निशान्त पाठक, यूएई । चीनको तिब्बत क्षेत्रमा १० भदौ २०८३ गते आएको भीषण बाढीका कारण भोटेकोशी नदीलगायत नदी तटीय क्षेत्रमा भएको जनधनको क्षतिप्रति विश्वकर्मा समाज नेपाल, यूएईले गहिरो दुःख व्यक्त गरेको छ।
प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति समाजले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
विपत्तिको यस कठिन घडीमा प्रभावित नेपाली नागरिकप्रति ऐक्यबद्धता जनाउँदै विश्वकर्मा समाज नेपाल, यूएईले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख २५ हजार रुपैयाँ सहयोग प्रदान गरेको जनाएको छ।
समाजले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग आवश्यक रहेको भन्दै मानवीय सेवामा हातेमालो गर्ने सबैप्रति सम्मान व्यक्त गरेको छ।
विपत्तिमा परेका नागरिकको दुःखमा साथ दिनु सामाजिक दायित्व भएको उल्लेख गर्दै समाजले सहयोग तथा राहत अभियानमा सहभागी सम्पूर्ण सहयोगदाताप्रति हार्दिक आभार व्यक्त गरेको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij