सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

जनपक्षीय संयुक्त संयन्त्रको वार्षिक समिक्षा तथा आगामी कार्ययोजनाको विषयमा छलफल

जनपक्षीय संयुक्त संयन्त्रको वार्षिक समिक्षा तथा आगामी कार्ययोजनाको विषयमा छलफल

images
  • 330
    SHARES

  • images
    images
    images
    जनपक्षीय संयुक्त संयन्त्रको वार्षिक समिक्षा तथा आगामी कार्ययोजनाको विषयमा छलफल
    images
    images
    images

    रुपन्देही । स्थानीय तहले गर्ने राम्रो कामको समर्थन र गलत कार्यको भन्डाफोर र खबरदारी गर्ने उदेश्य सहित स्थापना भएको जनपक्षीय संयुक्त संयन्त्रले वर्ष २०७९/८० मा गरेका कार्यहरूको समिक्षा र भावी रणनीति तथा कार्ययोजनाको विषयमा छलफल सम्पन्न गरेको छ।

    बैठकमा अहिले सम्म गरेका कार्यहरूको विषयमा जानकारी, समृद्द देवदह निर्माणका आधारहरुको विषयमा छलफल गरिएको थियो।

    images
    images
    images

    जनपक्षीय संयुक्त संयन्त्रले १ वर्षको अवधिमा देवदह नगरपालिकालाई बजेट निर्माणका लागि सुझाव सहित ज्ञापन पत्र बुझाइएको, देवदहमा निर्माण भएका भौतिक पूर्वाधारहरु अनुगमन गरि, गुणस्तर कम भएका सडकको ल्याब टेस्ट गराई कानूनी दायरामा ल्याइएको, भ्रष्टाचार विरुद्ध नेपाल सरकारले गरेको कारबाहीलाई एक्यवद्धता जनाउदै भ्रष्टाचार विरुद्ध खबरदारी कार्यक्रम आयोजना गरिएको, देवदहमा रहेका सहकारी, शैक्षिक संस्थाहरु सङ्ग छलफल गरिएको संयन्त्रका अध्यक्ष मण्डलका सदस्य टंक पोखरेलले जानकारी दिए ।

    त्यस्तै स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, पूर्वाधारलाई देवदहको समृद्धिको मूल आधार मानी सोही अनुसारको अभियान संचालन गरिने पोखरेलले जानकारी दिए।

    साथै संयन्त्रको भेला यहि भदौ १ गते गरिने निर्णय भएको समेत जानकारी दिए । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल देवदहका इन्चार्ज भिमलाल काफ्लेको अध्यक्षतामा भएको बैठकको संचालन धन बहादुर अधिकारीले गरेका थिए।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij