मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

खेलले अनुशासित र मर्यादित समाज निर्माण गर्न भूमिका खेल्छ : नगर प्रमुख खरेल

खेलले अनुशासित र मर्यादित समाज निर्माण गर्न भूमिका खेल्छ : नगर प्रमुख खरेल

images
  • 327
    SHARES

  • images
    images
    images
    खेलले अनुशासित र मर्यादित समाज निर्माण गर्न भूमिका खेल्छ :  नगर प्रमुख खरेल
    images
    images
    images

    केशव पराजुली।  खेलले अनुशासित र मर्यादित समाज निर्माण गर्न ठुलो प्रभाव पार्ने देवदह नगर प्रमुख ध्रुव प्रसाद खरेलले बताउनु भएको छ । चरङ्गे क्रिकेट क्लव देवदहले शुक्रबार देखि आयोजना गरेको देवदह चरङ्गे खुल्ला नकआउट क्रिकेट प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहेका खरेलले खेल क्षेत्रमा लागेर आर्थिक उपार्जन गर्न सकिने भन्दै खेललाई ब्यावसायिक बनाएर अगाडी बढ्न आग्रह गर्नु भयो ।

    पहिलो दिनको खेलमा लुम्बिनी क्रिकेट क्लब लुम्बिनी र रुपाकोट क्रिकेट क्लब बुटवल दोस्रो चरणमा प्रवेश गरेका छन । पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ्ग गरेको लुम्बिनी क्रिकेट क्लबले बुटवल लिक्वेर क्लब बुटवललाई ५६ रनले पराजित गरेको तथा दोस्रो खेलमा रुपाकोट क्रिकेट क्लब बुटवलले सुनवल क्रिकेट क्लब सुनवललाई २९ रनले पराजित गरेको खेल संयोजक हेमु थापा मगरले जानकारी दिनु भयोे ।  

    images
    images
    images

    श्रावण ५ गते देखि संचालित प्रतियोगितामा २९ टिमको सहभागिता रहने आयोजक क्लबका सल्लाहाकार विश्वास गुरुङ्गले जानकारी दिनु भयो । प्रतियोगितामा प्रथम हुने टिमले नगद ३० हजार मेडल र प्रमाणपत्र, दोस्रो हुने टिमले नगद २० हजार मेडल र प्रमाणपत्र, म्यान अफ द सिरीज र म्यान अफ द म्याचलाई पुरस्कार प्रदान गरिईने आयोजक क्लबका सदस्य जिवन अर्यालले बताउनु भयो । 

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij