देवदह, असार २४
देवदह । रुपन्देहीको देवदह नगरपालिकाद्धारा सशस्त्र सिमा सुरक्षा बल पजरकट्टीलाई विपदको समयमा आवश्यक पर्ने उद्धार सामाग्री वितरण गरिएको छ । नगरपालिकाका उप–प्रमुख विद्या लक्ष्मी गुरुङले सिमा सुरक्षा बल पजरकट्टीलाई आइतबार उद्धार सामाग्री हस्तान्तरण गर्नुभएको हो ।
वर्षायाम सुरु भए सङ्गै नेपालका विभिन्न स्थानहरुमा भारी वर्षा हुन सक्ने कुरालाई मध्यनजर गर्दै पुर्व तयारी सङ्गै देवदह नगरपालिकाले उद्दारका लागि आवश्यक सामाग्री गैंती ३ थान, बेल्चा ४ थान, बन्चरो १ थान, रेनकोट ५ थान, गमबुट ५ थान, लाइफ ज्याकेट ५ थान, बकेट स्टिल २ थान, फायर एक्स्टिगिन्सर २ थान, सर्चिङ्ग लाइट १ थान इमर्जेन्सी लाइट १ थान, स्ट्रचर फोल्डिङ्ग १ थान, मेगा फोन ३ थान, हेडलाइट २ थान र ६ जना अट्ने क्याम्पिङ्ग टेन्ट गरि दुइलाख पचास हजार बराबरको सामाग्री सशस्त्र सिमा सुरक्षा बल पजरकट्टीलाई हस्तान्तरण गरिएको हो।
स्थानिय स्तरमानै खोज तथा उद्धार सामाग्री वितरण गरि स्थानिय स्तरमामा विपद् व्यवस्थापनमा जागरुप वनाउने उद्देश्यले उद्दार सामग्रीहरु वितरण गरिएको उपप्रमुख गुरुङले बताउनुभयो । कुनै पनि आईपर्न सक्ने विपतमा क्षति न्युनिकरण गर्नका लागि वितरण गरिएको सामाग्रीहरु सहयोगी बन्न सक्ने उपप्रमुख गुरुङको भनाई थियो ।
उद्दार सामग्री वितरण कार्यक्रममा नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ, प्रमुख प्रसाशकीय अधिकृत प्रदिप पौडेल, उप सचिव टिकाराम शर्मा, नगर प्रवक्ता तथा वडा नं. ५ का अध्यक्ष गणेश डुम्रे, वडा. १० का अध्यक्ष यक बहादुर सुनार, वडा नम्बर ९ का वडा अध्यक्ष मोहन बहादुर जि.सी., वडा ८ का वडा अध्यक्ष हरि प्रसाद पाण्डे र वडा नम्बर ४ का वडा अध्यक्ष दमन नाथ रेग्मी लगयतको उपस्थिति रहेको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij