मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

देवदहको सगरमाथा आवासीय माविमा 'बुक फ्री फ्राइडे'

देवदहको सगरमाथा आवासीय माविमा 'बुक फ्री फ्राइडे'

images
  • 835
    SHARES

  • images
    images
    images
    देवदहको सगरमाथा आवासीय माविमा 'बुक फ्री फ्राइडे'
    images
    images
    images

    भदौ ०१, देवदह । रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ७, शितलनगरमा रहेको सगरमाथा आवासीय माध्यमिक विद्यालयमा प्रत्येक शुक्रबार बुक फ्री फ्राइडे अर्थात् गुड फ्राइडे आज देखी सुभारम्भ भएको छ। विद्यालयले आधारभूत प्राविधिक ज्ञान र सीप सहितको शिक्षा प्रदान गर्ने उद्देश्यका साथ उक्त कार्यक्रम सुरु गरेको हो।

     

    images
    images
    images

    May be an image of 9 people, dais and text that says 'less Friday Inauguration Ceremony Dental Check-up Camp Sa Brganced'

     

    कार्यक्रममा बोल्दै देवदह नगरपालिका वडा नं ७ का वडा अध्यक्ष कृष्ण अधिकारीले विद्यार्थीलाई किताबका अलावा दैनिक जीवनमा काम लाग्ने व्यवहारिक शिक्षा प्रदान गर्दा विद्यार्थीहरुलाई आत्मनिर्भर बन्न समेत मद्दत मिल्ने बताउनुभयो। उहाले यो सरनिय कामको सुरुवात गरेकोमा विद्यालय परिवारलाई बधाई तथा धन्यवाद व्यक्त गर्नुभएको थियो।

    बुक फ्री फ्राइडेको मुख्य उदेश्य विद्यालयमा प्रत्येक शुक्रबार नियमित साप्ताहिक क्रियाकलापसंगै विद्यार्थीहरूको सिर्जनशील ज्ञान सीप र क्षमताको विकास श्रमप्रति सम्मान तथा शिक्षालाई उत्पादन र श्रमसित जोड्ने रहेको विद्यालयका विद्यालयका संस्थापक प्राचार्य कृष्ण प्रसाद पौडेलले बताए। 

    प्राचार्य पौडेलका अनुसार ब्याग लेस स्कुलको अवधारणाले बालबालिकाहरुलाई सीपमूलक, जीवनपपयोगी तथा व्यवहारिक शिक्षा प्रदान गर्दा उनीहरुको क्षमताको विकास हुनेमा आशावादी रहेको बताउनुभयो। उहाले शुक्रबारका दिन विद्यार्थीलाई कहिले दुना तथा तपरी खुट्ने, चित्र कोर्ने तथा रङ भर्ने, कृषि सम्बन्धि लगाएत दैनिक जिवनमा आवश्यक पर्ने प्रविधिगत विषयको ज्ञान दिने बताउनुभयो। उहाले कक्षा ८-१० का विद्यार्थीलाई ईलेक्ट्रीक तथा पलम्बिङ्गको समेत तालिम दिईने बताउनुभयो। यसरी प्रदान गरिने शिक्षाबाट विद्यार्थीले दैनिक जीवनमा आइपर्ने व्यवहारिक समस्या सजिलै समाधान गर्न सक्ने उहाले बताउनुभयो।

    सोहि अवसरमा विद्यालयमा अध्यनरत विद्यार्थीहरुको दन्त परिक्षण समेत गरिएको थियो। दन्त परिक्षणमा श्री कृष्ण पोलिक्लिनिकको प्राविधिक सहयोग रहेको थियो। विद्यालयमा  अध्ययनरत विद्यार्थीको दन्त परिक्षण गरिएको थियो 

    कार्यक्रम विद्यालय व्यवस्थापन समितीका अध्यक्ष डिल्लिराज मरासिनीको अध्यक्षता र सह-प्राचार्य प्रदिप अधिकारीको सञ्चालनमा भएको थियो।

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij