मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

देवदहमा चैते धान खेती सफल

देवदहमा चैते धान खेती सफल

कृषि

images
  • 830
    SHARES

  • images
    images
    images
    देवदहमा चैते धान खेती सफल
    images
    images
    images

    देवदह । देवदह नगरपालिका वडा- ३ टटेरामा चैते धानको खेती सफल भएको छ । टटेराका कृषक तिलक पराजुलीले परिक्षणका लागि गरेको चैते धानखेती सफल भएको हो । 

    “यस क्षेत्रमा यसअघि चैते धान खेती भएको थिएन,” नवलपुरको अरुणखोलाबाट बिँउ ल्याएर गरेको चैते धान खेती सफल भयो ” उनले भने ।

    images
    images
    images

    फागुनको पहिलो साता हिले बिउ राखेर जमाएको 'चैते ५ नामक धान चैत दोस्रो हप्तामा रोपिएको थियो । करिब २ बिघा क्षेत्रफलमा लगाएको धानको बाला बर्खामा लगाउने सावा, गोरखनाथ जत्तिकै उत्पादन भएको कृषक पराजुलीको भनाई छ । 

    ७० केजि बीउ लिएर रोपिएको धान प्रती कट्ठा २ क्विन्टलको दरले उत्पादन भएको अनुमान गरिएको छ। धान पाकेर भित्र्याउने क्रममै रहेकोले सबै धान स्याहारी सकेपछि उत्पादन भएको धानको मात्रा थाहा हुने पराजुलीले बताए।

    देवदह - ४ का मनमोहन यादवले १ बिघा क्षेत्रफलमा लगाएको धान खेती पनि संतोषजनक रहेको यादवले बताए । रुपन्देहीको मानमटेरिया स्थित ज्ञान बिज्ञान कृषि सहकारीबाट ३५ किलो बीउ ल्याएर गरिएको धान खेती बर्खे धान भन्दा राम्रो भएको यादवले भनाई छ। बर्खे धान जत्तिकै पुष्ट दाना र पराल सफा भएको यादवले बताए ।

    “सम्भव नहुने ठानेर चैते धानको खेतीतर्फ कसैको ध्यान पुगेको थिएन, “उत्पादन राम्रो भएकाले चैते धानखेती देवदहमा सफल भएको उनको ठहर छ ।

    देवदहको माटो हावापानी, तापक्रम र मौसम अनुकुल भएकाले चैते धान खेती सफल भएको देवदह नगरपालिकाका कृषि शाखा प्रमुख अश्विनी कुमार शर्माले बताए।माटो बिज्ञ समेत रहेका शर्माले चैते धानखेतीको सम्भाव्यता अध्ययन गरिने बताए।

    चैते धानको बिउ उत्पादन तथा सम्भाव्यता अध्ययनका लागि देवदह नगरपालिकाको नगर सभाले १ लाख रुपैयाँ विनियोजन गरेको छ।

     

    images
    images

    निर्मल (एसपी) थापा

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij