस्त जमिनहरु रहेको छ । साथै बजारीकरणको लागि बुटवल बजार नजिकै रहेको छ । दुध उत्पादन वृद्धि गर्नका लागि वडा नं. ६ र २ का विभिन्न क्षेत्रलाई भैंसी पालन क्षेत्रको रुपमा विकास गर्दै लगिने छ साथै डेरी र सहकारी मार्फत किसान लाई स्वच्छ र सफा गुणस्तरिय दुध उत्पादन सम्बन्धि जानकारी हरु प्रदान गरिने छ। अन्य क्षेत्रमा मासु उत्पादन वृद्धि गर्नका लागि बाख्रा र बंगुरलाई प्राथमिकतामा राखी काम गरिने छ त्यसका लागि वडा न ३ को सरांखोला लाइ बाख्रा पकेट को रुपमा निरन्तर सहयोग र परामर्श दिइने छ । यस वर्षको कार्यक्रम अन्तर्गत औषधि तथा
उपकरण, यन्त्र तथा औजार खरिद / वितरण, घास वितरण र खोर/गोठ तथा पोखरी सुधार लाई प्राथमिकतामा राखेर काम गरिने छ भने शिविर कार्यक्रम त्यस्तै प्रसारका कार्यक्रम र सुत्केरी पोषण कार्यक्रम पनि यस वर्ष संचालन मा आउने छन । तालिम, भ्रमण, कृषक गोष्ठी आदि प्रसार कार्यक्रम अन्तर्गत रहेर गरिने छ।"
(क) एक वडा एक पशुपालन क्षेत्र विस्तार कार्यक्रम संचालन गरिनेछ,
(ख) खोर/गोठ सुधार तथा निर्माण, गोठमा गोबर ग्यास जडानमा ५० % अनुदान सहयोग गरिनेछ,
(ग) नश्ल सुधारको लागि उन्नत जातको पशु वितरण गरिनेछ, (घ) ५०% अनुदानमा चापकटर, डुंड/टाट्नो Silage/ Heavy feed machine वितरण गरिनेछ,
(ङ) सुत्केरी पशु पोषण कार्यक्रमलाई प्राथमिकतामा राखिनेछ, घाँस वितरण गरिनेछ,
(च) भ्याक्सिनेसन कार्यक्रम, परजीवी विरूद्ध शिविर, औसधि, भ्याक्सिन तथा उपकरण खरिद तथा वितरण
गरिनेछ,
(छ) वडागत रुपमा पशुपालन तालिम, अगुवा कृषक (समिति) गोष्ठी, प्राबिधिकहरुको क्षमता अविवृद्धि तालिम संचालन गरिनेछ, डेरी अनुगमन, उत्पादनमा
(ज) एक वडामा एक नमुना पशु श्रोत केन्द्र स्थापना, फर्म, मासु पसल तथा आधारित अनुदान, उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम संचालन गरिनेछ,
(झ) प्रदेश सरकारको सहयोगमा ६ वटै वाडाको तथ्यांक संकलनका लागि किसान सूचीकरण कार्यक्रम संचालन गरिनेछ, (ञ) आवश्यकताको पहिचान गरि पशु स्वास्थ्य शिविर सञ्चालन गरिने छ ।
३.४ राजश्व तथा आन्तरिक श्रोत परिचालन नीति तथा कार्यक्रम
(क) आन्तरिक आय व्यवस्थापन प्राकृतिक स्रोत बिक्री सम्बन्धि ऐन तथा नियमावली तर्जुमा गरी राजश्व परिचालनलाई थप व्यवस्थित तुल्याइनेछ ।
(ख) गाउँपालिकाको आन्तरिक राजश्व अभिबद्धिका लागि करका नयाँ सम्भाव्य क्षेत्रहरु पहिचान गरिनेछ ।
(ग) वडा कार्यालयहरुसँग समन्वय गरी घर बहाल करमा रहेको चुहावट नियन्त्रण गर्न घरधनी र बहालमा
रहनेहरुको अभिलेख अध्यावधिक राख्ने प्रणाली विकास गरिनेछ । (घ)करदाताहरुको अभिलेख व्यवस्थापन सुदृढ गर्दै उत्कृष्ट करदाताहरुलाई पुरस्कृत तथा सम्मानित गर्ने नीति लिइनेछ ।
(ङ)कर प्रशासनलाई सूचना प्रविधिमैत्री एवं करदातामैत्री तुल्याउदै लगिनेछ ।
(च) करदाताको कर लगतलाई व्यवस्थित पारदर्शी र प्रभावकारी रुपमा उपयोग गर्न करदातालाई कर सम्बन्धि सूचना प्रवाह गर्न करका दरहरु गाउँपालिकाको वेवसाइटमा राखिनेछ ।
३.५ सहकारी
(क) नेपाल सरकारको तीन खम्बे अर्थ नीति अन्तर्गत रहेको सहकारीको प्रर्वधन गरी सहकारीको पूँजिलाई अधिकतम उत्पादन र रोजगारीमूलक क्षेत्रमा लगानी गर्ने तर्फ उन्मुख अनुगमन तथा नियमन गरिने छ। गराउने उद्देश्य अनुरूप
(ख) सहकारी सदस्यहरुलाई विशेष तालिम मार्फत क्षमता अभिवृद्धि गर्ने गरी वजेटको व्यवस्था गरिने छ । आवश्यक
(ग) एक घर एक सहकारी सदस्यको नीति लागु गर्दै सहकारी मार्फत उत्पादन वृद्धि गरिने छ । पालिका भित्रका कृषि संग आवद्ध सहकारीहरुलाई संजालमा आबद्ध गरि व्यवसायीक तरकारी खेती प्रणाली सुरुगरी सहकारी मार्फत उत्पादित कृषिउपज विक्री वितरण प्रकृयालाई प्राथमिकता दिई उत्पादनका आधारमा कार्यविधि वनाई अनुदान समेतको व्यवस्था गरिने छ ।
(घ) एकै कार्य क्षेत्र भित्र एकै विषयका एक भन्दा वढि सहकारी स्थापनालाई निरुत्साहित गरिने छ ।
(ङ) हालको सहकारी नियमावली लागु हुनु भन्दा पहिले नै दर्ता भई चलिरहेका एकै प्रकृतीका सहकारीहरुलाई मर्ज गरिदै लगिने नीति पालना गरिने छ ।
(च) सहकारीका व्यवस्थापक तथा पदाधिकारीहरुलाई सहकारी शिक्षा, सहकारी व्यवस्थापन र सहकारी
लेखा तालिम संचालन गरिने छ। वार्षिक रुपमा सहकारीको अनुगमन गरिनेछ।
(छ) कुनै पनि सहकारीले तालिम आयोजनाका लागि म्याचिङ सहितको प्रस्तावना पेश भएकोमा
प्रशिक्षकको खर्च (पालिकाबाट पास भएको दरले) उपलब्ध राइनेछ ।
(ज) गाउँपालिका भित्र स्थापना हुने सहकारीहरुको दर्ता तथा क्षेत्र अनुमति जस्ता विषयहरुलाई व्यवस्थित ढङ्गले अगाडी बढाइने छ ।
३.६ रोजगार (प्रधानमन्त्री रोजगार कार्यक्रम)
(क) आ.व. २०८०/०८१ मा प्रधानमन्त्री रोजगार कार्यक्रमलाई अझ प्रभावकारी रुपमा अगाडी बढाउन प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तगत सञ्चालित आयोजनालाई "सोलिङ्ग वर्षको रुपमा सञ्चालन गरिनेछ । प्रधानमन्त्री रोजगार अन्र्तगत बाट श्रमिकलाई ज्याला प्रदान गरि सामान खरिदको लागी गाउँपालिका तथा वडा कार्यालयबाट बजेटको व्यवस्था गरि साझेदारीमा कार्यक्रम सञ्चालन गरिनेछ ।
(ख) वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूको लागि श्रम स्वीकृत र पुनः श्रम स्वीकृतिको कार्यलाई प्रभावकारी रुपमा रोजगार सेवा केन्द्रबाट कार्यान्वन गरिनेछ ।
(ग) स्थानीय तहमा दर्ता भएका बेरोजगार व्यक्तिहरुलाई न्युनतम रोजगारीको प्रत्याभूति गर्नका लागि गाउँपालिका तहमा बिभिन्न ठेक्का मार्फत तथा उपभोक्ता मार्फत सञ्चालन हुने योजनामा आवश्यकता अनुसार श्रममूलक काममा स्थानीय सूचिकृत बेरोजगार व्यक्तिहरुलाई प्राथमिकता दिने व्यवस्था गरिनेछ ।
(घ) वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुलाई उनीहरुको सीप र क्षमताको आधारमा उद्यमी बनाउनका लागी आवश्यक सहयोग गरिनेछ ।
ङ)स्थानिय स्तरमा रोजगारीको प्रवर्द्धनका लागी सार्वजनिक निर्माण कार्यहरुमा सम्भव भए सम्म श्रममुलक प्रविधिको प्रयोग गरी रोजगारी सिर्जनामा जोड दिइनेछ ।
(च)स्थानीय माग र आवश्यकताका आधारमा बेरोजगार व्यक्तिहरुलाई तालिमको व्यवस्था गर्न तालिमहरु सञ्चालन गरिनेछ साथै स्वरोजगार बन्न उत्प्रेरित गरिनेछ ।३.७ न्यायिक समिति
यस गाउँपालिका अन्तर्गत संविधान एवं स्थानीय सरकार संचालन ऐन अनुसार उपाध्यक्ष श्री लाल बहादुर थापाको संयोजकत्वम ३ सदस्यीय न्यायीक समिति रहनेको छ। ऐन अनुसार तोकिएका न्यायिक क्षेत्राधिकारभित्र रही उदर्तादेखि न्यायिक निरुपण गर्ने कार्यलाई व्यवस्थित गरिनेछ सामान्य खालका मुद्दा मामिला, जग्गा जमिन, अंशवण्डा, साधविवाद जस्ता मुद्दाको टुङ्गो लगाइनेछ । स्थानीय सरकार तिनाउ गाउँपालिका अन्तर्गत रहेका नागरिकहरु कोहि पनि सामान्य देखि जटिल
विवादका विषयहरूमध्ये आफुलाई प्राप्त अधिकारको निष्पक्ष, स्वतन्त्र व्याले न्यायिक निरूपण गरी सबैका लागि समान न्याय प्रदान गर्ने हाम्रो कर्तव्य हो । समान न्यान प्रदान गर्न न्यायिक समितिका पदाधिकारी एवं सम्पुर्ण नागरिकलाई न्यायको क्षेत्रमा सचेतना जगाउदै यसलाई आगामि दिनमा छिटो छरितो विश्वासिलो निष्पक्ष तवरले न्यायिक निरुपणलाई तिव्रता प्रदान गर्न तपशिलका कार्यक्रम संचालन गरिनेछ ।
(क) न्यायिक क्षेत्राधिकारका बारेमा नागरिक सचेतना तालिम संचालन गरिनेछ ।
(ख) मेलमिलाकर्तालाई सहजिकरण गर्न सक्ने क्षमता विकास तथा पुर्नताजगि तालिम संचालन गरिनेछ ।
(ग) महिला संजालका महिला, न्यायिक समितिका पदाधिकारी एवं मेलमिलापकर्ताहरुलाई कानुनि सचेतना तालिम संचालन गरिनेछ ।
(घ) न्यायिक समितिका पदाधिकारी एवं कर्मचारीलाई न्यायिक निरुपण सम्बन्धि पुर्नताजगी तालिम
दिइनेछ ।
सभाका सदस्यज्यूहरु,
४. वन वातावण तथा विपद व्यवस्थापन
४.१ वन वातावरण तथा भू-संरक्षण तर्फ
(क) नदी कटानबाट रोक्न वन क्षेत्रको सुरक्षा, वैज्ञानिकरण र व्यवस्थित गर्नु र बातावरणलाई मानव तथा
जीवमैत्री बनाइ प्राकृतिक सन्तुलन कायम गर्ने तर्फ पालिकाले जोड दिईनेछ ।
(ख) कचल खोला, तिनाउ खोला, बाहव इमे खोला, झुम्सा खोलामा तटबन्धनको कार्यक्रम बन डडेलो नियन्त्रणका लागि अग्निरेखा रेखा डढेलो सचेतना कार्यक्रम, वृक्षारोपण कार्यक्रम जस्ता कार्यक्रमलाई निरन्तरता दिइने छ।
ग) वन उपभोक्ता समितीको विभिन्न कार्यक्रम तथा क्रियाकलाप बारेमा जानकारी लिने, र अतिक्रमण गर्ने कार्यलाई रोक्नका लागि सुरक्षात्मक व्यवस्था तथा वितरण गरिनेछ ।
(घ) सब डिभिजन वन कार्यालय दोभान संगको सहकार्यमा दोभान नर्सरीमा कागती, चिउरी, धुपि, डालेघाँस र दालचिनी लगायतका विरुवा उत्पादन गरिनेछ ।
(ङ)सडक किनारा र सार्वजनिक स्थानहरुलाई हरियाली र सुन्दर सफा राख्ने कार्य गरिनेछ ।
(च) समृद्धिको लागि वन कार्यक्रम अन्तरगत खाली जग्गामा वृक्षारोपण हरियाली प्रवर्दन वन तथा वातावरणको संरक्षण जीविकोपार्जन अवसर वृद्धि गरिनेछ । सामुदायिक वनको साझेदारीमा एक सामुदायिक वन एक पोखरी निर्माण कार्यक्रम ल्याइनेछ ।
(छ) सम्वेदनशिल जलाधार क्षेत्रका जमिनहरुको अतिक्रमण नियन्त्रण गरिनेछ । (ज) तिनाउ गाउँपालिका अधिकाशं वन क्षेत्रले ढाकिएको ८४ वटा सामुदायिक वन रहेकोले सबै वनलाई तिनाउ गाउँपालिका वन ऐन बमोजिम दायरामा ल्याई थप व्यवस्थित गरिने छ ।
(झ) अर्घाछाप हल पेरीपरी रहेको सार्वजनिक ऐलानी जग्गाको संरक्षण गरिने छ।
४.२ विपद व्यवस्थापन तर्फ
(क) मनसुनको समयमा भारी वर्षा, आगलागी, भूकम्प, अधिबेरी जस्ता विपतले सार्वजनिक एवं निजी जीवनमा पर्ने असरलाई कम गर्न, पिडितलाई राहतका प्याकेजद्वारा ती क्षेत्रहरुलाइ संबोधन गरिने छ । (ख) विपदमा परेका नागरीकहरुलाइ छिटो भन्दा छिटो कार्यविधि बमोजिम राहत उपलब्ध गराउने कार्यलाई व्यवस्थित गरिदै लगिने छ ।
(ग) विपत व्यवस्थापन गर्नका लागि त्रिपाल डोरी बाल्टी गति बेल्चा कोदाली जस्ता आवश्यक सामाग्रीहरु खरिद गरि आवश्यक ठाउँमा वितरण गरिनेछ ।
(घ) गाउँपालिका स्तरीय विपद व्यवस्थापन समितिलाई शसक्तिकरण तथा सक्रिय बनाइने छ ।
(ङ) गाउँपालिकको विपद जोखिम नक्साङ्कन गरी सोहि आधारमा विशिष्ट प्रकृतिका विपद जोखिम प्रतिकार्य तथा पुनर्उत्थान कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
(च) विपद पूर्व तयारी विपद न्यूनिकरण प्रतिकार्य र पुनस्थापनाको कार्यलाई व्यवस्थित र प्रभावकारी बनाइनेछ।
(छ) आगो लागि तथा बाढी पहिरोबाट पिडित घरपरिवारको सर्वेक्षणमा क्षेति नोक्सानीको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग समन्वय गरि राहत मिलाउने व्यवस्था अनुमान गरि गरिनेछ ।
(ज) गाउँपालिका स्तरीय द्रुत प्रतिकार्य समूह RRT गठन गरि परिचालन गरिनेछ ।
४.३ खानी, खनिज पदार्थ र नदिजन्य पदार्थ तर्फ
(क) तिनाउ गाउँपालिका भित्र सञ्चालन भएका चुन ढुङ्गा खानी उद्योगहरुलाई नियम संगत र व्यवस्थित ढङ्गले सञ्चालन गराउन गाउँपालिकाद्धारा प्रभावकारी नियमन र निरिक्षणको व्यवस्था गरिनेछ । (ख) तिनाउँ गाउँपालिकामा खानी उद्योग संचालनको क्रममा वातावरणमा पर्ने असरलाई न्यूनिकरण गर्न
खानी सञ्चालकसँग लिइने वातावरण सेवा शुल्कबाट प्रभावित क्षेत्रको योजना र कार्यक्रमलाई यथोचित सम्बोधन गरिनेछ ।
(ग) खानी संचालकले आफुले पुरा गर्नुपर्ने दायित्व भित्र पर्ने भू क्षय नियन्त्रण, वृक्षारोपण, धुलो नियन्त्रण
गर्नगराउन पहल गरिनेछ ।
(घ) ढुङ्गा गिट्टी बालुवा जस्ता नदि जन्य पदार्थ र अन्य प्राकृतिक स्रोतहरुको अनाधिकृत दोहनलाई उचित नियन्त्रणको व्यवस्था गरिनेछ ।
(ङ) नदीजन्य वस्तु निकासीमा संघीय, प्रदेश सरकारले तोके अनुसार लागु गरिनेछ ।
सभाका सदस्यज्यूहरु,
५. संस्थागत विकास तथा सुशासन
५.१. सेवा प्रवाह तथा सुशासन तर्फ
(क) मितव्ययीता र पारदर्शितालाई मूलमंत्र वनाउदै वित्तिय अनुशासन र आन्तरिक नियन्त्रण प्रणालीलाई चुस्त र पारदर्शि बनाइनेछ ।
(ख) अत्यावस्यक र उपलब्धीमुलक तालिम गोष्ठी अभिमुखिकरण कार्यक्रमहरु मात्र संचालन गर्ने र त्यस्ता कार्यक्रम संचालन गर्दा मितव्ययिता अपनाउने नीतिलाई निरन्तरता दिइनेछ ।
(ग) सुशासन प्रर्वधन गर्न उत्कृष्ट कार्य सम्पादन गर्ने अनुशासित कर्तव्यनिष्ट इमान्दार कर्मचारीहरुलाई सम्मान तथा पुरस्कृत गर्ने परिपाटीलाई निरन्तरता दिइनेछ ।
(घ) सार्वजनिक खरिद ऐन नियमावली तथा आर्थिक ऐनको अधिनमा रहि आर्थिक कृयाकलाप संचालन
प्रकृयालाई निरन्तरता दिइनेछ ।
(ङ)पूजीगत बजेट खर्चलाई वस्तुनिष्ट र गुणस्तरीय बनाउन समयमै योजनाको संझौता कार्यान्वयन र भुक्तानीको नीति अंगिकार गरी कडाइका साथ पालना गरिनेछ ।
(च)सुत्रमा आधारित लेखाप्रणाली व्यवस्थित गर्दै गाउपालिकाका सबै भुक्तानी इपेमेन्ट विधिलाई
निरन्तरता दिइनेछ र अनिवार्य लागु गरीने छ । (छ)गाउँपालिकाको कार्य सम्पादन पारदर्शि उत्तरदायि वनाउदै जनताको सू सूचित हुनपाउने हक तथा सुशासनको प्रत्याभूतीका लागि सूचना, कार्यपालिकाको निर्णय तथा चौमासिक खर्च विवरण बेबसाइटमा राख्ने तथा चौमासिक सार्वजनिक सुनवाई कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
(ज) स्थानीय रेडियो पत्रपत्रिका टेलीभिजन मार्फत गाउँपालिकाका गतिविधि तथा सूचना प्रकासन तथा प्रसारणका लागि स्थानीय मिडियाहरु संग सहकार्य गर्ने नीति अवलम्बन गरिनेछ ।
(झ) गाउँपालिकाले सम्पादन गर्ने मुख्य मुख्य योजना कार्यक्रम तथा क्रियाकलापलाई बार्षिक कार्य योजना बनाई लागु गरिनेछ ।
(ञ) गाउँपालिकाद्धारा सञ्चालन हुने कुनै पनि गोष्ठी, तालिम, सेमिनार, अन्तरक्रिया र कार्यक्रमहरुमा स्वीकृत लागत अनुमान रकमको विवरण अनिवार्य रुपमा सहभागीहरु बिच कार्यक्रमको सुरुवात मै सार्वजनिकीकरण गर्ने व्यवस्था गरिने छ ।गर्दै लगिने छ । सार्वजनिक सुनुवाई, सार्बजनिक परीक्षणलाई निरन्तरता दिइनेछ ।
(ड) गाउँपालिका क्षेत्र भित्र रहेका उद्योग, कलकारखाना, फर्म, पसल, होटलहरुलाई अनिवार्य रुपमा
(ट) गाउँपालिका, वडा कार्यालय स्वास्थ्य संस्था र विद्यालयहरुमा क्रमश विद्युतिय हाजिरी व्यवस्थापन
(ठ) जनताको सुसुचित हुनपाउने सूचनाको हक प्रत्याभूत गर्न कार्यालयबाट संपादित कार्यहरुको गाउँपालिकामा दर्ता गरी दर्ता प्रमाणपत्र दिने र वार्षिक नविकरण गर्नुपर्ने नियमलाई अनिवार्य गरिनेछ ।
(ढ) बेरुजु कम गर्न आर्थिक ऐन नियमावलीलाई कडाईका साथ कार्यान्वयन गरिनेछ ।
(ण) प्रत्येक महिनाको आय व्ययको मास्केवारी गाउँपालिका कार्यालयको सुचनापाटि तथा वेवसाइटमा प्रकाशित गरिनेछ ।
(त) गाउँपालिका कार्यालयको मानव संशाधन पर्याप्त नभएका क्षेत्रमा सम्बन्धित विषयका विज्ञहरुलाई
सहजकर्ता वा विशेषज्ञको रुपमा प्रयोग गर्ने नीति अवलम्बन गरिनेछ ।
(थ) गाउँपालिकाबाट प्रवाह हने योजना लेखा नक्सा राजश्व लगायत सबै सेवाहरुमा सफ्टवेयर निर्माण गरी कागज विहीन प्रणाली बनाउन विद्युतीय प्रणालीलाई जोड दिइने छ ।
(द) गाउँपालिकाको सुरक्षालाई चुस्तदुरुस्त एवम् प्रभावकारी बनाउन वडाका विभिन्न ठाउँमा पर्यटकीय
स्थल तथा सुरक्षा संवेदनशील क्षेत्रहरुमा सि.सि.टि.भि. क्यामेरा जडान गरिनेछ ।
(घ) आधारभुत वस्तु तथा सेवाको सहज आपूर्ति र गुणस्तर कायम गर्न नियमित रुपमा बजार अनुगमन गर्ने र यस्तो अनुगमनमा उपभोक्ताहरुलाई समेत संलग्न गराइनेछ ।
(न) गाउँपालिका भित्रका सार्वजनिक तथा सरकारी जग्गाहरुको मिहिन ढंगले खोज तथा अध्ययन गरी
अभिलेख राखि त्यस्ता जग्गाहरुको संरक्षण गरिनेछ ।
(न) सार्वजनिक खर्चलाई बैज्ञानिक अनुमान योग्य र नतिजामुखि तुल्याउन मध्यकालिन खर्च संरचना
पद्धति प्रयोगमा ल्याइने छ ।
(प) संघीय सरकार प्रदेश सरकार र अन्य स्थानीय तहहरुसँग आपसी सहार्य र समन्वयको लागि अन्तर समन्वय तथा सहकार्यको नीति अवलम्बन गर्नेछ।
५.३ सूचना तथा सञ्चार तर्फको नीति तथा कार्यक्रम
(क) तिनाउ गाउँपालिका सम्पुर्ण कर्मचारी र जनप्रतिनिधीहरु लगायत अन्य कर्मचरीहरुलाई सुचना प्रविधिको पहुँच वृद्धि तथा विस्तार गरिने छ गाउँसभा सदस्य तथा विभिन्न उपसमिति संयोजक ज्यूहरु माझ सुचना तथा संचार प्रणाली सुव्यवस्थित बनाउनका लागि स्मार्ट फोन तथा सुचना प्रबिधि तालिम संचालनमा ल्याइनेछ ।
(ख) गाउँपालिका वासी जनताहरुमा सुचना प्रविधिको पहुँच पुर्याई विद्युतिय सु-शासन सेवालाई सेवाग्राही केन्द्रित गराउनका लागि Paperless अवधारणा लाई कार्यान्वयनमा क्रमश ल्याइनेछ ।
(ग) सुचना प्रविधिको अत्यधिक प्रयोग गर्ने, योजना र प्रशासन जस्ताका सफ्टवेयर जडान गर्ने लगायत प्रशासनिक सम्पुर्ण कामकाज कम्प्युटराइज गर्न ICT सम्बन्धि तालिम दिने व्यवस्था गरिनेछ ।
(घ ) वेबसाइट र डिजिटल नोटिस बोर्डको प्रयोग गरि सुचना प्रवाह बढाउने र इन्टरनेट जडानलाई विस्तार गरि गाउँपालिकाका जनताहरुलाई डिजिटल साक्षर बनाउदै शिक्षा शाखासंग समन्वय गरी यस गाउँपालिका भित्र रहेका विद्यालय शिक्षकहरुलाई सूचना प्रविधिको प्रयोग बढाउदै लगिने छ।
(इ) संचारकमीहरु संगको सहकार्यमा गाउँपालिकाले गरेका कामको यथार्थ विवरण जनसमुदाय समक्ष पुर्याइनेछ ।
१. गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा)
स्थानीय तहमा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) द्वारा सञ्चिालित कार्यक्रमबाट आफ्नै खोलबाट संचालन गर्ने लघु उद्यम उद्यमशीलता विकास रोजगारी सिर्जना गर्ने जस्ता कार्यक्रमलाई बढाइने छ । गरिबीको रेखाभित्र पर्नेहरू मध्ये कम आय भएका व्यक्तिलाई उद्यमी सिर्जना, प्रवद्र्धन, विकास तथा विस्तारका लागि व्यावसायिक सिपमुलक तालिम सञ्चालन गरिने छ । अि विपन्न वर्ग, पिछडिएका महिला, दलित, आदिवासी जनजातिहरू, दुर्गम तथा सेवाको पहुँच कम पुगेका क्षेत्रहरुमा यस कार्यक्रमलाई केन्द्रित गरिनेछ ।
२. राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण
(क) राष्ट्रिय परिचय पत्र तथा पंञ्जिकरण विभाग अन्तरगत सञ्चालित सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण कार्यक्रमलाई निरन्तरता दिईने छ ।
(ख) पंजिकरण शाखामा कार्यरत एम.आई.एस. अपरेटर र फिल्ड सहायकको लागि एक अर्धवार्षिक बराबरको पारिश्रमिक श्रोत साझेदारी गरिने छ ।
(ग) शारिरिक रुपमा अशक्त तथा दुर्गम वस्तीमा रहेका सेवाग्राहीको राहतको लागि 'छुट घटना दर्तालाई घरदैलोमा गई दर्ता अभियान चलाइनेछ ।
घ) सामाजिक सुरक्षा कार्यक्रम तथा व्यक्तिगत घटना दर्ता सम्बन्धि कर्मचारी तथा जनप्रतिनिधीहरुलाई तालिम संचालन गरिने छ ।
(ङ)९० बर्ष माथीका उमेर समुह र अपाङ्गलाई त्रैमासिक रुपमा १ दिन वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण गरिनेछ ।
३. कर्मचारीकल्याण कोष तर्फ
तिनाउ गाउँपालिकामा कार्यरत स्थानीय सेवा, अन्य सेवावाट यस गाउपालिकामा कार्यरत स्थायी तथा अस्थायी कर्मचारीहरुलाई आफ्नो सेवा वाट अवकास लिदाका वखतमा उपलब्ध गराउनु पर्ने निवृत्तिभरण लगायतका सेवा सुविधा भुक्तानी दिन एक कर्मचारी कल्याणकोषको स्थापना गरी साल बसाली उक्त कोषमा रकम जम्मा गर्दै लगिने छ र भुक्तानी दिनेवेलामा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय सरकारवाट तयार गरिएको कार्यविधीका आधारमा भुक्तानी दिने व्यवस्था मिलाइने छ ।
४. भुमिहीन व्यवस्थापन सम्बन्धमा
सुकुम्बासीहरुको पहिचान गरी त्यसको सुची तयार गर्ने कार्यलाइ अगाडी बढाइने छ साथै पालिकालाई भुमिहीन मुक्त क्षेत्रको रुपमा घोषणा गर्ने गरी कार्यक्रम ल्याईने छ । तिनाउ गाउँपालिका भित्र अव्यवस्थीत बसोवास परिवार करिव १४९६ जना, भूमिहीन सुकुम्बासी परिवार करिव १९७ र भूमीहीन दलित परिवार करिव ३८ परिवार रहेको लगत संकलन गरीएको छ। हालसम्म यस गाउँपालिका भित्र १७३१ परिवारको लगत तयार भएको छ । सम्पूर्ण विवरण राष्ट्रिय भूमी आयोगको वेव पोर्टलमा प्रविष्ट गरि सकिएको छ भने थप प्रक्रिया राष्ट्रिय भूमी आयोग जिल्ला कार्य समिति पाल्पासंग समन्वय गरी अगाडि बढाइनेछ ।
५. सुरक्षित आवास कार्यक्रम तर्फ
गाउँपालिकावाट विगत वर्षहरुमा पनि खर. फुसको छाना हटाउने अभियान संचालन गर्दै वार्षिक रुपमा जस्तापाता खरिद गरी वितरण गरिदै आइरहेको छ । आ.ब. ०७७ ०७८ देखि नेपाल सरकारले सुरक्षित आवास कार्यक्रम लागु गरी खर फुसका छाना हुनेलाई जस्तापाता लगाउन अनुदान उपलब्ध गराउने गरी कार्यक्रम संचालन गरेकोछ । यस कार्यक्रमलाई यस आ.ब. ०८०।०८१ मा पनि निरन्तरता दिइनेछ ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij