मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

ग्लोबल टी-ट्वान्टी : सन्दीपको टिम पहिले बलिङ गर्दै

ग्लोबल टी-ट्वान्टी : सन्दीपको टिम पहिले बलिङ गर्दै

images
  • 279
    SHARES

  • images
    images
    images
    ग्लोबल टी-ट्वान्टी : सन्दीपको टिम पहिले बलिङ गर्दै
    images
    images
    images

    काठमाडौं । ग्लोबल टी-ट्वान्टी क्यानडामा नेपालका स्पिनर सन्दीप लामिछाने आबद्ध सर्रे जगुआर्स ब्रैम्प्टन वुल्भ्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।  सन्दीप आबद्ध जगुआर्सले आफ्नो छैटौं खेलमा वुल्भ्सविरुद्ध टस जितेर बलिङ रोजेको हो । लामिछानेले प्लेईङ-११ मा स्थान बनाएका छन् । 

    जगुआर्सले वुल्भ्ससँग नेपाली समय अनुसार मंगलबार बेलुका पौने ९ मा खेल्नेछ ।छैटौं खेल खेल्दै गरेको जगुआर्स तेस्रो जित निकाल्न चाहन्छ ।

    images
    images
    images

    पहिलो खेलमा सर्रे मोन्ट्रियल टाईगर्ससँग पराजित भएको थियो । सोमबार बिहान भएको दोस्रो खेल बर्षाका कारण रद्द भएको थियो । तेस्रो खेलमा टोरन्टो नेशनललाई पराजित गरेको थियो । 

    चौथो खेलमा मिसिसागा प्यानथर्सलाई पराजित गरेको थियो । समूह चरणको अन्तिम खेल्दै गरेको वुल्भ्स सातौं खेलका चौथो जित दर्ता गर्न चाहन्छ ।

    सन्दीप आबद्ध जगुआर्समा लिन्टन दास, एलेक्स हेल्स, मोहम्मद हरिस, ईफ्तिखार अहमद लगायतका खेलाडी रहेका छन्।प्रतियोगितामा ६ टोलीको सहभागीता रहेको छ । प्रतियोगिताको फाइनल खेल अगस्ट ६ मा हुनेछ ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij