सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

देवदहमा ३ महिने सिलाई कटाई तालिम सुरु

देवदहमा ३ महिने सिलाई कटाई तालिम सुरु

images
  • 976
    SHARES

  • images
    images
    images
    देवदहमा ३ महिने सिलाई कटाई तालिम सुरु
    images
    images
    images

    सानुमाया थापा, देवदह । रुपन्देहीको देवदहमा तीन महिने सिलाई कटाई तालिम सुरु भएको छ। चेली कृषि सहकारी संस्थाको आयोजनामा देवदह - ०९ भलुहीमा तीन महिने सिलाई कटाई तालिमको उद्घाटन गरिएको हो ।

    कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै देवदह नगरपालिकाका नगर उपप्रमुख विद्या लक्ष्मी गुरुङले महिलालाई स्वरोजगार बनाउन तालीमले महत्त्वपूर्ण योगदान दिने बताउनुभयो ।

    images
    images
    images

     

    FB_IMG_16913000434936220.jpg

     

    कार्यक्रममा प्रमुख अतिथि समेत रहेका उपप्रमुख गुरुङले संस्थाले विभिन्न सिपमूलक तालिम सङ्गै विगतमा लैङ्गकि हिंसा र चेलीबेटी बेचबिखन विरुद्ध अभियान चलाएर समाज रुपान्तरणमा सहयोगी भूमिका निर्वाह गरेको भन्दै आगामी दिनहरुमा यस्ता खालका कार्यहरूलाई निरन्तरता दिन आग्रह समेत गर्नुभयो ।

    संस्थाका अध्यक्ष सावित्रा बश्यालले संस्थाले विशेषगरी महिलालाई आत्मनिर्भर बनाउनका लागि तालिमहरु आयोजना गरिएको उल्लेख गर्नुभयो । मानव वेचबिखन रोकथामका लागि समेत निरन्तर सक्रिय भएर लागिरहेको अध्यक्ष बश्यालको भनाई थियो।तालिममा ३० जना प्रशिक्षार्थीको सहभागिता रहेको छ।


    कार्यक्रममा वडा नम्बर -९ का वडा अध्यक्ष मोहन जिसि, दुर्गा आचार्य, सुविता संजु, रुका सापकोटालगायतले मन्तव्य व्यक्त गर्दै तालिमबाट सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रह गरेका थिए।

    कार्यक्रम संस्थाका अध्यक्ष सावित्रा बश्यालको अध्यक्षता, कोषाध्यक्ष देवी अधिकारीको स्वागत र सचीव हिमाल न्यौपानेको संचालनमा सम्पन्न भएको थियो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij