मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

विकास निर्माणमा एकताबद्द भएर लाग्ने संकल्प गरौँ : सांसद विश्वकर्मा

विकास निर्माणमा एकताबद्द भएर लाग्ने संकल्प गरौँ : सांसद विश्वकर्मा

शिक्षा

images
  • 450
    SHARES

  • images
    images
    images
    विकास निर्माणमा एकताबद्द भएर लाग्ने संकल्प गरौँ : सांसद विश्वकर्मा
    images
    images
    images

    रुपन्देही ।  रुपन्देही क्षेत्र नम्बर - १ का संघीय सांसद छबिलाल विश्वकर्माले विकास र समृद्धिको लागि सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभएको छ ।सोमबार देवदह -४ भवानीपुर स्थित महामाया भवानी माविले आयोजना गरेको सांसद संग साक्षात्कार कार्यक्रममा बोल्दै सांसद विश्वकर्माले भौतिक, शैक्षिक, सामाजिक तथा आर्थिक विकास र समृद्धिका लागि पक्ष विपक्षमा नरही सबै राजनैतिक दल र जनप्रतिनिधि एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभएको हो ।

    20230724174625_IMG_7522.JPG

    images
    images
    images

    सांसद विश्वकर्माले अघिल्लो कार्यकालमा यस क्षेत्रको शैक्षिक विकासका लागि महत्वपूर्ण योगदान गरेको बताउंदै राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम मार्फत विद्यालयको पूर्वाधार निर्माणका लागि पहल गरेको बताउनुभयो। सांसद विश्वकर्माले एकताबद्द भएर निष्ठाका साथ काम गर्ने संकल्प रहेको बताउंदै सहयोगको अपेक्षा रहेको भनाइ व्यक्त गर्नुभयो । विद्यालयको शैक्षिक उन्नयनका लागि साथ र सहयोग रहने प्रतिबद्दता समेत व्यक्त गर्नुभएको थियो । 

    कार्यक्रममा देवदह नगरपालिकाका नगर प्रमुख ध्रुव प्रसाद खरेलले यथास्थितिमा रहेको शिक्षालाई रुपान्तरण गरि परिवर्तनशिल बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो। विद्यालयको शैक्षिक विकासका लागि नगरपालिका सदैव तयार रहेको बताउंदै नगर प्रमुख खरेलले विद्यालयको शैक्षिक गुणस्तर संगै विद्यालयको शिक्षालैऐ परिणाम मुखी बनाउन अपरिहार्य रहेको उल्लेख गर्नुभयो। 

    देवदह नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष दमननाथ रेग्मीले देवदह नगरपालिकाको राजधानी वडा भएर पनि विकास निर्माणमा पछि परेको भन्दै भौतिक विकासमा साथ दिन ध्यानाकर्षण गराउनुभयो। साथै वडाले शिक्षा क्षेत्रलाई प्राथमकिता दिएर काम गरेको बताउनुभयो। 

    विद्यालयका प्राचार्य ऋषिश्वर अर्यालले कार्यक्रममा स्वागत सहित ११ बुंदे माग पत्र समेत प्रस्तुत गर्नुभएको थियो। विद्यालयलाई यस क्षेत्रकै नमुना विद्यालयको रूपमा स्थापित गर्ने लक्ष्य तथा योजना रहेको बताउदैं प्राचार्य अर्यालले शैक्षिक गुणस्तर सहित उत्कृस्ट नतिजा दिनका लागि विद्यालय अहोरात्र लागिपरेको भनाई व्यक्त गर्नुभयो।  

    विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष छबिलाल घर्तीले विद्यालयमा पछिल्लो समय धेरै सुधारका कामहरु भएको बताउनुभयो। व्यवस्थित शौचालय, खानेपानीको व्यवस्था, विद्यालय सौन्दर्यकरणका काम गरिएको बताउदैं अध्यक्ष घर्तीले यस क्षेत्रकै शैक्षिक गन्तव्यको रुपमा विद्यालयको श्रीबृद्दी गरिने उल्लेख गर्नुभयो। 

    कार्यक्रम विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष छबिलाल घर्तीको अध्यक्षता विद्यालयका प्राचार्य ऋषिश्वर अर्यालको स्वागत र शिक्षक काशिराम शर्माको संचालनमा सम्पन्न भएको थियो। 

    संघिय सांसद छबिलाल विश्वकर्मा समक्ष प्रस्तुत गरिएको ११ बुंदे माग 

    १. बालविकासदेखि १२ कक्षा दिवा सत्रमा सञ्चालनार्थ तत्काल कक्षाकोठाको अभाव 'भएकाले ८ कोठे भवन निर्माण 
    २. प्रत्येक विद्यार्थीले आनन्दपूर्वक बसेर खाजा खान मिल्ने चमेना गृह तथा दिवा खाजा व्यवस्थापनार्थ आवश्यक पूर्वाधारसहितको भवन निर्माण
    ३. विद्यालयको प्रवेशद्वारदेखि कक्षाकोठासम्म पुग्न हिलो र धुलोरहित टायलयुक्त बाटो निर्माण 
    ४. विद्यार्थी, शिक्षक तथा अभिवावका सवारी साधन व्यवस्थित पार्किङका लागि पर्किङ ट्रस्ट निर्माण
    ५. विद्यालयले भोगचलन गर्दै आएको जग्गाको संरक्षणार्थ ग्याविनसहितको कम्तीमा ८०० मिटर वाल निर्माण
    ६. आवश्यक सुविधायुक्त छुट्टै पुस्तकालय भवन निर्माण ७. प्रत्येक कक्षामा अत्याधुनिक बालमैत्री फर्निचरको व्यवस्था
    ८. आकर्षक र आधुनिक खेल सामग्रीयुक्त फूलवारीसहितको बाल उद्यान (किड्स गार्डेन ) निर्माण
    ९. खेलकुदमा अब्बल विद्यार्थी उत्पादन गर्न व्याडमिन्टन, बास्केटबल, भलिबल र टेबलटेनिसको आवश्यकीय पूवार्धार निर्माणक
    १०. सिकाइलालाई प्रविधिमैत्री बनाउदै विद्यार्थीको सिकाइ उपलब्धी अभिवृद्धि गर्न ६
    देखि १२ सम्मका हरेक कक्षामा प्रोजेक्टर, स्मार्टबोर्ड तथा सिसी क्यामेराको व्यवस्था
    ११. यथेष्ठ कम्प्युटर भएको इन्टरनेट जडित कम्प्युटर ल्याव तथा पर्याप्त उपकरणसहितको अत्याधुनिक विज्ञान प्रयोगशाला निर्माण

     

    images
    images
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij