लुम्बिनी पाना। एसियन क्रिकेट काउन्सिल (एसीसी)ले एसिया कपको खेल तालिका सार्वजनिक गरेको छ। तालिका अनुसार नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्ने भएको छ। नेपाल र पाकिस्तान बीचको खेल अगस्ट ३० मा पाकिस्तानमा हुनेछ।
नेपाल रहेको समूह 'ए' मा पाकिस्तान र भारत रहेका छन् । नेपालले अगष्ट ३० मा पाकिस्तानसँग र सेप्टेम्बर ४ मा भारतसँग श्रीलंकाको केन्डीमा खेल्नेछ। यसपालिको एसिया कप क्रिकेट अगष्ट ३० देखि सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकामा आयोजना हुन लागेको छ।
एसिया कपको बहुप्रतिक्षित मानिएको भारत र पाकिस्तानबीचको खेल सेप्टेम्बर २ मा श्रीलंकाको केन्डीमा हुनेछ ।
एसिया कप प्रतियोगितामा एसियाका पाँच टेस्ट राष्ट्र र नेपाल गरी ६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा जम्मा १३ खेल हुनेछन्। तीमध्ये पाकिस्तानमा ४ र श्रीलंकामा ९ खेल हुनेछ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij