मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

कृषि विज्ञान अध्ययन गर्न चाहने विद्यार्थीको उत्तम गन्तब्य, केरवानी मावि

कृषि विज्ञान अध्ययन गर्न चाहने विद्यार्थीको उत्तम गन्तब्य, केरवानी मावि

images
  • 519
    SHARES

  • images
    images
    images
    कृषि विज्ञान अध्ययन गर्न चाहने विद्यार्थीको उत्तम गन्तब्य, केरवानी मावि
    images
    images
    images

    देवदह  । रुपन्देहीको देवदह नगरपालिका - ५ स्थित श्री केरवानी माध्यमिक विद्यालयमा बाली विज्ञान अध्ययन गर्ने विद्यार्थीको आकर्षण बढेको छ । विद्यालयमा प्राविधिक तथा व्यवसायिक शिक्षा कृषि अन्तर्गत बाली विज्ञानको अध्ययन शुरु भएपछि कृषि अध्ययन गर्ने विद्यार्थीको चासो देखिएको छ ।

    विद्यालयले कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई प्राविधिक धारतर्फ कृषिमा आधारित शिक्षा दिँदै आएको छ । शिक्षा मन्त्रालयबाट बाली बिज्ञानका लागि मान्यता प्राप्त यस विद्यालयका विद्यार्थीले पढाइसँगै आम्दानी समेत गर्दै आएका छन् ।

    images
    images
    images
     

     

    May be an image of collard greens

     

    २०७३ सालदेखि कृषि बिज्ञान बिषयमा अध्ययन सुरु भई पठनपाठन भैरहेको कृषि विषय संयोजक संजय कुमार शुक्लले बताउनुभयो । विद्यालयले विद्यालयको १५ कठ्ठा जमिनमा टनेल निर्माण,माछापोखरी,प्लास्टिक पोखरी लगायतका संरचना निर्माण गरि माछा पालन, केरा, आँप, लिचि, कागती च्याउ, बैमौसमी तरकारी, टमाटर, धान खेतीलगायतका उपज फलाउने गरेका छन्। साथै सिजन अनुसारको तरकारी करेला, काक्रा, लौका, घिरौला लगायत तरकारी उत्पादन गरेर बिक्रि समेत गरिएको विद्यालयका प्रधानाध्यापक निर्मल ढुंगानाले बताउनुभयो।

    कृषि बिषयलाई महत्व दिएर पठन पाठन गराउने र विद्यार्थीको भविष्य संग कृषिलाई जोड्ने विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष सुशिला भट्टराईले बताउनुभयो ।

     

    No photo description available.

     

    कृषि संगै विज्ञान, शिक्षा, व्यवस्थापन संकाय पढाई हुने विद्यालयमा हाल ११५ जना विद्यार्थीले बाली विज्ञान अध्ययन गरिरहेको प्रधानाध्यापक ढुंगानाले जानकारी दिनुभयो । एसईईको नतिजा सार्वजनिक भए संगै विशेष गरि बिज्ञान र बालि विज्ञान अध्ययन गर्न चाहने विद्यार्थीका लागि केरवानी मावि उत्तम गन्तब्य हुन सक्छ ।  

    शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा मानव विकास केन्द्र अन्तर्गतको विद्यालय शिक्षा मापदण्ड शाखाले केरवानी माविलाई नमुना विद्यालयको रूपमा छनोट गरेको छ । विधयालामा हाल १ हजार १२ जना विद्यार्थी अध्ययनरत छन् । 

    विद्यालयको शैक्षिक् गुणस्तर सुधारका लागि  देवदह नगरपालिका वडा नम्बर -५ ले समेत एसी सहितको मन्टेश्वरी कक्षाको लागि आर्थिक वर्ष २०८०/८१ मा रकम विनियोजन गरेको छ । 

    images
    images

    निर्मल (एसपी) थापा

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij