बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

देवदहका रानालाई मगर संसारको आर्थिक सहयोग

देवदहका रानालाई मगर संसारको आर्थिक सहयोग

images
  • 1.5K
    SHARES

  • images
    images
    images
    देवदहका रानालाई मगर संसारको आर्थिक सहयोग
    images
    images
    images

    देवदह । सामाजिक कार्यमा क्रियाशिल फेसबुक ग्रुप मगर संसार फोटो ग्यालरीले देवदह -५ का स्तन क्यान्सर
    विरामीलाई आर्थिक सहयोग गरेको छ ।  देवदह - ५ निवासी  ४८ वर्षीय राधा कुमारी राना मगरलाई उपचारमा सहयोगका लागि १ लाख ८६ हजार १५५ रुपैयाँ सहयोग आर्थिक सहयोग गरिएको हो।

    मगर संसार फोटो ग्यालरीका संस्थापक अध्यक्ष अनिल लामिछाने मगरको विशेष पहलमा रोजगारीको सिलसिलामा कोरिया, हंगकंगमा रहनुभएका सहयोगी दाताबाट संकलित रकम आइतबार बिरामीको घरमा पुगेर हस्तान्तरण गरिएको हो। 

    images
    images
    images

    सामाजिक संजाल मार्फत मगर संसार फोटो ग्यालरीले हाल सम्म १ सय ६२ जनालाई आर्थिक सहयोग गरिएको मगर संसार फोटो ग्यालरीका संस्थापक अध्यक्ष अनिल लामिछाने मगरले जानकारी दिनुभयो ।

    रकम हस्तान्तरण कार्यक्रममा नेपाल मगर संघ देवदह नगर समितिका अध्यक्ष शोभा कुमारी थापा, कोषाध्यक्ष मिलन माश्की राना, नेपाल आदिवासी जनजाती महासंघका देवदह नगर कोषाध्यक्ष किशन बहादुर थापा, नेपाल मगर संघ रुपन्देहीका पूर्व जिल्ला सह सचिव बिनोद थापा, नेपाल मगर महिला संघका देवदह नगर अध्यक्ष विन्दु कुमारी थापा, बुद्द सामुदायिक वनका अध्यक्ष टेक बहादुर राना, मगर संसार फोटो ग्यालरीका एडमिनद्वय जस्मिन मगर र नविना पुन मगरको उपस्थिति रहेको थियो। 

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij