देवदह । रुपन्देहीको देवदहमा वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ। लायन्स क्लब अफ देवदह, लायन्स क्लब अफ देवदह प्रोफेसनल युथ र तिलोत्तमा रक्तदाता समाजको आयोजना र लियो क्लब अफ लर्ड बुद्ध, लियो क्लब अफ देवदह र लियो क्लब अफ बुटवल मणिमुकुन्द युथको सह आयोजना उक्त कार्यक्रम भएको हो।डेंगु रोगको जोखिमका बीच रगत अभाव टार्न देवदहमा ६ लायन्स र लियो क्लबबाट संयुक्त रक्तदान कार्यक्रमको आयोजना गरिएको हो।

कार्यक्रममा बोल्दै देवदह नगरपालिकाको कार्यवाहक नगर प्रमुख विद्या लक्ष्मी गुरुङले लायन्स लियोले हामी सेवा गर्छौं भन्ने सिद्धान्तलाई आत्मसाथ गर्दै निस्वार्थ भावनाका साथ समाजसेवा गर्दै आईरहेको बताउनुभयो। उहाले देवदह नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता दिएर अघि बढिरहेको बताउनुभयो। देवदह नगरपालिकाले जेष्ठ नागररिकलाई सुगर र प्रेसरको निशुल्क दबाई समेत दिदै आएको उहाले बताउनुभयो।

उहाँले देवदहको बिरामीलाई रगतको आवश्यक परे एक बर्षमा १५ प्याकेट सम्म रगत नगरपालिकाले निशुल्क उपलब्ध गराउदै आएको बताउनुभयो। साथै लायन्सको सेवा रुपी कार्यक्रम तल्लो तह सम्म पुर्याउन अनुरोध गर्दै क्लबले गरेका कार्यक्रममा पालिका र आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

कार्यक्रममा ५१ पोइन्ट रगत संकलन भएको जानकारी दिदै लायन्स क्लब अफ देवदह प्रोफेसनल युथका अध्यक्ष लायन कमल पौडेलले कार्यक्रम सफल बनाउनका लागि सहयोग गर्ने सम्पूर्ण संघ संस्था तथा रक्तदाता उपस्थित सबैलाई धन्यवाद व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा देवदह नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा, देवदह नगरपालिकाको नगर प्रवक्ता तथा वडा नं ५ का अध्यक्ष गणेश डुम्रे, डिस्ट्रीक एड्भाईजर लायन विष्णु पौडेल, लायन्स क्लब अफ देवदह युनाईटेडका अध्यक्ष माधव आचार्य, डिस्ट्रीक डिपाटमेन्ट मेम्बर शोभा थापा, रोटरी क्लब अफ देवदहका अध्यक्ष डा. सुन्दर पाण्डे, जोन चियरपरसन बिनोद थापा मगर, क्लस्टर चिफ राम बहादुर गुरुङ लगाएतको उपस्थिति रहेको थियो।

कार्यक्रम लायन्स क्लब अफ देवदहका अध्यक्ष मन बहादुर क्षेत्रीको अध्यक्षता, तिलोत्तमा रक्तदाता समाजका अध्यक्ष गोबिन्द बञ्जाडेको स्वागत र लायन्स क्लब अफ देवदह प्रोफेसनल युथका सचिब दिपेश पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij