बुधवार, कार्तिक १२ गते २०८३

Logo बुधवार, कार्तिक १२ गते २०८३
images
images

हार्दिक श्रद्धाञ्जली बाबा

हार्दिक श्रद्धाञ्जली बाबा

images
  • 3.5K
    SHARES

  • images
    images
    images
    हार्दिक श्रद्धाञ्जली बाबा
    images
    images
    images

    संस्मरण 
    हिजो  धेरै पछी आमालाई फोन गरें, सन्चो बिसन्चो सोधें, लगत्तै अर्को प्रश्न मनमा आइसकेको थियो, ‘आमा बुबालाई कस्तो छ ,ब्यापार कस्तो छ बुवा अझै आउनु भएन?’ तर मनलाई समालेर राखे अनि सोचे अहिले बुवा हामी सामु नभएको र हत्याराहरुले मेरो बुवाको हत्या गरेको ७ महिना भैसकेको छ आज हत्याराहरु खुलेआम हिड्दा नेपालको न्यायपालिका र न्यायव्यवस्था प्रति विश्वास नै लाग्दैन ?आमा बुबालाई कस्तो छ ,ब्यापार कस्तो छ  बुवा अझै आउनु भएन?’

    अब यो प्रश्न मनबाटै हटाउनुपर्छ मैले । म हरेक समय घर बाट कतै टाढा  काठमाडौं ,मामा घर जादा होस या साथीहरु सँग घुम्न जादा  बुवाले धेरै सम्पर्क गर्नु हुन्थ्यो बाबू कहाँ पुगेयौ के गरेको छाै । त्यो अवाज मैले सुन नपाएको पनि धेरै भएछ  ।

    images
    images
    images

    २०७९ पुष २२ गते  मेरो कालो दिन जुन दिन मेरो  बुवाको हत्या भएको दिन समानिय कुरालाई लिएर  पुरानो  रिसिबी सहित म लागएत मेरो परिवारलाई मर्न आएको सो त देखिन्छ र सबैलाई थाहा पनि छ हाम्रो आँखा  अगाडि निर्मम तरिकाले कुटपिट गरेको भिडियो बाहिरिएको छ र  बचाउन अग्रहर गर्दा पनि  भिडियोमा मुकदर्सक भएर  हर्नेहरु अहिले आखा जुदाउन सक्दैन र बोल्न नि सक्दैन ।
    कुटपिट गरि हत्यागरेको सवैलाई जनकारी छ । २०७९ पुष २२ गतेको घटनाले परिवारमा सन्नाटा छायो ।

    बुवा हजुरले गर्ने जति कर्तव्य पुरा गर्नु भो आफ्नो सन्तानको लागि तर खै कहानिर हामि चुक्यौ हजुरलाई  हजारौ प्रयास गर्दा पनि हजुरलाई हामी  माझ राख्न सकेनौ, बुबा ति हत्याराले हजुरलाई मरे चहेर पनि बचाउन सकिएन माफ गर्नु होला ।  एक जना हत्यारा  एक महिना नहुदै र अरु ३ जना हत्यारा ३ महिना नहुदै हत्याराहरु खुलेआम हिड्दा नेपालको न्यायपालिका र न्यायव्यवस्था प्रति विश्वास नै लाग्दैन।

    बुवा माफ गर्नु होला हजारौं सपना अधुरै रहे  तिनि सबै पुरा गर्ने छु । कुटपिट गरेर आफ्नो चोट नदेखाइ बाबु तिमिलाई केहि त भएन भनेको त्यो शब्द अजै पनि याद छ र हुनेनै छ अन्तिम चोट सहन नसकेर अस्पताल जाउ अनि ईलाका जाउ भन्दै बाइकमा चोट खप्न नसकेर  बाबु तिमि सङै बस भनेर अन्तिम पटक म सङै मेरो काखमा हुनु भयो  अस्पतालमा पुराउदा हजुरलाई मृत घोषण गर्यो । जब हजुर धेरै अतिएर होइछ अस्पताल जाउ भनुभएको थियो र अस्पतालमा पुराउदा हजुरलाई मृत घोषण गर्यो औफैले टेकेको जमिन भासिएको झै भएको थियो। 

    बोल्नखोज्छु आवाज बिहिन भएर  शरिर  काप्न थालेको र भक्कानिएको थिए पत्याउन सकेको थिएन म त पटक पटक बिहोस नै भएको थिए । होस खुल्दा धेरै मान्छे  जुटिसकेको थिए तेति बेला मैले महसुस गरेको थिए हजुर सदाका लागि हामि माझ रहनु भएन भनेर । उठाएर समालिन हजारौं प्रयास गरेर अस्पतालमा छटपटिएको आमा र दादाको अनुहार हेरेर ,अब मैले सम्ल्नु पर्छ भनेर म कम्जोर हुनु हुन भनेर धेरै समालिएर । समाजिक संजाल देखि सवैले जनकारी पाएर हजुरको प्रतीक शरीर अस्पतालमा हजुरलाई हर्ने ४,५ सय जना भन्दा धेरै को उपस्थित थियो । ४ घन्टा पछी  अस्पताल बाट हजुरर्को भौतिक शरिरलाई बाहिर निकालेर पोस्टमाटमको लागी लुम्बिनी  प्रदेशिक अस्पताल लिएर जान लाग्दा  मैले अझै पनि आस गरिरहेको थिए बुबासंग ४.३० घन्टा अगाडि हस्दै बोलेको कुरा गरेको यो  हुन सक्दैन भन्दै म कति रोएको त्यो समयमा मलाई अनेरास्ववियु जिल्ला उपाध्यक्ष भरत आर्याल दाइले समाएको याद छ अत्यन्तमा बिनय गरे म बिबश भएको थिए हजुर  सदाका लागि हामी माझ बाट बिदा हुनु भो भनेर र आफुलाई समालिए र हजुर अस्पताल पुराउन दाइहरु पठाएर म ,आमा र सबै सँग घरमा आएको थिए  ।२०७९ पुष २२ गते कुटपिटको केही समय पछी  बुवा हामीबाट सदाको लागि बिदा भइसक्नुभएको थियोे  । बुवाले हामीलाई सदाको छोडेर गएको पनि करिब ७ महिना हुन लागिसक्यो, तर मन पटक्कै मानिरहेको छैन ।

    हुन त प्रकृतिको कठोर नियम नै छ उत्त्पति पछि बिनास वा जन्म पछि मृत्यु स्वभाकिक छ तर पनि आफ्नो सन्तानको लागि सधै अभिभावकको छत्र छाँया र मायामा बस्न पाउदा स्वर्गकै अनुभुती गर्थे आफुलाई  सधै भग्यमानि ठान्थे कुनै कुराको कामि थिएन तर आज तपाईं हामि बिच हुनुहुन ।बुवा अब मलाई हजुरले जसरी सधै समर्थन कस्ले गर्छ अरुले गाली गर्दा पनि  चुप लाग यो अजै सानो छ भनेर अरुलाई कस्ले साम्झाउछ हुन त घरको कान्छाे छाेरा सबै को प्यारो पनि थिए। 

    हास्दै जिस्कदै संगै बस्यौ कहिले बुवा हजुर केटाकेटी बनु भयो  त कहिले म अभिभावक बन्दै बुवालाई  सम्झाउदै गरे ।  बुवाले सम्झाउदै बाबु आफ्नो ख्याल गर्नु   ,दाजु लाई एकलै भार नपर्नु ,घरको जिम्मेवार हुनु तिमिहरुले धेरै गर्नु छ धेरै बाच्नु छ गाल्ति नगर्नु कसै सँग नडराउनु   समाज परिवर्तन गर्नै पर्छ गलत कुराको बिरोध गर्नु तर समय खराब छ आफुलाई  समालेर बढनु हरेक पाइला पाइलामा गर्ने मान्छेको पछि बैरि लाग्ने गर्छन त अल्लि बढी काम भन्दै हिड्छस ख्याल गरे बाबु रातिको समयमा समयमै घरमा आउनु भन्दै समझाउनु हुनुहुन्थ्यो ।
     बाहिर कतै गए साझा ७ बजे सम्म घरनआएमा कान्छो खै कति बेला आउछ भन्दै फोन अब बुवा लेखेको नामबाट कस्ले कल हान्छ बुबा । 
    थाहा छ जन्मपछि मृत्यु निश्चित छ । तर पनि अजै लाग्छ बुवा  गाडीमा ब्यापार गर्न बजार जानू भएको छ आउनु हुनेछ। बाहिर कतै गएभने साझा ७ बजे तिर अब बुवाको कल आउने छ घरजानू पर्छ भनेर मोबाईल हर्ने  झस्किने गर्छु आँखामा आशु लिएर सम्झिन्छु बुवा त हामीसामु हुनुहुँदैन भन्ने ।संसारमा सबै कुरा किन्न पाईन्छ सिवाए आमाबुवा । आमाबुवाको मायालाई हामीले कुनै कुरासँग पनि तुलना गर्नै सक्दैनौ ।

    म अझै विश्वास गर्न सकिरहेकी छैन । बेला बेला मन झसंग हुन्छ, बुवाको त्यो अन्तिम बिदाई, शोकाकुल परिवार, र आमाको फेरिएको रुप । घरको अविभावक गुमायौं हामीले । उज्यालो गुमायौं हामीले र सदा सदाको लागि बुवा गुमायौं । सुन र हिराका करोडौं ढिक्का दिए पनि जीवनको एक क्षण पाइँदैन, र हामीले पाएको यो अमूल्य समय र जीवनलाई मेरो बुवाले जस्तै सधै सतकर्ममा खर्चिऊँ । मैले आफ्नो बुवा भनेर तारिफ गरेको होइन । बुवा समाजसेवी, सकारात्मक सोंच, र सबैलाई असल देख्ने व्यक्ति हुनुहुन्थ्यो । समाज परिवर्तन गर्नै पर्छ गलत कुराको बिरोध गर्नु तर समय खराब आफुलाई  समालेर अगाडि बढनेको हरेक पाइला पाइलामा  बिरोध गर्ने मान्छेको पछि  लाग्ने गर्छन  काम गर्न पदनै पद नै चाहिँदैन तर पदमा बसिसकेपछि जिम्मेवार  व्यक्ति हुनु पर्छ भने गर्नु हुन्थ्यो ।

    मेरो बुवा दानविर पनि हुनुहुन्थ्यो, आफ्नो गाउँमा बाटो, स्कुल, महायज्ञ, मन्दिर, प्रतिक्षालय, समाजघर तथा पार्टी कार्यालयमा म बुवाको सुगन्ध पाउँछु, जहाँ बुवाले आर्थिक सहयोग गर्नुभयो । आज हामीबीच बुवाको भौतिक शरीर नभएपनि लाग्छ, आत्मा सधैं हाम्रै वरिपरी रहनेछ । बुवाको आत्मविश्वासीपन, कर्मठ, सहयोगी भावना र लगनशिलताले हामी परिवारलाई मात्र होइन, समाजलाई नै ठूलो पाठ सिकाएको छ । बुवाको सतकर्म,  इमान्दारिता र निष्ठावान चरित्रका कारण १३ औं दिनभित्रको कार्य चलिरहँदा हरेक राजिनित दलका विशेष गरि नेकपा एमाले , नेपाली कांग्रेसका ,राष्ट्रिय स्वतन्त्र पार्टी ,नेकपा माउवादी लागएत अरु राजिनिती दलका  केन्द्रियस्तरका शीर्ष नेताहरु र बुटवल उपमहानगरपालिकाका जनप्रतिनिधि ज्यूको उपस्थितिले परिवारमा सान्त्वना थप्यो ।

    हामीले बुवासँग बिताएका साना–साना पल पनि त्यतिकै मूल्यवान् छन् । जसलाई करोडौंको धनसम्पतिले पनि खरिद गर्न सक्दैन । त्योमध्ये सबैभन्दा प्यारो बुवाको अन्तिम निशानी र बुवाले र परिवार हामी सबैले माया गर्ने घरको एक सदस्य कुकुर ज्याकी लिएर आएको दिन  याद आउँछ । बुवाले हाम्रा आवश्यकताका हरेक चीज पूरा गरिदिनुहुन्थ्यो ।  यी सबै कुरा अब सम्झनामा मात्रै रहे । लाग्छ, राम्रा व्यक्तिबाट सिकेका राम्रा चीजलाई हामी आफैंले व्यवहारमा उतार्नको राम्रा चीज हामीबाट खोसिन्छन् र धेरै टाढा जान्छन् ।

    २०७९ पुस २६ गतेको साझा बुवाको अन्तिम बिदाईको समय थियो, बुवालाई आँगनमा सुताइएको थियो । परिवार, आफन्तजन शोकाकुल अवस्थामा थियौं । हामी सबै जना बुवाको नजिकै बसिरहेका थियौं । मलाई लाश सग डर लाग्दैन थियो तर पनि म त्यति नजिकबाट आजसम्म कसैको लाश हेरेको  थिएन ।  त्यो दिन के भयो छुटनै मन लागेन 

    बुवाको नजिकै बसिरहेका थिए थाहा छैन के भएको थियो । सायद मायाले होला र आफ्नो भनेर होला । मैले एकनासले बुवालाई हेरिरहें । मनमा धेरै कुरा आइरहेका थिए, ‘बुवा बेहोस मात्र हुनुभएको हो, सास अझै बाँकी छ’ तर यथार्थ त्यो थिएन । बुवा त ४ दिन अगाडि नै चीर निन्द्रामा गइसक्नु भएको थियो । मलाई त मुटुमा गाँठो परिरहेको थियो, झन् मेरो आमालाई कस्तो भयो होला ?

    त्यो अवस्थामा मैले आमालाई हेर्न सकिरहेको थिएन् । बुवाको लाश उठाएर लाग्दा एउटा कारुणिक दृश्यले मन झनै भक्कानियो । अन्तिम बिदाई सँगै आमाले आफ्नो सौभाग्यका सामान सिन्दुर, चुरा, पोते  फाल्नु पर्दो रहेछ । कस्तो परम्परा होला सोचें, र फेरि सम्हालिएँ । एक्लो त हामीले भन्दा पनि आमाले महसुस गरिरहनु भएको होला, संसारै सून्य लाग्यो होला । कति सम्झना मानसपटलमा ताजै होलान् । छोराछोरी आ–आफ्नो कर्ममा जानेनै भए । बुढेसकालको एकअर्काको साहारा, साथी आफूबाट सधैंको लागि बिदा भएपछि एक्लो महसुस त हुने नै भयो । बुवाको निधनले परिवार सुन्य भएको छ । हामीलाई गहिरो घाऊ लागेको छ । तर सम्हालिनुपर्छ, दुखाई भुल्नुपर्छ । आफु बाँच्नुपर्छ, अनि सम्बन्ध बचाउनुपर्छ । घाऊ त गहना हुन जिन्दगीका, जहाँ नेर दुख्छ त्यहीं त महसुस हुन्छ जिन्दगी । घाउलाई मलम लगाउँदै विस्तारै अगाडि बढाउनुपर्छ जिन्दगी ।तर यी सब दुखलाई हामीले अब शक्तिमा बदल्दै लैजानुपर्छ ।

    जीवनमा कुनै पनि कुरा स्थायी हुँदैन । हाम्रो जीवन पनि अस्थायी हो । कति बेला के हुन्छ हामी आफैंलाई थाहा हुँदैन । हरेक रातपछि बिहान अवश्य आउँछ । हामीलाई परिस्थितिले भन्दा पनि मनस्थितिले कमजोर बनाउँछ । परिस्थिति गुज्रिसक्यो । अब हामीले आफ्नो मनस्थितिलाई बलियो बनायौं भनें भगवानरुपी बुवा पनि हामीसँग खुसी हुनुहुनेछ । बुवा तपाईंले गरेका राम्रा कामको फलले आज हजुरको बास राम्रो ठाउँमा पक्कै छ ।बुवा हजुर ब्रहम्लिन हुनु भो भौतिक रुपमा हजुर नभए पनि तपाईंको माया स्नेह अभिवाकिय भुमिका र प्रेरणा र उपदेश सदा यो मानसपटल मा जिबित रहने छ । तपाईंले देख्नु भएको र देखाउनु भएको सारा सपना पुरा गरि हजुरको हत्यारालाई सजाय नदिलाउदा सम्म म चुप बस्ने छैन बुवा उहि हजुरको अभागि कान्छो 
    हार्दिक श्रद्धाञ्जली ।।।

    images
    images

    लुम्बिनी पाना

    • बुधवार, श्रावण १७ २०८००९:४२:५४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij