पाल्पा । तिनाउ गाउँपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । गाउँपालिकाकाे आर्थिक वर्ष २०७९/०८० काे योजना, कार्यक्रम तथा सेवा प्रवाहकाे सवालमा तेस्राे सार्वजनिक सुनुवाई कार्यक्रम बिहिवार सम्पन्न गरिएको हो ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले आ. व. ०७९/८० मा भएको प्रगती विवरण सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यस्तै प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले आर्थिक वर्ष २०७९/०८० काे समग्र वित्तीय विवरण उल्लेख गर्नुभएको थियो ।

सुशासनका लागि पारदर्शिता र जवाफदेहिता महत्वपूर्ण हुने बताउदैं गाउँपालिका अध्यक्ष श्रेष्ठले पालिकद्वारा प्रदान गरिने सेवा सुविधा सम्बन्धमा सेवा सुविधा सम्बन्धमा सेवा प्रदायक र सेवाग्राही सर्वसाधारण विचमा दोहोरो सम्बाद र प्रश्नोत्तर गरि एक आपसमा प्रस्ट हुने र स्थानीय सरकारको कार्यसम्पादनलाई आगामी दिनहरुमा अझ पारदर्शी, उत्तरदायी र जवाफदेहि बनौन जनताको कामलाई सरल र सहज ढंगबाट गर्ने उदेश्य सहित सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको बताउनुभयो।

प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले आ. व. ०७९/८० मा चालु तर्फ ३५ करोड ३७ लाख २८ हजार २२ र पुँजीगत तर्फ २१ करोड ३० लाख ६४ हजार पाँच सय वार्षिक बजेट मध्ये चालु तर्फ ३० करोड ४५ लाख २९ हजार ९ सय २७ रुपैयाँ १७ पैसा (८६ . ९२ प्रतिशत ) र पुँजीगत तर्फ १८ करोड ४९ लाख ७३ हजार ३ सय ६१ रुपैयाँ ६७ पैसा ( ८६ . ८२ प्रतिशत ) गरि कुल बजेट ५६ करोड ३४ लाख ३७ हजार ३ सय २२ रुपैयाँ विनियोजन भएकोमा ४८ करोड ९५ लाख ३२ हजार ८८ रुपैयाँ ६७ पैसा ( ८६ . ८७ प्रतिशत ) खर्च भएको बताउनुभयो।
पालिका बाट प्रवाह हुने शिक्षा, स्वास्थ्य, कृषि, राजश्व, योजना सम्झौता लगयतका विषयमा उठेका जिज्ञासाक विषयमा शाखाका कर्मचारीहरुले जवाफ दिएका थिए । सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी भएका स्थानीयले पालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, विभिन्न शाखाका कर्मचारीलाई प्रश्न सहितको जिज्ञासा राखेका थिए ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij