मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

देवदहको लोकेश्वर मन्दिरमा वृक्षारोपण

देवदहको लोकेश्वर मन्दिरमा वृक्षारोपण

वृक्षारोपण

images
  • 382
    SHARES

  • images
    images
    images
    देवदहको लोकेश्वर मन्दिरमा वृक्षारोपण
    images
    images
    images

    देवदह। रुपन्देहीको देवदह  -५ मा रहेको लोकेश्वर शिव पन्चायन मन्दिरमा बृहत वृक्षारोपण गरिएको छ । लायन्स क्लब अफ देवदह र लियो क्लब अफ प्रोफेशनल युथको संयुक्त्त आयोजनामा लोकेश्वर मन्दिर परिसरमा वृक्षारोपण गरिएको हो । मन्दिर प्रांगणमा आँप, लिची, कागती लगायत  ३ सय ५० भन्दा बढी फलफुलको विरुवा रोपिएको थियो  ।  

     

    images
    images
    images

    May be an image of 12 people and text

     

    लायन्स क्लब इन्टरनेश्नल नेपाल जिल्ला ३२५ पी का दोश्रो जिल्ला गभर्नर बालाराम भट्टराईले वातावरण स्वच्छ भयो भने नागरिक अनि समाज  स्वच्छ हुने र वातावरण स्वच्छ राख्न सरसफाइ सङ्गै वृक्षारोपण गर्नुपर्ने भनाई व्यक्त गर्नुभयो । वृक्षारोपण गरिएका विरुवा जोगाउन चुनौतिपूर्ण रहेको भन्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका भट्टराईले रोपिएको विरुवा संरक्षण गरेर हुर्काउनु मुख्य दायित्व रहेको बताउनुभयो । 

     

    May be an image of 13 people and text

     

    त्यस्तै लायन्स क्लब अफ देवदहका संस्थापक अध्यक्ष बिष्णु प्रसाद पौडेलले क्लबहरुले एक आपसमा सहकार्य गरेर सामाजिक क्रियाकलाप गर्दा एक आपसमा सामिप्यता बढ्ने  बताउनुभयो । वृक्षारोपण संगै संरक्षणमा ध्यान दिनुपर्ने  पौडेलको भनाई थियो ।

    वृक्षारोपण कार्यक्रममा क्लबका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो। लायन्स क्लब अफ देवदहका अध्यक्ष  मन बहादुर केसिको अध्यक्षता, लियो क्लब अफ प्रोफेशनल युथका अध्यक्ष कमल पौडेलको स्वागत र लियो क्लब अफ प्रोफेशनल युथका सचिव दिपेश पाण्डेको संचालनमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको थियो । 

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij