सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

बिद्यालयमा स्वास्थ्य सचेतना जगाउदैं लायन्स र लियो क्लब

बिद्यालयमा स्वास्थ्य सचेतना जगाउदैं लायन्स र लियो क्लब

images
  • 280
    SHARES

  • images
    images
    images
    बिद्यालयमा स्वास्थ्य सचेतना जगाउदैं लायन्स र लियो क्लब
    images
    images
    images

    साउन २९, देवदह । पछिल्लो समय आँखा पाक्ने रोग र डेङ्गु रोगले प्रकोपको रुप लिएको भन्दै लायन्स क्लब र लियो क्लबले विद्यालयमा सचेतना कार्यक्रम सुरु गरेको छ। सोमबार लायन्स क्लब अफ देवदह प्रोफेशनल युथ र लियो क्लब अफ बुटवल मणिमुकुन्द युथको संयुक्त आयोजना र केरवानी स्वास्थ्य चौकीको सहयोगमा देवदह १ विर्ता स्थित श्री खड्ग मा.विका कक्षा ९-१२ का विद्यार्थीलाई सचेतना दिईएको हो।

     

    images
    images
    images

    No description available.

     

    कार्यक्रममा बोल्दै देवदह नगरपालिकाको नगर उप प्रमुख विद्या लक्ष्मी गुरुङले लायन्स क्लबले स्थापना काल देखि नै ‘हामी सेवा गर्छौं’ भन्ने सिद्धान्तलाई आत्मसाथ गर्दै निस्वार्थ भावनाका साथ समाजसेवा गर्दै आईरहेको बताउनुभयो। उहाले विद्यार्थी हुँदै अभिभावकसम्म स्वास्थ्य सम्बन्धि सचेतना पुग्नेमा आशावादी रहेको समेत बताउनुभयो।

    No description available.

    कार्यक्रममा केरवानी स्वास्थ्य चौकीका प्रमुख काशीराम रेग्मीले डेङ्गु तथा आँखा पाक्ने रोगको लक्षण, लाग्ने तरिका नियन्त्रणका उपायका विषयमा सहजीकरण गर्नु भएको थियो।कार्यक्रममा बोल्दै लायन्स क्लब अफ देवदह प्रोफेशनल युथका अध्यक्ष कमल पौडेलले विद्यार्थीहरुको माध्यमबाट स्वास्थ्य समस्या र निरुपण सम्बन्धमा बढी प्रभावकारी हुने भएकोले विद्यालय स्तरमा लायन्स क्लबले सचेतना प्रवाह गरीएको बताउनुभयो। उक्त कार्यक्रममा लायन्स क्लब अफ देवदहका पुर्व अध्यक्ष लायन बिनोद थापा मगर, श्री खड्ग मा.विका प्राचार्य लगाएतले आ-आफ्नो भनाइ राख्नु भएको थियो।

     

    No description available.

     

    कार्यक्रम लायन्स क्लब अफ देवदह प्रोफेशनल युथका अध्यक्ष लायन कमल पौडेलको अध्यक्षता, लियो क्लब अफ बुटवल मणिमुकुन्द युथको सचिव सन्देश बेलबासेको स्वागत, क्लबको दोश्रो उपाध्यक्ष बिमल तिवारीको धन्यवाद र लायन्स क्लब अफ देवदह प्रोफेसनल युथका सह-सचिव लायन दिनेश चौधरीको सञ्चालनमा भएको थियो।

    लायन्स क्लबले यस कार्यक्रमलाई अभियानकै रुपमा लैजाने र आउदो बिहीवार देवदह २ ढेकावरमा अवस्थित नमुना एभरग्रीनमा आँखा चेकजाच तथा सचेतना कार्यक्रम गर्ने क्लबले जनाएको छ। यस अघि क्लबले एशियन लाईट ई.बो. स्कुलमा स्वास्थ्य सचेतना कार्यक्रम गरेको थियो।

     

    images
    images
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij