झमन थापा मगर
देवदह । देवदह नगरपालिका वडा नम्बर ५ कार्यालय परिसरमा फलफुलको विरुवा लगाउनको लागि वृहत सरसफाई गरिएको छ। वडा अध्यक्ष तथा नगरप्रवक्ता गणेश डुम्रेको नेतृत्वमा देवदह नगरपालिका वडा न ५ कार्यालय परिसरमा झाडी सरसफाई गरिएको हो।

सरसफाई अभियानमा वडा समिती सदस्यहरु साबित्रा पौडेल, बिमला देबि दर्लामी, होमनाथ भटराई, बैकुण्ठनगर टोल बिकास संस्था, खैरेनी गोठादी मार्ग टोल बिकास संस्था, सुन्दर टोल बिकास संस्था, सिद्दार्थ कलोनी टोल बिकास संस्था बुद्ध सामुदायिक बन समितीका अध्यक्ष टेक बहादुर राना लगायत व्यापक जनसहभागिता रहेको थियो ।
वडा नं.५ लाई नगरपालिकाकै पहिलो पूर्ण सरसफाईयुक्त वडा घोषणा गर्ने अभियान सहित हरेक हप्ताको शनिवार नियमित रुपमा सरसफाई अभियान संचालन भैरहेको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij