मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

देवदह पानावारी मगरघाट शवदाह स्थलमा वृक्षारोपण

देवदह पानावारी मगरघाट शवदाह स्थलमा वृक्षारोपण

images
  • 1.4K
    SHARES

  • images
    images
    images
    देवदह पानावारी मगरघाट शवदाह स्थलमा वृक्षारोपण
    images
    images
    images

    देवदह । देवदह -५ पानावारी स्थित मगरघाट शवदाह स्थलमा वृक्षारोपण  गरिएको छ। नेपाल मगर संघ देवदह नगर समितिको  आयोजना, मगर संघ  देवदह ५  वडा समिति, मगर महिला संघ नगर समिति, मगर युवा संघ नगर समितिको सह - आयोजना र  देवदह मगर घाट संरक्षण समितिको ब्यवस्थापनमा वृक्षारोपण गरिएको हो। 

     

    images
    images
    images

    May be an image of 6 people and tree

     

    वृक्षारोपण कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका प्रबक्ता गणेश डुम्रेले वृक्षारोपण समुदायको फाइदाको लागि भएकोले वातारवरण स्वच्छ राखन वृक्षारोपण आवश्यक भएको बताउनुभयो। देवदह नगरपालिका र विशेष गरि देवदह नगरपालिकाले सार्वजनिक र खुल्ला क्षेत्रमा घाँस लगाउने योजना बनाएको र त्यसले वातारण स्वच्छ हुनुका साथै स्थनीय बाख्रा तथा गाई भैसीं पालन गर्ने  कृषकलाई लाभ हुने विश्वास व्यक्त गर्नुभयो । 

    वृक्षारोपण  स्थलमा आँप, कपुर, कटहर, टिक, निम्बु कपुर, अमला, अशोका गरि करीब ४००  रूख, बिरुवा, फलफूलहरू 
    रोपिएको नेपाल मगर संघ देवदह नगर समितिका सचिव मन बहादुर राना मगरले जानकारी दिनुभयो। 

    वृहत वृक्षारोपण कार्यक्रममा नेपाल मगर संघ देवदह नगर समितिका अध्यक्ष  शोभा कुमारी थापा मगर, नगर प्रबक्ता तथा देवदह नगरपालिका वडा न: ५ का वडा अध्यक्ष गणेश प्रसाद डुम्रे, नेपाल मगर संघ केन्द्रिय अनुशासन विभागको सदस्य जसु पुन, बिभिन्न टोल विकास संस्थाका प्रतिनिधि र स्थानीयको सहभागिता रहेको थियो। 

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij