देवदह। लियो क्लब अफ देवदहले आठौँ पद हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ।कार्यक्रममा लियो बर्ष २०२२/२३ को कार्यसमितिले बर्ष २०२३/२४ को नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरेको हो। लियो क्लब अफ देवदहका वर्ष २०२३/२४ का अध्यक्ष काशीराम पोखरेललाई क्लबका निवर्तमान अध्यक्ष प्रविन गौडेलले अध्यक्षको लकेट र पिन लगाई दिएर अध्यक्षको पदभार ग्रहण गराएका थिए। कार्यक्रममा अध्यक्ष पोखरेलले आफ्नो वार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए।

कार्यक्रममा बोल्दै देवदह नगरपालिकाको नगर उप प्रमुख विद्या लक्ष्मी गुरुङले समाज रुपान्तरणमा लियो क्लबको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
अध्यक्ष लियो काशीराम पोखरेलको अध्यक्षता, देवदह नगरपालिका नगर उप-प्रमुख विद्या लक्ष्मी गुरुङ्गको प्रमुख आतिथ्यता र सचिव लियो दिपेश पंगेनीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा लायन्स क्लब अफ देवदहका पुर्व अध्यक्ष राम बहादुर गुरुङ, बिनोद थापा मगर, विष्णु ज्ञवाली, लायन्स क्लब अफ देवदह वर्ष २०२३/२४ का अध्यक्ष मन बहादुर क्षेत्री, लियो क्लब अफ देवदहका पुर्व अध्यक्ष एन.बि नेपाली, सुमन थापा, श्रदा कुवर लगाएतको उपस्थिति रहेको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij