मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

योग्यता भएकाे मानिसले नेतृत्व गर्न पाउनुपर्छ"- युवा नेता पौडेल

योग्यता भएकाे मानिसले नेतृत्व गर्न पाउनुपर्छ"- युवा नेता पौडेल

images
  • 384
    SHARES

  • images
    images
    images
    योग्यता भएकाे मानिसले नेतृत्व गर्न पाउनुपर्छ"- युवा नेता पौडेल
    images
    images
    images

    निशान्त पाठक, रुपन्देही l ऐतिहासिक धरोहर बुद्धको मावली स्थल देवदहमा विगत लामो समयदेखि समाजका हरेक सामाजिक क्रियाकलापमा अग्र स्थानमा रहेको देवदह जेसिजले विभिन्न जेसिज संस्थाहरूको संयुक्त आयोजनामा देवदहमा वर्तमान परिदृश्यमा युवा नेता अवसर र चुनौतीहरूका बारेमा विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

     

    images
    images
    images

    May be an image of 2 people, table and text that says 'Pathak'

     

    देवदह जेसिज पूर्व अध्यक्ष विजय गुरुङले नेपालमा सबै भन्दा बढी युवाहरु आवद्ध भएर सामाजिक अग्रसरता भएको संस्था जेसिज बताउनु भएको छ। उहाँले जेसिजको मुख्य उदेश्य भनेको नै शासन पालनामा प्रतिबद्ध हुने बताउनुभएको छ । उहाँले देशमा चेतना बढाउने,समाजमा अनुशासन कायम गर्ने, लोकतंत्रको विकास गर्ने,शुसासन कायम गर्नु  हुँदा युवाहरुको विबेकिय क्षमता बढाउन जेसिसको उल्लेखनीय भूमिका रहेको बताउनुभयो।  कानुन मिचेर कसैले काम गर्छ भने त्यसलाई  सजाय हुनुपर्ने र आजको परिस्थितिमा  देशमा युवा नेताहरुले अवसर पाउन सकेनन भने देशले मुहार फेर्न नसक्ने उहाँको भनाइ छ।

    उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं प्रखर वक्ता तथा प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले देशको अर्थतन्त्र अहिलेको परिवेशमा  आयतमुखी रहेको बताउँदै यसले गर्दा सधैं पूँजी स्थिर नहुने बताउनुभएको छ। हामीले अहिलेको अर्थतन्त्रलाई  पुजिगत खर्चमा तुलना गरियो भने कुल ग्राह्यस्थ उत्पादनमा योगदान दिन नसक्ने भएकाले देशमा उत्पादन वृद्धि गर्ने र निर्यात बढाउन निकै आवश्यक रहेको ।बताउनुभयो । राज्यको लागि पनि  देशमा यही सम्बन्धी सोचविचार भएका युवा नेतृत्वकर्मीको आवश्यकता अपरिहार्य रहेको छ। उहाँले क्षमता, योग्यता, विज्ञ व्यक्ति लाई अवसर दिन आवश्यक रहेको बताउँदै स्वतन्त्र प्रतिस्पर्धा बाट अवसर पाउने व्यवस्था गरियो भने युवाहरु विदेश पलायन हुन हुन पर्ने बाध्यता हट्ने बताउनु भयो। अब राज्यले आम युवाहरु लाई वर्तमान देशको परिवेश अनुसार भ्रष्टचार बिरुद्द आवाज  उठाउन सक्ने बनाउनुपर्ने निकै आवश्यक रहेको बताउनुभयो।

    कार्यक्रम प्रतिनिधिसभा सदस्य प्रदीप पौडेल प्रमुख आतिथ्यता, देवदह जेसिसका २०२३ का अध्यक्ष दुर्गा दाहालको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij