सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

देवदहमा बाथ तथा मुटुरोग परिक्षण शिविर सम्पन्न

देवदहमा बाथ तथा मुटुरोग परिक्षण शिविर सम्पन्न

निशान्त पाठक

images
  • 504
    SHARES

  • images
    images
    images
    देवदहमा बाथ तथा मुटुरोग परिक्षण शिविर सम्पन्न
    images
    images
    images

    रुपन्देही। देवदहमा बाथ तथा मुटुरोग परिक्षण शिविर सम्पन्न भएको छ। रोटरी क्लब अफ देवदहको आयोजनामा देवदह वार्ड नम्बर ५ मा रहेको देवदह बुद्ध पब्लिक आवासीय माविमा बाथ तथा मुटु रोग सम्बन्धी परीक्षण कार्यक्रम सम्पन्न भएको हो। 

     

    images
    images
    images

    No description available.

     

    कार्यक्रममा बोल्दै रोटरी क्लब अफ देवदहका अध्यक्ष एवं देवदह मेडिकल कलेजका डाक्टर सुन्दर पाण्डेले मुटु तथा बाथरोग शिविर रोटरी क्लब अफ देवदहले बर्ष २०२३/२४ को सिग्नेचर प्रोजेक्टको रुपमा देवदह नगर भित्रका २० हजार विद्यार्थीहरुको सफल परीक्षण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

    उक्त शिविरमा कक्षा ७ मा अध्ययनरत स्पर्श भण्डारीले रोटरी क्लव देवदह द्वारा आयोजित मुटु तथा बाथरोग शिविरमा आफ्नो मुटु जचाउन पाउँदा खुसी रहेको बताउँदै आगामी दिनहरुमा पनि क्लबले देवदह नगरपालिका भरीका सम्पूर्ण विद्यालयहरुमा शिविर सञ्चालन गर्न आग्रह गरेका छन्।

    उक्त शिविरमा ५५० जना विद्यार्थीले मुटुको परीक्षण गरेका थिए जसमध्ये ३८ जना विद्यार्थीमा सामान्य समस्या देखिएका कारण देवदह मेडिकल कलेजमा निःशुल्क उपचार गरिने डाक्टर सुन्दर पाण्डे जनाकारी दिनुभएको छ।

    उक्त शिविर बुद्ध पब्लिक आवासीय माविका प्राचार्य कृष्ण प्रसाद गैरे, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयकिशन अधिकारि, अतिरिक्त क्रियाकलाप प्रमुख अनन्तराम भण्डारी, रोटरी क्लब अफ देवदहका अध्यक्ष डाक्टर सुन्दर पाण्डे लगायतको उपस्थितिमा उक्त शिविर सम्पन्न भएको थियो।

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij