मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

प्याब्सन र नेशनल प्याब्सन देवदहले बुझायो ध्यानाकर्षण पत्र

प्याब्सन र नेशनल प्याब्सन देवदहले बुझायो ध्यानाकर्षण पत्र

शिक्षा

images
  • 393
    SHARES

  • images
    images
    images
    प्याब्सन र नेशनल प्याब्सन देवदहले बुझायो ध्यानाकर्षण पत्र
    images
    images
    images

    रुपन्देही । निजी तथा आवासीय बिद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय  बिद्यालय एशोसियसन नेपाल (नेशनल प्याब्सन) देवदह नगर समितिले देवदह नगरपालिका नगर प्रमुख ध्रुव प्रसाद खरेले समक्ष ध्यानाकर्षण पत्र बुझाएको छ। बुधबार प्याब्सन देवदहका तर्फ बाट अध्यक्ष राम बहादुर गुरुङ र नेशनल प्याब्सनको तर्फ बाट देवदह पालिका समितिका संयोजक विनोद थापा मगरको नेतृत्वमा ध्यानाकर्षण पत्र बुझाइएको हो। 

     

    images
    images
    images

    No description available.

     

    नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका तत्कालिन सचिव श्री रामकृष्ण सुवेदीद्वारा हस्ताक्षरित विद्यमान शिक्षा ऐन २०२८ लाई प्रतिस्थापन गर्नका लागि तयार गरिएको विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०" सरोकारवालाका सुझावहरूलाई बेवास्ता गरी तयार गरिएको सम्बन्धमा  गम्भिर ध्यानाकर्षण भएको ध्यानाकर्षण पत्रमा उल्लेख छ। 

     

    No description available.

     

    विधेयकमा राखिएका कतिपय प्रावधानहरू निजी लगानीका संस्थात विद्यारूप्रति पूर्वाग्रही मात्र नभएर संविधान विपरित अव्यवहारिक र अन्यायपूर्ण समेत भएको हामीले महसुस गरेका छौं । हाल निजी तथा सार्वजनिक गुठी अन्तर्गत सञ्चालित विद्यालयहरू नै समस्याग्रस्त रहेको शैक्षिक गुठी दर्ता तथा सञ्चालन सम्बन्धमा स्पष्टता नभएको अवस्था विद्यमान रहेको,प्रस्तावित विधेयकले ५ वर्षभित्रमा निजी लगानीका विद्यालयले  सम्पूर्ण दायित्व फर-फारक गरी शैक्षिक गुठीमा रूपान्तरित हुनु पर्ने लगायतका चावात्मक प्रावधान समावेश गरिनु संविधानको भावना विपरित अव्यवहारिक र दुराशययुक्त रहेको स्पष्ट देखिन्छ ।

    निजी लगानीका विद्यालयको विधेयक विभेदकारी हुनुका साथै अन्यायपूर्ण रहेको हुँदा यथास्थितिमा विधेयक पारित भएमा निजी लगानीका विद्यालयहरूको वृद्धि, विकास, सुरक्षा, संरक्षण र सम्बर्द्धन, असन मात्र नई यस्ता विद्यालयहरू बन्द हुने निश्चितप्राय रहेको उक्त विधेयक संसदमा पेस हुन अगावै  सरोकारका प्रावधानहरूको उचित सम्बोधन नभएमा देशैभरी सञ्चालित निजी लगानीका विद्यालयहरु बन्द गरी आन्दोलनका कार्यक्रमहरू घोषणा गर्न बाहेक अन्य  विकल्प नरहेको बताउँदै  सम्बन्धित निकायमा ध्यानाकर्षण गराउदा समेत कुनै ठोस निकास प्राप्त नभएको खण्डमा केन्द्रीय कार्यसमितिको आफ्ना माग पुरा नभएसम्मका लागि देशभरीका कम्पनी निजी गुठी तथा सार्वजनिक गुठी अन्तर्गत सञ्चालित विद्यालयहरू बन्द गरी अगाडि बढ्ने निर्णय गरी निर्देशन दिए पश्चात यस पालिका अन्तर्गतका विद्यालयहरू केन्द्रको निर्देशन प्राप्त हुनसाथ बन्द हुने कुरा उक्त ध्यानाकर्षणपत्रमा उल्लेख गरिएको छ।

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij