रुपन्देही। देवदह नगरपालिकामा पहिलो अन्तर्राष्ट्रिय संस्थाको रुपमा स्थापित रोट्रयाक्ट क्लब अफ तिलोत्तमा देवदह,रोट्रयाक्ट क्लब अफ तिलोत्तमा रुपन्देही, राेटरी क्लव अफ तिलाेत्तमा रूपन्देही र राेट्याक्ट क्लव अफ तिलाेत्तमा शुद्वाेधनकाे सयुक्त आयाेजनामा देवदह ६ ज्योति नगरमा अवस्थित गौतमबुद्ध राष्ट्रिय उद्यानमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ।
वृक्षरोपण कार्यक्रममा बोल्दै बुद्ध सामुदायिक वनका अध्यक्ष टेक बहादुर रानाले वृक्षारोपणले वातावरण र मानव स्वास्थ्यका लागि सकारात्मक प्रभाव पार्ने भनाई व्यक्त गर्नुभयो । गौतम बुद्ध राष्ट्रिय उद्यानमा विगतमा पनि क्लबले वृक्षारोपण लगायतका सामाजिक क्रियाकलाप गरेको स्मरण गर्दै क्लबले वृक्षारोपणका निमित्त गौतम बुद्द राष्ट्रिय उद्यान रोजेकोमा खुशी व्यक्त गर्नुभयो ।
पछिल्लो समय वृक्षरोपण गर्ने प्रवृत्ति फेशनको रुपमा रहेको बताउँदै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अध्यक्ष रानाले रोपिएको विरुवालाई संरक्षण गरि हुर्काउन समेत ध्यान दिनुपर्ने बताउनुभयो।
कार्यक्रममा बोल्दै राेट्रयाक्ट क्लब अफ तिलोत्तमा देवदहका अध्यक्ष रो. बिक्रम भुसालले आगामी बर्ष देखी सिग्नेचर प्रोजेक्टको रूपमा अगाडी बढाउने बताउदै रोपेका बिरुवा हरु लाई समय समयमा मलजल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।उहाँले यस ठाउँमा नयाँनयाँ कामहरु गरेर अगाडि बढ्ने बताउनुभयो।
राेटरी क्लव अफ तिलाेत्तमा रुपन्देहीका अध्यक्ष निरज श्रेष्ठले उद्यानमा राेटरी पार्क बनाउने क्लवकाे याेजना अनुसार प्रत्येक वर्ष बृक्षराेपण गरिएकाे बताउदै राेपिएका बिरुवाकाे संरक्षण र हराभरा बनाउन क्लवले आगामी दिनमा पनि कार्यक्रमलाई निरन्तरता दिईने बताउनु भयाे ।
कार्यक्रम जाेन २२ का जेड आरआर सुनिल गिरी, रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीका सचिब शंकर पाण्डेको सन्चालन तथा रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीका अध्यक्ष देवीराम पाण्डे लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij