मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

बुटवल धागो कारखाना अवलोकन, संचालनमा आए सयौंले रोजगार पाउने

बुटवल धागो कारखाना अवलोकन, संचालनमा आए सयौंले रोजगार पाउने

images
  • 833
    SHARES

  • images
    images
    images
    बुटवल धागो कारखाना अवलोकन, संचालनमा आए सयौंले रोजगार पाउने
    images
    images
    images

    बुटवल। नमस्ते नेपाल नामक संस्थाले बुटवल धागो कारखानाको अवलोकन गरेको छ। धागो कारखाना पुन:सञ्चालनका लागि दवाबस्वरुप कारखानाको अवलोकन गरिएको हो । मंगलवार नमस्ते नेपालको टिमले बुटवल धागो कारखानामा भएका उपकरणहरुको बारेमा जानकारी लिई कारखानालाई सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई आग्रह गरेको छ।

    नमस्ते नेपालको टिम बुटवल धागो कारखानामा

    images
    images
    images

    नमस्ते नेपालका अध्यक्ष मनिश भुसालले पछिल्लो समय नियमित रुपमा ओरालो लागेको अर्थतन्त्रलाई माथि बढाउनको लागि कारखाना सञ्चालनमा आउनुपर्ने बताए।अवलोकन पश्चात कारखाना ठुलो समस्याले बन्द नभएको  र सरकारले चाहे फेरि पनि संचालनमा ल्याएर सयौं युवाहरूलाई रोजगार दिन सक्ने निष्कर्ष निकालिएको अध्यक्ष भुसालको भनाई थियो । 

     

    May be an image of 6 people and lighting

     

    त्यसैगरी अधिकांश नागरिकहरु छिमेकी मुलक भारत, खाडी राष्ट्र लगायतका ठाउँमा रोजगारीको लागि जान बाध्य भएको कुरालाई दृष्टिगत गर्दै  दक्ष जनशक्ति विदेश पलायन हुँदा देश विकासमा असर परेको भन्दै कारखाना पुन: सञ्चालन गरि नागरिकलाई स्वदेशमै रोजगारीमा जोड्न सकिने सचिव सन्दिप क्षेत्रीले बताए ।

    बुटवलस्थित औद्योगिक क्षेत्रमा रहेको धागो कारखाना २०६४ सालदेखि बन्द भएको थियो। 

     

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij