देवदह । रुपन्देहीको देवदहमा अवस्थित स्वर्णिम सगरमाथा कलेजले कक्षा ११ का नव आगन्तुक विद्यार्थीहरुलाइ स्वागत गरेको छ । शनिबार एक कार्यक्रमबीच कलेजले विद्यार्थी स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो ।
नव आगन्तुक विद्यार्थीहरुलाइ स्वागत कार्यक्रममा बोल्दै क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष ऋषिराम सापकोटाले औपचारिक शिक्षा मात्र नभएर प्राविधिक शिक्षामा समेत क्याम्पसले जोड दिएको बताउनुभयो।
विद्यार्थीलाई होटल म्यानेजमेन्टको पढाई संगै संचालन भएका होटेल प्रतक्ष्य अवलोकन गराई व्यवासय कसरि गर्न सकिन्छ भन्ने विषयमा अवलोकन संगै सिकाईको ज्ञान हासिल गराएको समेत बताउनुभयो। कम्प्युटर साइन्सका विद्यार्थीलाई टेक्निकलतिर जोड दिएर अगाडि बढाउन बिगतका दिनमा पनि सगरमाथाले शैक्षिक गुणस्तर कायम गर्दै आएको र शैक्षिक क्षेत्रमा थप सुधारका लागि सगरमाथा क्याम्पस लागिपरेको अध्यक्ष सापकोटाको भनाई थियो।
कार्यक्रममा बोल्दै कलेजका प्राचार्य कृष्ण प्रसाद पौडेलले विद्यालयमा पालना गर्नुपर्ने आचार संहिता प्रस्तुत गर्नुभएको थियो। नव आगन्तुक विद्यार्थीहरुलाई दा तारा प्रसाद गिरीले अभिमुखिकरण तालिम दिनुभएको थियो।
कार्यक्रममा क्याम्पस संचालक समितिका सदस्य, अभिभावक, शिक्षक, विद्यार्थीहरुको सहभागिता रहेको थियो।
विद्यालयका इसीए इन्चार्ज भीमा कुमारी गुरुङको स्वागत र विद्यालयका सह प्राचार्य प्रदिप अधिकारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij