देवदह ।देवदह नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनलाई प्राथमिकता राख्दै आगामी आर्थिक वर्ष २०८०।०८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
देवदह नगरसभाको १२ औं अधिवेशनमा नगरपालिका प्रमुख ध्रुव प्रसाद खरेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
शिक्षा, युवा तथा खेलकुद, स्वास्थ्य,कृषि तथा पशुपालन, भूमि व्यवस्थापन, पूर्वाधार,विपद व्यवस्थापन, फोहोरमैला व्यवस्थापन, बन तथा भू संरक्षण, बालमैत्री स्थानीय शासनतर्फ, भाषाकला र संस्कृति, उर्जा, पर्यटन लगायतका विषयलाई समेटेर नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो।
त्यस्तै आर्थिक वर्ष २०८०/८१ का लागि अक्षरुपी एक अर्ब सात करोड चौबीस लाख ५० हजार बराबरको बजेट बिनियोजन गरिएको छ।
यस्तो छ देवदह नगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रम
शिक्षा, युवा तथा खेलकुदतर्फ
क. शिक्षातर्फ
१)देवदह नगरपालिकाका सामुदायिक विद्यालयको कक्षा १-५ मा अध्यनरत विद्यार्थीहरुका लागि दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिदै प्रति व्याक्ति खाजा रू. २०/- बनाइनेछ ।
२) उत्कृष्ठ नतिजा प्राप्त गर्ने शिक्षक, विद्यालय र विद्यार्थीलाई नतिजामा आधारित रही सम्मान गरिने छ ।
३)सामुदायिक विद्यालयमा कार्यरत बाल विकास केन्द्रका सहयोगी कार्यकर्ता र विद्यालयका कर्मचारीका
लागि नगरपालिकाबाट दिदै आएको सुविधालाई निरन्तरता दिइने छ ।
४)नगरपालिकास्तरीय विविध प्रतियोगितात्मक कार्यक्रमहरु संचालन गरि विद्यार्थीको प्रतिभा पहिचान र
प्रस्फुटन गरिने छ । देवदहमा थप प्राबिधिक शिक्षालय स्थापनाको लागि पहल गरिने छ । CTEVT र अन्य तालिम
५)प्रदायक संस्थासँगको सहकार्यमा SEE अनुत्तिर्ण युवा लक्षित छोटो अवधिका सिपमूलक तालिमहरु प्रदान गरिने छ ।
६) सामुदायिक विद्यालयको कक्षा ६-१२ मा अध्ययनरत सम्पूर्ण छात्राहरुको लागि गुणस्तरीय स्यानिटरी प्याड वितरण कार्यलाई निरन्तरता दिइनेछ ।
७)आधारभूत र माध्यमिक तहमा हाल नगरपालिकाको अनुदानबाट राखिएका शिक्षकलाई निरन्तरता दिइनुका साथै यसरी अनुदानबाट तलव भत्ता पाउने शिक्षकहरुलाई नगर शिक्षक नामाकरण गरिनेछ ।
८)औचित्य र आवश्यकताका आधारमा विद्यालय मर्ज अभियान र दरबन्दी मिलान अभियान लाई निरन्तर
अगाडी बढाइनेछ ।
९) एकाघरका सदस्यहरु र संरक्षक समेत कोही नभएका अनाथ र अति विपन्न बालबालिकाको माध्यमिक शिक्षासम्मको सम्पूर्ण दायित्व नगरपालिकाले ग्रहण गर्ने नीति अवलम्बन गरिने छ ।
१०) नगरस्तरीय आधारभूत तहको परीक्षालाई थप व्यवस्थित गर्नुका साथै कक्षा ५ को परीक्षाको प्रश्नपत्र समेत नगरबाटै उपलब्ध गराउने व्यवस्था मिलाइने छ ।
११.सामुदायिक तथा संस्थागत विद्यालयको अनुगमन तथा सुपरिवेक्षणलाई नियमित र प्रभावकारी बनाइने
छ ।
१२)नगर शिक्षा समिति तथा शिक्षा शाखाबाट कक्षा अवलोकन, नमूना शिक्षण र पृष्ठपोषण कार्यक्रम संचालन गरिने छ ।
१३)संघ प्रदेश र स्थानीय तहको समन्वय एवं सहकार्यमा विद्यालयको भैतिक पुर्वाधार निर्माण कार्यलाई निरन्तरता दिईने छ ।
१४)विज्ञहरुको समूह बनाई शैक्षिक सुधारका प्रयासहरु गरिने छ ।
१५. आधारभुत तहको शिक्षा पुर्ण रुपमा निशुल्क गर्न थप प्रयास गरिने छ ।
१६) गुरुकुल शिक्षालाई प्रोत्साहन र व्यवस्थापन गरिने छ ।
ख. उच्च शिक्षातर्फ
१७)देवदह आदर्श बहुमुखी क्याम्पसलाई स्नातकोतर तह सम्मको अध्यापन शुरु गरी अध्ययन तथा अनुसन्धान केन्द्रको रुपमा विकास गर्न आवश्यक समन्वय र सहयोग गरिने छ ।
१८) लुम्बिनी बौद्ध विश्वविद्यालयसँग शिक्षाका विविध आयामहरुमा सहकार्य र सहयोगको नीति अबलम्बन गरिने छ ।
१९)गरिब, दलित, महिला तथा जेहेन्दार विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनको लागि छात्रवृत्तिको प्रदान गर्ने व्यवस्था लाई निरन्तरता दिईने छ ।
२०) लुम्बिनी बौद्ध विश्व विद्यालयमा स्नातकोत्तर वा सो भन्दा माथि अध्ययन गर्न चाहने देवदह
नगरवासीहरुलाई विश्व विद्यालयको छात्रवृत्तिको कार्यक्रममा समावेश गर्न समन्वय तथा सहजिकरण गर्न पहल गरिनेछ ।
ग. युवा तथा खेलकुदतर्फ
२१)खेलकुद विकास समिति गठन गरि खेल जगतमा छुटै पहिचान स्थापना गरिने छ ।
२२) नागरिकको स्वास्थ्यलाई मध्यनजर गरि विभिन्न सार्वजनिक स्थलहरुमा खुल्ला व्यायाम केन्द्र (जिम हाउस स्थापना गरिने छ ।
२३)विद्यालयका खेल शिक्षकलाई प्रशिक्षक प्रशिक्षण तालिम संचालन गरिने छ ।
२४) सहिद दुर्गा-बसन्त कभर्डहल निर्माण कार्य सम्पन्न गरिनेछ ।
२५) एक वडा एक खेल मैदानको व्यवस्थाका लागि आवश्यक पूर्वाधार तयार गरिने छ ।
२६)खेलहरुको संस्थागत विकासका लागि नगर खेलकुद प्रशिक्षकहरुको व्यवस्था गरिने छ ।
२७) मेयरकप छात्र फुटबल प्रतियोगिता, उप मेयरकप छात्रा भलिबल प्रतियोगिता र वडा अध्यक्ष कप
फुटबल, भलिवल, क्रिकेट र व्याडमिन्टन प्रतियोगिता आयोजना गरिनेछ ।
२८)संघ र प्रदेश सरकारसंगको सहकार्यमा शितलनगर क्रिकेट मैदान र सहिद नर बहादुर स्मृति खेलमैदानको स्तरोन्नति गरिने छ ।
२९)राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई व्यवस्थित रुपमा संचालन गरिने छ ।
३०).देउमन पुन स्मृति कभर्डहल निर्माण कार्य सम्पन्न गरिनेछ र उक्त कबर्डहल साथसाथै रहेको खेल मैदान व्यवस्थित गरिनेछ ।
लागु औषध दुर्व्यसनी विरुद्ध समुदायसँग सहकार्य गरि चेतनामुलक कार्यक्रम संचालन गरिने छ । दुर्व्यसनमा परेका युवाहरुको पूनर्स्थापनाको लागि सरकारी तथा गैर सरकारी संघ संस्थाहरुसँग सहकार्य गरिने छ ।
स्वास्थ्य तर्फ
३२)देवदह नगरवासी सम्पूर्ण जनतालाई स्वास्थ विमा कार्यक्रममा समेट्ने गरि कार्यक्रम अगाडि बढाईने छ । महिला स्वास्थ्य स्वयंसेविका, सरसफाईकर्मी र ख वर्गका अपाङ्गहरुका लागि निशुल्क स्वास्थ्य बिमा लाई निरन्तरता दिईने छ । पत्रकार तथा अति विपन्न परिवार लाई निशुल्क स्वास्थ्य विमाको व्यावस्था मिलाईने छ ।
३३)आधारभुत स्वास्थ्य चौकी/ केन्द्र मार्फत देवदहबासी जनताको नियमित स्वास्थ्य परिक्षण गरिनेछ, सरकारद्वारा निशुल्क प्रदान गर्ने भनि तोकिएका औषधिहरुको सहज उपलब्धता गराईनेछ ।
३४) देवदह ९ मा रहेको आरोग्य केन्द्रको क्षमता तथा सेवा विस्तार गरिने छ ।
३५) सामुदायिक विद्यालयहरुमा स्वास्थ्य परीक्षण कार्यक्रम संचालन गरी अर्धवार्षिक रुपमा विद्यार्थीहरुको
निशुल्क स्वास्थ्य परिक्षणको व्यवस्था मिलाईने छ ।
३६) सुत्केरी पोषण कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
३७) देवदह नगरवासीहरुका लागि निशुल्क रुपमा उपलब्ध गराइदै आएको १५ प्वाइन्ट ब्लडलाई निरन्तरता दिइने छ ।
३८) योग तथा ध्यानमार्फत जनताको शारीरिक र मानसिक स्वास्थ्यका साथै आध्यात्मिकता, नैतिकता र
सकारात्मक सोच विकासको लागि योग तथा ध्यान केन्द्रहरुको निर्माण गरिने छ ।
३९) उमेर पुगेका महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई सम्मानजनक विदाईको व्यावस्था मिलाईने छ ।
४०)पूर्ण संस्थागत प्रसुति गराई देवदह नगरपालिकालाई जिरो होम डेलिभरी नगर घोषणाका लागि आवस्यक व्यवस्था मिलाईनेछ ।
४१) वडा नं. ६ को सरनटाँडी र केउलीमा खोप केन्द्र संचालन गरिने छ ।
४२)"स्वस्थ रहौं निरोगी बनौ" भन्ने नाराका साथ देवदह नगर क्षेत्र भित्र गुट्का तथा सुर्तीजन्य पदार्थको बेचविखन निषेध गरिने नीति अवलम्बन गरिने छ ।
४३) देवदह नगर अस्पतालबाट नगरवासीहरुको लागि दन्त्य चिकित्सक लगायतका थप सेवा सुविधा उपलब्ध गराउन प्रयास गरिने छ ।
कृषि तथा पशुपालनतर्फ
क) कृषितर्फ
४४)यस नगरपालिका अन्तर्गत वडा नं. २ मा अवस्थित पेटबनीयाँ सामुदायिक वनको क्षेत्रमा शित भण्डारको लागि डि.पि.आर. संमेत भई सकेकोले जग्गा प्राप्तिको सहमतिको लागि वन तथा वातावरण मन्त्रालयमा पठाई संघ तथा प्रदेश सरकारको सहयोगमा सोको कार्यान्वयन प्रक्रिया अगाडी बढाइने छ ।
४५)कृषकहरुलाई प्रोत्साहन गर्न आवश्यक अनुदान तथा प्राविधिक सहयोग उपलब्ध गराइने छ ।
४६) खेतियोग्य जमिनलाई बाँझो राख्न नपाईने नीति अवलम्बन गरिने छ ।
४७)कृषि समूह तथा सहकारी मार्फत उन्नत जातको विउ विजनमा आवश्यक अनुदानको व्यवस्था गरिने छ।
४८) देवदह ७ स्थित कोसेली घर संचालनमा ल्याई स्थानीय उत्पादनको बजारीकरणमा प्रोत्साहन गरिने छ।
४९)कृषकलाई प्रोत्साहन गर्न विभिन्न जातका फलफूलका विरुवाहरु उपलब्ध गराईने छ ।
५०)कृषि साप्ताहिक हाट बजारलाई व्यवस्थित गर्न आवश्यक पूर्वाधार निर्माण गरिने छ । यस वर्ष संघतथा प्रदेश सरकारको सहकार्यमा सहदवनिया बजारमा सेड निर्माण गरि व्यावस्थापन गरिने छ ।
५१)व्यवसायिक कृषिसहकारी तथा सामुहिक खेति गर्ने किसानलाई प्रोत्साहित गरिने छ ।
५२)आधुनिक तथा व्यवसायिक तरकारी खेती गर्न इच्छुक किसानहरुलाई प्लाष्टिक टनेल, थोपा सिचाई,
मल्चिङ्ग लगायतका प्रविधिहरुमा आवश्यक अनुदानको व्यवस्था गरिने छ ।
५३)कृषि मिटरको विद्युत महशुलमा पचास प्रतिशत अनुदानको व्यवस्था गरिने छ ।
५४)सरनटाडिको सिमि प्रवर्दन गर्न सिमि प्रर्वदन कार्यक्रम लागु गरिने छ ।
५५) मकै, आलु, धान, गहुको पकेट क्षेत्र निर्धारण गरि आर्थिक, प्राविधिक सेवा तथा मकै महोत्सवलाई निरन्तरता दिइने छ ।
५६) युवाहरुलाई कृषि पेशातर्फ आकर्षित गरि उत्पादन वृद्धि गर्न कृषि उपकरण तथा यन्त्र औजारमा अनुदानको व्यवस्था गरिने छ ।
५७)देवदहका विभिन्न खेतियोग्य स्थानहरुको माटो परिक्षण कार्यक्रम संचालन गरिने छ ।
५८)जग्गाको चक्लाबन्दी गर्ने कृषकहरुलाई प्रोत्साहन गरिनेछ ।
५९) देवदह ८ मा संचालित बहुतले वालि लाई प्राङ्गारिक मल निःशुल्क प्रदान गरिने छ ।
६०) उत्पादनमा आधारीत अनुदानका लागि कार्यविधि तयार गरिनेछ।
६१)"एक वडा एक नर्सरी" कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
६२)मौरी पालन कार्यक्रमलाई प्रोत्साहन गरिनेछ ।
ख. पशुपालनतर्फ
६३) गाई भैंसीमा नश्ल सुधारका लागि कृत्रिम गर्भाधान कार्यक्रम लाई निरन्तरता दिईनेछ ।
६४)युवाहरुलाई पशुपालन पेशातर्फ आकर्षित गरि उत्पादन वृद्धि गर्न उपकरण तथा यन्त्र औजारमा अनुदानको व्यवस्था गरिने छ ।
६५) व्यवसायिक रुपमा माछापालन, दुग्धजन्य उत्पादन र मासुजन्य उत्पादन लगाएतका व्यावसायहरुलाई प्रोत्साहन गर्ने नीति लिईनेछ ।
६६)गाईभैसीमा लाग्ने खोरेत, भ्यागुते चरचरे र बाखामा लाग्ने पिपिआर रोग बिरुद्धको खोप अभियान कार्यक्रम संचालन गरिनेछ ।
६७)आन्तरिक तथा बाह्य परजिवि नियन्त्रण कार्यक्रम संचालन गरिनेछ ।
६८) पशु स्वास्थ्य शिविर तथा उपचार सेवा कार्यक्रम संचालन गरिनेछ ।
६९) व्यवसायिक कृषि तथा पशुपंक्षी फार्म नगर क्षेत्र भित्र दर्ता गर्न कानुनी व्यवस्था गरिनेछ ।
७०) पशु विमा कार्यक्रम अन्तरगत किसानले बिमा बापत बुझाउने रकमको ५० प्रतिशत रकम अनुदान स्वरुप प्रदान गरिने छ ।
७१)छाडा चौपाया व्यवस्थापन गर्नको लागि कार्यविधि निर्माण गरिनेछ ।
भूमि व्यवस्थापन
७२)आगामी दुई वर्ष भित्रमा राष्ट्रिय भुमि आयोगसँगको सहकार्यमा यस नगरपालिकाका भूमिहीन दलित, भूमिहीन, सुमुम्बासी र अव्यवस्थित बसोवासीको समस्या समाधान गरिनेछ । साथै नापजाँच गर्न छुट वेनिस्सा जस्ता छुट भएका जग्गाधनीहरुलाई जग्गाधनी, छुट कित्ता गाउ ब्लक र स्ववासी दर्ता पुर्जा उपलब्ध गराउने नीति लिईनेछ ।
७३) देवदह नगरपालिका भित्र राष्ट्रिय आवास कम्पनीले नापजाँच र प्रमाणीकरण गरेका जग्गाहरुको जग्गाधनीहरुलाई जग्गाधनी पुर्जा वितरणको लागि राष्ट्रिय आवास कम्पनीसंग समन्वय र सहकार्य गरि दर्ता प्रमाणपूर्जा उपलब्ध गराइनेछ ।
७४)राष्ट्रिय भुमि आयोग र राष्ट्रिय आवास कम्पनि मार्फत नापी भई अत्याधिक राजश्वका कारण लालपूर्जा
७५)वितरण नभएको जग्गाको राजश्व घटाउनका लागि आवस्यक पहल गरिने छ । जग्गाको खण्डीकरण नियन्त्रण तथा कित्ताकाट गर्ने कार्यलाई नियमन गर्न तथा जग्गा व्यवसायीले जग्गाको कारोवार गर्दा विद्युत, खानेपानी, ढल निकास तथा बाटोको प्रबन्ध गर्ने जस्ता विषयको लागि आवश्यक आधार र मापदण्ड एवं कानुन तयार गरिनेछ ।
७६)नगर क्षेत्र भित्रका सरकारी, सार्वजनिक, सामुदायिक र गुठी जग्गाको लगत तयार गरी त्यस्ता जग्गाहरुको संरक्षण र प्रवर्द्धन गर्न आवश्यक मापदण्ड तयार गरिने छ । भूमिको हदबन्दी समयसापेक्ष र वैज्ञानिक बनाई हदबन्दी भन्दा माथिको जमिन कानुन बमोजिम प्राप्त गरि उचित व्यवस्थापन गरिनेछ ।
७८) भूमिहीन साथै पुनः स्थापित गर्नुपर्ने अन्य व्यक्ति वा परिवारलाई एकपटकको लागि उचित बसोवासको व्यवस्था मिलाउनका लागि भूमिहिन, दलित भूमिहिनलाई नगरपालिका भित्रको सम्बन्धित वडामा संघ तथा प्रदेश सरकारको समन्वयमा सार्वजनिक जग्गामा व्यवस्थित गर्ने र जग्गा नभएकाको लागि जग्गा उपलब्ध गराउन प्रदेश सरकार र संघीय सरकारको समन्वयमा कार्य अगाडी बढाइनेछ ।
७९)भूमि प्रशासनको क्षेत्रमा कार्यरत जनशक्तिको क्षमता अभिवृद्धि एवं प्रोत्साहन प्रवर्द्धन र सम्बन्धित निकायहरुको संस्थागत सुधार तथा विकास गरिनेछ । स्थानीय तहको प्रयोगको लागि आवश्यक रहेको जग्गा प्राप्तिका लागि आवश्यक मापदण्ड तयार
८०)गरिनेछ साथै नगरपालिकाभित्रका सबै सडक, नदी, कुलो एवं घोलाहरुको क्षेत्राधिकार तोकी व्यवस्थित सहर निर्माणको परिकल्पना गर्न योजना तयार गरिनेछ ।
पूर्वाधारतर्फ
८१)योजना छनौट प्रकृया मा Bottom up approach को नीति अवलम्बन गरिने छ ।
८२)छोटा सडकहरु तथा लिंक रोडहरुलाई इन्टरलक व्लक द्वारा सौन्दर्यकरण गर्ने नीति लिइने छ ।
८३)उत्कृष्ट कार्य सम्पन्न गर्ने उपभोक्ता समिति, निर्माण व्यवसायी तथा वडालाई सम्मान गरिने छ ।
८४)पूर्वाधार विकास कार्यक्रम अन्तर्गत अति विपन्न तथा घरबार विहिन नागरिकहरुलाई लक्षित गरि एकीकृत नमुना बस्ति विकास गरिने छ ।
८५)स्थानीय उद्योगहरुको प्रवर्द्धन गर्ने तथा सौन्दर्यकरण लाई टेवा पुऱ्याउने उद्देश्यका साथ छोटा सडक
तथा लिंक रोडहरुलाई इन्टरलकब्लक द्वारा निर्माण गरिने छ ।
८६) ए.डि.वि. र अन्य दातृ निकायसँगको सहकार्यमा डिपिआर भैसकेका सडकहरु, करिडोर, नदि तटबन्ध, जल पर्यटन र मत्स्य पालन परियोजनाहरुलाई प्राथमिकता दिई कार्यान्वयनमा ल्याइने छ ।
८७)देवदह मण्डपको क्रमिक रुपमा पूर्वाधार विकास गरिने छ ।
८८) नगरभित्र निर्माण हुने सम्पूर्ण सडकहरुको गुणस्तर सुनिश्चित गर्न आवश्यक मापदण्डहरुको कडाईका
साथ पालना गर्ने / गराईने छ ।
८९)देवदहका दाह संस्कार स्थलहरुलाई व्यवस्थित बनाईने छ ।
९०)रोहिणी बाँधलाई पर्यटकीय स्थलको रुपमा विकास गरिने छ ।
९१)देवदह भित्रका विभिन्न सामुदायिक वन क्षेत्रमा सामुदायिक वन संगको साझेदारिमा पिकनिक स्पोर्ट्स
९२. तथा पार्क निर्माण गरिने छ संघ र प्रदेशबाट संचालन गरिने योजनाहरुको अभिलेखीकरण गरिने छ । ती योजनाहरुमा देवदह नगरपालिकाले आवश्यकता अनुसार समन्वय, संरक्षण र सहकार्यको नीति अपनाइने छ ।
९३)टुक्के योजनामा बजेट छुट्याउने परिपाटीलाई निरुत्साहित गरिने छ ।
९४)उपभोक्ता समितिमार्फत संचालन हुने योजना सोही आर्थिक वर्षको पौष मसान्त सम्म पनि सम्झौता नगरेमा उक्त योजनाहरुलाई दोस्रो नगरसभाबाट संसोधन गरि संसोधित योजनाहरु चैत्र मसान्तसम्म मात्र सम्झौता गरिने नीति अवलम्बन गरिनेछ ।
९५)उपभोक्ता समिती मार्फत सञ्चालन हुने आयोजनाहरुमा कम्तिमा १५ प्रतिशत लागत सहभागिता गर्नुपर्ने नीति लिइनेछ । नगरपालिका मातहतका सरकारी भवन निर्माण तथा मर्मत सम्भार गर्दा लागत सहभागिता अनिवार्य नहुने निति अवलम्बन गरिने छ ।
९६) वडामा कम्तिमा १५ लाख वरावरको वडास्तरीय गौरवको योजना बनाउने नीति अपनाइने छ ।
९७) नगरपालिकाबाट सञ्चालन गरिने सडक कालोपत्रे लगायत अन्य पूर्वाधार विकासको काममा
गुणस्तरियता र दिगोपना कायम गरिने छ ।
९८)देवदह चक्रपथ, नगरपालिका भित्रका पर्यटकिय स्थलहरु जोड्ने तथा प्रमुख बाटाहरु दातृ संस्थाहरुको सहकार्यमा अगाडि बढाईने छ ।
९९)देवदह ४ भवानीपुर स्थित बुद्धमाया अन्तराष्ट्रिय शान्ति उद्यान तथा संग्रालय लगाएत न. पा. भित्रका अन्य पर्यटकिय स्थलहरुको दातृ संस्थाहरुको सहकार्यमा अगाडी बढाईनेछ ।
१००)रोहीणी करीडोर निर्माण गर्ने कार्यको लागि संभाव्यता अध्ययन गरिनेछ ।
१०१) महत्वपुर्ण योजनाको पहिचान गरी प्रोजेक्ट बैंक तयार गरी डि.पि.आर. गर्ने नीति लिइनेछ ।
१०२)देवदह १० को मुढावास र देवदह ६ सरनटाँडी झोलुङ्गे पुलको निर्माण कार्य सम्पन्न गरि अन्य आवस्यक स्थानहरुमा झोलुङ्गे पुल निर्माण प्रकृया अगाडि बढाईने छ ।
१०३) सडक कालोपत्रे गर्दा अस्फाल्ट कंक्रिट (ASHPHALT CONCRETE) प्रविधि मात्र प्रयोग गरिनेछ ।
विपद व्यवस्थापन
१०४)आगलागीजन्य विपद् न्यूनीकरण गर्न छिमेकी पालिकाहरु (ओमसतिया र रोहिणी गाउँपालिका) सँगको लागत साझेदारिमा वारुण यन्त्र सन्चालन तथा व्यवस्थापन कार्य अगाडि बढाईनेछ ।
१०५)महामारी, भूकम्प, बाढीपहिरो, आगजनी लगायतका प्राकृतिक प्रकोपको बेला रेडक्रस लगायत अन्यसंघ संस्थाहरुसँग सहकार्य गरि उद्धार तथा राहत कार्यक्रमहरु संचालन गरिने छ ।
१०६) विपद् व्यवस्थापनका लागि चरणवद्ध योजना निर्माण गरि व्यवस्थापनको कार्यलाई अगाडी बढाइने नीति अवलम्बन गरिने छ ।
१०७) प्रत्येक वडामा खुल्ला क्षेत्र एवं आपतकालिन केन्द्र स्थापनाको लागि सम्भाव्य क्षेत्र पहिचान गरी कार्यान्वयनमा जोड दिइने छ ।
१०८)विपद पूर्व तयारी, खोज तथा उद्दार राहत सामाग्रीको भण्डारण, वितरण र समन्वयमा प्रभावकारी बनाइनेछ ।
१०९) प्रकृतिक प्रकोपका हिसावले जोखिम रहेका स्थानहरू तथा सडक किनारमा वृक्षारोपण कार्यक्रम संचालन गरी वातावरण सन्तुलन कायम राख्दै हरियाली प्रवद्धन गरिने छ ।
११०) विपद व्यवस्थापन कोषमा रकम विनियोजन गरि उक्त कोषलाई प्रभावकारी ढंगले अगाडी बढाइने
१११) बाढी तथा पहिरोको जोखिम रहेका स्थान तथा बस्तिहरुको सुरक्षाका लागि संवेदनशिल स्थानहरू नदि किनारामा तटबन्धन तथा तार जालिको व्यवस्थापन गर्ने कार्यक्रम संचालन गरिने छ ।
११२) सबै वडा, विद्यालय, टोल विकास संस्था र नगरस्तरमा विपद् प्रतिकार्य योजना तर्जुमा गरि कार्यान्वयन गरिने छ ।
फोहोरमैला व्यवस्थापन
११३) नगरपालिकालाई पुर्ण सरसफाई युक्त बनाउनका लागि सार्वजनिक स्थानमा धुम्ती शौचालयलाई संचालनमा ल्याइनेछ ।
११४) घरपालुवा पशुहरुलाई जथाभावी छोड्ने प्रवृतिलाई निरुत्साहित गरिने छ ।
११५)नगरको फोहोरलाई दीर्घकालीन व्यवस्थापन गर्न स्थायी ल्याण्डफिल्ड साइटको व्यवस्था मिलाउन
सम्भाव्यता अध्ययन गरिनेछ । फोहोरलाई सेग्रिगेशन गरि दिगो आयआर्जनको माध्यम बनाउन
आवश्यक मापदण्ड र कार्यविधि तयार गरि निजि, सहकारी वा समुदायको सहकार्यमा कार्य गरिनेछ ।
ढल निकासका लागि संघ तथा प्रदेश सरकारसंग सहकार्य गरिने छ ।
११६)निषेधित क्षेत्र भित्र फोहोर फाल्ने कार्यलाई निरुत्साहित गर्नुका साथै आटेर गर्नेलाई कानुनी दायरामा ल्याइने छ ।
११७) देवदह र आसपासका उद्योग- कलकारखानाबाट निस्कने प्रदुषण नियन्त्रणको लागि,सरोकारवालाहरुसंग समन्वय र सहकार्य गरिने छ ।
११८) नगरपालिका क्षेत्रमा सरसफाईलाई अभियानको रुपमा नै संचालन गर्न आफ्नो घर, टोललाई सफा राख्न अभिप्रेरित गर्न र प्रतिस्पर्धात्मक चेतनामूलक कार्यक्रम संचालन गर्न टोल विकास संस्था मार्फत सम्पूर्ण टोलबासीहरु तथा स्थानीय संघ संस्थालाई परिचालन गरि नियमित रुपमा सरसफाई अभियान संचालन गरिने छ । साथै उत्कृष्ट सरसफाई कार्य गर्ने टोल विकास संस्था लाई सम्मान तथा पुरस्कृत गरिने छ । सरसफाई कार्यका लागि टोल विकास लाई आवश्यक पर्ने सामाग्रीहरु उपलब्ध गराइने छ ।
११९)जसले फोहोर गर्छ उसैले सफा गर्नु पर्छ भन्ने नीति अवलम्बन गरिने छ ।
१२०) घर घर बाट निस्कने फोहोर लाई कुहिने र नकुहिने फोहोर मा विभाजन गरी कुहिने फोहोर लाई प्राङ्गारिक मलको रुपमा उपयोग गराउन अभिप्रेरित गरिने छ ।
१३४) बालविवाह बालहिंसा तथा बालश्रम शोषणको अन्त्य गर्न विविध अभियान तथा कार्यक्रमहरु संचालन गरिने छ ।
१३५) बाल दिवस लगायत अन्य सान्दर्भिक अवसरहरुमा चेतनामुलक र प्रतियोगितात्मक कार्यक्रमहरू संचालन गरिने छ ।
१३६)बालमैत्री आचारसंहिता लाइ कडाइका साथ लागु गरिने छ ।
१३७)बालमैत्री सम्बद्ध विषयमा अनुसन्धानात्मक कार्यलाई प्रोत्साहन गरिने छ ।
१३८) बाल क्लव तथा बाल सञ्जालको क्षमता विकासका कार्यक्रमहरु संचालन गरिने छ ।
१३९) नगरपालिकाक्षेत्रका संघ संस्थाहरुमा बाल प्रतिनिधित्व सुनिश्चित गर्ने नीति लिइनेछ ।
१४०)विभिन्न प्रकारका चेतनामूलक प्रचारसामग्रीहरु निर्माण र वितरण गरिने छ ।
१४१)देवदह नगरपालिकाकालाई बालमैत्री नगरपालिका घोषणा गर्न आवश्यक पूर्वसर्तहरुको पालना र पूर्णातर्फ तिब्रता दिईने छ ।
१४२)बालमैत्री घोषणका लागि सम्भावित अध्ययन भएका वडा नं. ५ र वडा नं. १० लाई बालमैत्री वडा घोषणा गर्ने गरी कार्य अगाडी बढाइनेछ । साथै अन्य वडाहरुलाई समेत बालमैत्री घोषणाको लागि
निरन्तरता दिन कार्यान्वयन प्रक्रिया अगाडी बढाइनेछ ।
सुशासन तथा सेवा प्रवाह
१४३)जनताको सेवा प्रवाहमा सहजताको लागि नगर कार्यपालिकाको कार्यालयमा Help Desk थप प्रभावकारी बनाइने छ ।
१४४) सार्वजनिक परीक्षण सामाजिक परीक्षण र सार्वजनिक सुनुवाईजस्ता क्रियाकलापका माध्यमबाट सार्वजनिक पारदर्शिता र जवाफदेहिताको प्रत्याभूति कायम गरिनेछ ।
१४५)नगरपालिका क्षेत्रको सुरक्षा व्यवस्था प्रभावकारी तथा चुस्त बनाउन विशेष पहल गरिने
१४६)जनप्रतिनिधि र कर्मचारीहरुको क्षमता विकास कार्यक्रम संचालन गरिने छ ।
१४७) देवदह नगरपालिकाभित्र कार्यरत र भविष्यमा काम गर्न चाहने राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संघ संस्थाहरुले अनिवार्य पूर्व अनुमति लिनुपर्ने नीति अवलम्बन गरिने छ । त्यस्ता संघ संस्थाहरुको क्रियाकलापहरुको अनुगमन गरिने छ ।
१४८) भ्रष्टाचारमा शुन्य सहनशीलताको नीति अपनाईने छ ।
१४९)कार्यालय समय बाहेक र विदाका दिनहरुमा पनि अत्यावश्यक काम परेका सेवाग्राहीरहरु सेवाबाट बचित नहोउन भन्ने उद्देश्यले कार्यालय समय बाहेकको नगरपालिकाको कार्यसम्पादनमा सहजताको लागि डेरा गरि बस्नुपर्ने कर्मचारीहरुलाई देवदहमा नै बस्नको लागि उत्प्रेरित गरिने कार्यक्रम ल्याईने छ ।
१५०)रिक्त नगर प्रहरीको दरबन्दीमा पदपूर्ति गरि आवश्यक तालिममा सहभागि गराइने छ ।
१२१) सेवाग्राहीहरुको आवश्यकतालाई मध्येनजर गरि सबै वडा कार्यालयमा स्वच्छ तातो चिसो पिउने पानीको व्यवस्था गरिने छ ।
१२२)नगरपालिका क्षेत्रभित्र सुरक्षाका हिसाबले अति संवेदनशिल स्थानहरु पहिचान गरि निगरानी गरिने छ ।
१५३)देवदहका ईलाका प्रहरी कार्यालय स्थापनाको लागि आवश्यक समन्वय गरिने छ ।
१५४) नगरबाट प्रदान गरिने सार्वजनिक सेवालाई प्रविधियुक्त र सेवाग्राही मैत्री बनाउने नीति लीइने छ ।
File Tracking System/Token System लागु गरिने छ ।
१५५)स्थानीय संचारमाध्यमबाट हप्ताको १ दिन नगरपालिकाको गतिविधि झल्किने कार्यक्रमहरु संचालन गरिने छ ।
१५६) देवदह नगरकार्यपालिकाको कार्यालय परिसरको अगाडीको खाली भागमा वगैचा निर्माण गरि शौन्दयीकरण गरिने छ ।
१५७)देवदहमा एकीकृत सीपमूलक तालिम केन्द्रको स्थापनाको काम अगाडी बढाईने छ ।
१५८)छाडा चौपायाहरुको व्यवस्थापनका कार्यहरु गरिने छ ।
१५९)देवदह नगरपालिकाको गतिबिधि समेटि चौमासिक रुपमा म्यागजिन प्रकाशन गरि नगरबासिलाई नगरको गतिविधिहरुको जानकारी गराइने छ ।
महिलाबालबालिका तथा ज्येष्ठ नागरिक,
१६०)महिलाहरुको आर्थिक सवलीकरणका लागि उद्यमशिलताको विकास गर्न आवश्यक सिपमूलक तथा
आयमूलक विकासका कार्यक्रमहरु संचालन गरिने छ ।
१६१) लैंगिक हिंसा अन्त्यको लागि अभियान संचालन गरिने छ ।
१६२)आर्थिक तथा सामाजिक रुपमा पछाडी परेका विपन्न वर्गका दलितमुस्लिम तथा आदिवासी जनजाति मधेसी महिलाहरुको सशक्तिकरणका लागि विशेष कार्यक्रमहरु संचालन गरिने छ ।
१६३)लैङ्गिक हिंसा न्यूनिकरण लागि अभियान संचालन गरिनेछ । विभिन्न संचार माध्यमको सहकार्यमा लैङ्गिक क्षमता सम्बन्धी जनचेतना अभिवृद्धि गरिनेछ अति विपन्न तथा एकल महिलाहरुका लागि आयआर्जन सम्बन्धी सिपमूलक तालिम संचालन गरिनेछ ।
१६४)किशोर किशोरीहरुका लागि लागु औषध दुर्व्यसनी न्यूनिकरण तथा प्रजनन स्वास्थ्य सचेतना सम्बन्धी कार्यक्रम संचालन गरिनेछ ।
१६६) समाजमा अग्रज सम्मानित ज्येष्ठ नागरिकहरुको भूमिका र योगदानलाई उच्च महत्त्व दिइनेछ । ज्येष्ठ नागरिकहरुको संरक्षण साथै सम्मानका कार्यक्रम संचालन गरिनेछ ।
१६७)समाजमा विगतमा आर्थिक सामाजिक शैक्षिक तथा राजनैतिक रुपमा पछाडि परेका वा पारिएका महिला, दलित, अपाङ्ग,आदिवासी जनजातीमधेसी तथा मुस्लिम वर्गहरुलाई मूलप्रवाहमा ल्याउन विभिन्न कार्यक्रम संचालन गरिनेछ ।
१६८) उपप्रमुखसंग महिला कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
१६९)अपाङ्गता भएका व्यक्तिहरुलाई Smart Card वितरणको व्यस्थालाई निरन्तरता दिइनेछ ।
१७०)मध्यम अपाङ्गता प्राप्त भएका व्यक्तिहरुलाई सामाजिक सुरक्षा भत्ता प्रदान (पहेलो परिचयपत्र / वर्ग ग) गरिनेकार्यक्रमलाई निरन्तरता दिइनेछ ।
१७१) अपाङ्गता भएका व्यक्तिहरुलाई आत्मनिर्भर एव संक्षम बनाउनको लागि उनीहरुलाई सहयोग पुग्ने किसिमका कार्यक्रमहरु संचालन गरिनेछ ।
१७२) आमासमूह तथा महिला समूहहरुको क्षमता अभिवृद्धिको लागि तालिम तथा प्रशिक्षण कार्यक्रम संचालन गरिनेछ ।
१७३) महिला सशक्तिकरण जनचेतनाको क्षेत्रमा काम गर्ने महिला अभियान्ताहरुलाई प्रोत्साहन गर्ने उद्धेश्यले प्रत्येक वर्ष उत्कृष्ट महिला समाजसेवी घोषणा र सम्मान गरिनेछ ।
१७४) बालवालिकामा अन्तरनिहीत प्रतिभा प्रस्फुटन र क्षमता विकासका कार्यक्रम सञ्चालन गरिने छ ।
राजश्व परिचालन
१७५)प्रगतिशील कर प्रणालीको सिद्धान्तमा रहि राजस्वका नीति तथा कार्यक्रम तर्जुमा गरिनेछ । साथै राजश्वको दायराको विस्तार गर्ने नीतिलाई प्राथमिकता दिइने छ ।
१७६) राजश्च प्रशासनलाई चुस्त बनाउदै विद्युतीय माध्यमवाट कर तिर्ने प्रणालीको बिकास गरि विद्युतीय भुक्तानी E-payment प्रणालीलाई प्रभावकारी तवरले सबैमाझ पुर्याईनेछ ।
१७७)राजधको सम्भाव्यता अध्ययन गरि समग्र कर प्रणालीलाई व्यवस्थित प्रगतिशिल र प्रभावकारी
बनाउनको लागि एक विज्ञ समूहको कार्यदल गठन गरिनेछ ।
१७८) राजस्व परामर्श समितिद्वारा प्राप्त सुझावलाई आधार बनाएर कर, दस्तुर, सेवा शुल्क आदि निर्धारण गरिने छ ।
१७९)नियमित र समयमै कर तिर्ने करदातालाई सम्मान गर्ने कार्यक्रम लागु गरिने छ ।
१८०) वडा कार्यालयहरुबाटै कर शुल्क दस्तुर असुल भई रहेकोमा सो कार्यलाई तथ्याकंमा आधारित गराई थप व्यवस्थित गरिने छ ।
१८१) व्यवसाय तथा उद्योग दर्ता र नवीकरण लाई सहज र सरल बनाउन सम्बन्धित शाखालाई सो सम्बन्धि कार्यविधी बनाई लागु गर्न समन्वय गरिनेछ ।
१८२) अटो रिक्सा र विद्युतीय रिक्सा नवीकरण र सिफारिस प्रक्रियालाई व्यवस्थित गर्ने कार्यलाई निरन्तरता
दिइने छ ।
१८३) कर प्रशासनलाई व्यवस्थित बनाउन आवश्यकतानुसार ऐन तथा कार्यविधिहरु बनाईनेछ ।
१८४) घर बहाल कर, व्यवसाय दर्ता, नवीकरण र उद्योगको दर्ता र नवीकरण लगाएतका विषयमा जागरण स्थाई नागरिकलाई कर तिर्नु नागरिकको कर्तव्य हो भन्ने भावनाको विकास गर्ने गरि राजस्व क्याम्पीड कार्यक्रम सञ्चालन गरिनेछ ।
१८५)भाषा, कला, साहित्य र संस्कृतिको संस्थागत विकास गर्न देवदह प्रज्ञा प्रतिस्ठान गठन गरिने छ ।
१८६)देवदहको भाषिक स्थितिको तथ्यांकीय अध्ययन गरिने छ ।
१८७)देवदह प्रज्ञा प्रतिस्थान मार्फत साहित्यिक पर्यटन विकासको बृहत्तर योजना निर्माण गरिने छ ।
१८८) देवदहको इतिहास र सांस्कृतिक पहिचान संग जोडिएका जात्रा तथा मेला महोत्सवलाई व्यवस्थित गरिने छ ।
१८९)सबै जात जाति, धर्म, परम्परा, मौलिक संस्कृतिको संरक्षण गर्ने नीति अबलम्बन गरिने छ।
१९०)देवदहको पहिचान झल्किने लोगो र नगर गान तयार गरिने छ ।
उर्जा
१९१) विद्युत भोल्टेज तार एवम विद्युतीकरणको समस्या भएका क्षेत्रको पहिचान गरि पोल, देवदहलाई पुर्ण विद्युतीकरण कार्यलाइ निरन्तरता दिइने छ ।
१९२) संघीय तथा प्रदेश सरकारको सहकार्यमा बायो ग्यास जडानमा पचास प्रतिशत अनुदान दिइने छ ।
कानून तथा न्याय
१९३)न्यायिक समिति र मेलमिलापकर्ताहरूको क्षमता विकासका कार्यक्रम गरिने छ ।
१९४) नगरपालिका भित्रका सबै वडामा रहेका मेलमिलाप केन्द्रलाई प्रभावकारी रुपमा संचालन गरिने छ ।
१९५) सम्पूर्ण नगरवासीलाई सरल रुपमा न्यायको पहुँच विस्तार गरिने छ ।
१९६) न्यायिक समितिमा परेका उजुरीहरुको शिघ्र सुनुवाई गरिने छ ।
१९७) नगरस्तरीय मेलमिलाप केन्द्र मार्फत न्यायलाई थप प्रभावकारी बनाईने छ ।राष्ट्रिय, अन्तराष्ट्रिय सहकार्य र सम्बन्ध
१९८)नगरपालिकाको पर्यटन, शिक्षा, स्वास्थ्य, युवा तथा खेलकुद क्षेत्रको विकास गर्न तथा राष्ट्रिय/ अन्तराष्ट्रिय सहयोग र अनुभव आदान प्रदान गर्न विभिन्न नगरहरुबीच भगिनीसम्बन्ध स्थापन गर्ने नीति लिईने छ ।
१९९) महामानव गौतम बुद्धसँग सम्बन्धित राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्था र स्थानीय तहहरुसँग सँस्कृति
र पर्यटन विकासको सन्दर्भमा सहयोग र सहकार्यको नीति अवलम्बन गरिने छ ।
२००) देवदह क्षेत्रको महिमालाई राष्ट्रिय अन्तराष्ट्रियकरण गर्नको निम्ति विभिन्न माध्यमबाट प्रचार प्रसार गरिने छ ।
२०१)यस अघि कायम भईसकेका भगिनी सम्बन्धहरु थप प्रगाढ बनाउने नीति लिईने छ ।
उपभोक्ता हित संरक्षण
२०२)खाद्य गुणस्तर कायम राख्नको लागि विज्ञ सहितको समिति मार्फत बजार अनुगमनलाई नियमित र
प्रभावकारी बनाईने छ ।
२०३)उपभोक्ता सचेतना सम्बन्धी कार्यक्रमहरु संचालन गरिने छ ।
२०४)उपभोक्ताको स्वास्थ्य संवेदनशिलतामा गैरजिम्मेवार वा लापरवाही गर्ने वस्तु तथा सेवा प्रदायकलाई कानुनी कारवाहीको प्रकृया अगाडी बढाईने छ ।
पर्यटन
२०५)उजेरी सामुदायिक होम स्टे संचालनका लागि आवस्यक व्यावस्था मिलाइने छ ।
२०६) घरवास ( Home Stay) संचालनको सम्भाव्यता भएका पर्यटकीय क्षेत्रहरुमा बन्ने प्रत्येक नयाँ घरका कम्तिमा दुईवटा कोठा पर्यटक लक्षित गरि बनाउन प्रोत्साहन गरिने छ ।
२०७)पर्यापर्यटनका सम्भाव्य ठाउँहरुको पहिचान, संरक्षण र प्रचार गरिने छ ।
२०८) पर्यटनलाई आर्थिक उपार्जनसँग जोडिने छ ।
२०९ )लुम्बिनी क्षेत्र विकास कोषसँगको सहकार्यमा लुम्बिनी भ्रमणमा आउने पर्यटकहरुलाई कम्तिमा १ (दिनको देवदह बसाई हुने वातावरण तय गर्न आवश्यक पूर्वाधार विकास र पर्यटक सवारीको व्यवस्थापनमा गृहकार्य गरिने छ ।
२१०) लुम्बिनी विकास कोषसँगको सहकार्यमा पूरातात्वीक क्षेत्रको उत्खननलाई निरन्तरता दिइने छ ।
२११)उत्खननबाट प्राप्त भएका पुरातात्वीक वस्तुहरु लाई संरक्षण गर्नका लागि संग्रालय निर्माण गरिने छ ।
२१२) ऐतिहसिक पुस्करिणी दहको संरक्षण र संबर्द्धन गरिने छ ।
२१३)बुद्ध सम्बद्ध विषयवस्तुको खोज, उत्खनन तथा अनुसन्धान गरिने छ ।
२१४)पाकडी वृक्षको संरक्षण गरि यसको महिमाको प्रचार प्रसार गरिने छ ।
२१५)भवानीपुरमा संचालित सूचना केन्द्रलाई पर्यटन सूचना केन्द्रको रुपमा संचालन गरिने छ ।
२१६) स्थानीय कला, संस्कृति र परम्पराको पहिचान, प्रसार र संरक्षण गर्ने नीति अंगीकार गरिने छ ।
२१७) देवदहको एक मात्र ऐतिहासिक चैते दशै रामनवमी मेला, देवदह-४ भवानीपुरलाई सरक्षण गरिनेछ ।
खानेपानी र सरसफाई
२१८) देवदह नगरपालिकाभित्र रहेका खानेपानी उपभोक्ता तथा सरसफाई समितिहरुलाई एकिकृत रुपमा संचालन गरिने नीति अवलम्बन गरिने छ ।
२१९ )खानेपानीको मुहान र सम्बन्धित योजनाहरुको व्यवस्थापनमा नगरपालिकाबाट आवश्यक समन्वय, सहजीकरण गरि अनुगमन समेत गरिने छ ।
२२०)"एक घर एक धारा" अभियानलाई प्रभावकारी बनाईने छ ।
उद्योग तथा वाणिज्य
२२१) लगानीमैत्री वातावरण तयार गर्न उद्योगका लागि जग्गा रजिष्ट्रेशन करमा विशेष सहुलियत दिने नति बनाईने छ ।
२२२)महिला उद्यमी तथा व्यवसायीहरुलाई आर्थिक सहुलियतको कार्यक्रम ल्याईने छ ।
२२३) निर्माण उद्योग संचालनमा आर्थिक र प्राविधिक सहयोगको कार्यक्रम ल्याईने छ ।
२२४)रोजगारी सिर्जनामा योगदान दिने साना उद्योगलाई प्रोत्साहन गर्ने कार्यक्रम गरिने छ ।
२२५)मेयरसँग युवा उद्यम कार्यक्रम लाइ निरन्तरता दिईने छ ।
२२६)युवा उद्यमसिलता प्रवर्द्धनमार्फत युवाहरुलाई स्वरोजगार बनाउने कार्यक्रमहरु संचालन गरिने छ।
२२७ )नदीजन्य पदार्थको प्रभावकारी व्यवस्थापन गरि आम नगरवासीलाई सहुलियत दरमा ढुङ्गा गिटी बालुवा लगायतका नदीजन्य पदार्थ उपलब्ध गराई राजध समेत अभिवृद्धि गर्ने उद्देश्यका साथ कसर उद्योग स्थापना गरि संचालनमा ल्याइनेछ ।
२२८)महिला उद्यमीहरुद्वारा उत्पादित सामाग्रीहरुको बजारीकरणमा प्रोत्साहन गर्ने गरि कार्यक्रम ल्याईने छ ।
सहकारी / बैड्रिड तथा गरिवी निवारण
२२९) देवदहका वित्तीय संस्थाहरुसँग पारस्परिक सहयोग र समान दृष्टिकोणको नीति अबलम्बन गरिने छ ।
२३०) वित्तीय संस्थाहरुसँगको साझेदारीमा उद्यममा आधारित क्षेत्रमा लगानी प्रबर्द्धन गर्ने नीति अबलम्बन गरिने छ ।
२३१)गरिबीको रेखामुनि रहेका नागरिकको तथ्याङक संकलन गरिने छ ।
२३२) विपन्न नागरिकलाई आवास कार्यक्रम सञ्चालन गरिने छ ।
भवन तथा सहरी विकास
२३३) देवदह नगरपालिकाभित्र निर्माण हुने भवनहरु मापदण्डको आधारमा अनिवार्य नक्सापास गरि भवन निर्माण गर्नु पर्ने नीति कार्यान्वयन गरिने छ ।
२३४)व्यवस्थीत तथा एलानी जग्गामा निर्माण गरिने भवन तथा संरचना समेत नक्सा तयार पारी स्वीकृती लिएर मात्र निर्माण गर्नु पर्ने छ अन्यथा नगरपालिकाबाट प्रदान गरिने सम्पूर्ण सेवा सुविधा बाट बन्धित गरिने छ ।
२३५)खरको छानामुक्त देवदह बनाईने छ ।
२३६) भवन मापदण्ड तर्जुमा गरि लागु गरिने छ ।
२३७)पुर्जा,नक्सा र भोगचलन फरक पर्न गई भवन नक्सा पास गर्ने प्रक्रियामा भएको कठिनाइलाई दृष्टिगत गरी हाल साविक वा पुन :नापी गर्ने कार्यलाई प्राथमिकता दिइने छ ।
२३८)नगरपालिका क्षेत्रभित्र बन्ने घरहरुको नक्सा बनाउने परामर्शदाता अनिवार्य रुपमा नगरपालिकाको कार्यालयमा सुचिकृत हुनुपर्ने र सूचिकृत नभएको परामर्शदाताबाट पेश गरेको घर नक्सा स्विकृत
नगर्ने नीति अवलम्बन गरिने छ ।
२३९)भवन नक्सा सम्बन्धि नगरपालिकाले अवलम्बन गरेको नीति र परामर्शदाताले गरेको कार्य बाझिन गई सेवाग्राहीले व्यहोर्न परेको असुबिधा अन्त्यका लागि सुचिकृत परामर्शदाताहरुलाई अभिमुखिकरण गरिने छ ।
२४०)नेपाल सरकारवाट जारी भएको राष्ट्रिय भवन संहितालाई कार्यन्वयन गर्दै जाने नीति लिइने छ ।
२४१)व्यवस्थित शहरीकरणका लागि भूउपयोग नक्सामा तोकिएको क्षेत्रमा मात्र भवन नक्सा पास गर्ने कार्यलाई कार्यन्वयनमा ल्याइनेछ ।
२४२)महेन्द्र राजमार्ग र शितलनगर देखि मणिग्राम ( बुद्ध सर्किट) सडकमा पर्ने भवनहरुमा बुद्धसँग सम्बन्धित रङ्ग लगाउन प्रेरित गरिने छ ।
२४३) नगरवासिहरुलाई घर नक्सा पासको फाईदा, महत्व र आवश्यकता सम्बन्धि जानकारी गराइ नक्सा
पास गरेर मात्र नक्सा अनुसार घर बनाउन तालिम तथा प्रेरित गरिने छ ।
पञ्जीकरण तथा सामाजिक सुरक्षा
२४४)सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने योग्य सबै नगरवासीहरुलाई सफ्टवेयर प्रणाली तथा बैकिङ्ग प्रणाली मार्फत समयमै सरल सहज तरिकाबाट वितरण गरीने व्यवस्था मिलाइनेछ ।
२४५)शत प्रतिशत घटना दर्ता गराउनका लागि स्वास्थ्य संस्थामा खोप लगाउदा तथा विद्यालय भर्ना गर्दा अनिवार्य जन्मदर्ता माग गर्ने व्यवस्था मिलाइनुका साथै स्थानिय संचार माध्यमहरुबाट घटना दर्ता सम्बन्धि सचेतनामुलक सामाग्रि प्रचार प्रसार गरिनेछ ।
रोजगार सम्बन्धी-:
२४६) गरिवि न्यूनिकरण तथा रोजगारीका अवसरहरु सृजना गर्न पहलकदमी चालिनेछ ।
२४७)स्थानीय तहमा सूचिकृत बेरोजगार व्यक्तिहरुलाई न्यूनतम रोजगारीको प्रत्याभूति गराईने छ ।
२४८)आन्तरीक रोजगारी सृजना गर्न सरोकारवाला निकाय र निजी क्षेत्रसंग समन्वय र सहकार्यमा जोड दिईने छ ।
२४९) संघ तथा प्रदेशले ल्याएको रोजगारमूलक कार्यमा अपनत्व कायम गर्दै रोजगारीका क्षेत्रहरु पहिचान गरि अवसरहरु बिस्तार गरिनेछ ।
२५०)रोजगार सेवा केन्द्रको संचालन तथा व्यवस्थापनमा थप प्रभावकारी बनाईनेछ ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij