सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

भोटेकोशी बाढी प्रभावितका लागि सगरमाथा आवासीय माविको २ लाख २० हजार ९३९ रुपैयाँ सहयोग

भोटेकोशी बाढी प्रभावितका लागि सगरमाथा आवासीय माविको २ लाख २० हजार ९३९ रुपैयाँ सहयोग

images
  • 317
    SHARES

  • images
    images
    images
    भोटेकोशी बाढी प्रभावितका लागि सगरमाथा आवासीय माविको २ लाख २० हजार ९३९ रुपैयाँ सहयोग
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि सगरमाथा आवासीय माध्यमिक विद्यालयले २ लाख २० हजार ९३९ रुपैयाँ सहयोग गरेको छ।

    विद्यालयमा अध्ययनरत विद्यार्थी र स्वर्णिम आईटी क्लबका विद्यार्थीबाट संकलित ८० हजार १० रुपैयाँ, शिक्षक तथा कर्मचारीको एक दिनको तलब बराबरको ८९ हजार ९२९ रुपैयाँ र विद्यालयको तर्फबाट ५१ हजार रुपैयाँ गरी उक्त रकम संकलन गरिएको हो।

    images
    images
    images

    विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकको साथमा उभिनु सबैको सामाजिक दायित्व भएकाले विद्यालय परिवारले आफ्नो तर्फबाट सक्दो सहयोग गरेको प्राचार्य कृष्णप्रसाद पौडेलले बताउनुभयो।

    उहाँले विद्यार्थी, शिक्षक, कर्मचारी तथा विद्यालयको संयुक्त प्रयासबाट संकलित रकमले बाढी प्रभावित नागरिकको राहतमा केही भए पनि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij