मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

उत्पादनमा क्रान्ति नगरेसम्म परिवर्तन सम्भव छैन : प्रधानमन्त्री प्रचण्ड

उत्पादनमा क्रान्ति नगरेसम्म परिवर्तन सम्भव छैन : प्रधानमन्त्री प्रचण्ड

images
  • 493
    SHARES

  • images
    images
    images
    उत्पादनमा क्रान्ति नगरेसम्म परिवर्तन सम्भव छैन : प्रधानमन्त्री प्रचण्ड
    images
    images
    images

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि उत्पादनमा क्रान्ति नभएसम्म मुलुकको परिवर्तन सम्भव नरहेको बताउनुभएको छ । 

    पार्टी  केन्द्रीय कार्यालय पेरिस डाँडामा हरियाली प्राकृतिक कृषि अभियानले आयोजना गरेको केन्द्रीय कार्यशाला गोष्ठीको उद्घाटनमा प्रधानमन्त्री दाहालले कृषि उत्पादनमा देखिने गरी परिवर्तन गर्नुपर्ने बताउनुभयो । 

    images
    images
    images

    प्रधानमन्त्री दाहालले भन्नुभयो, “हरित अभियानको अर्थपूर्ण र दीर्घकालीन रणनीतिक महत्त्व छ । उत्पादनमा क्रान्तिकारी परिवर्तन नल्याएसम्म देशमा परिवर्तन सम्भव छैन । माओवादी केन्द्रको पछिल्लो केन्द्रीय समिति बैठकले कृषि क्षेत्रमा क्रान्ति ल्याउने अभियानका रूपमा यो अभियानलाई सुरु गरिएको हो ।”

    सो अवसरमा हरियाली प्राकृतिक कृषि अभियान चलाउन अभियान सफल बनाउन लाग्ने सबैलाई प्रधानमन्त्री दाहालले धन्यवाद दिनुभयो । उत्पादनमा क्रान्तिकारी परिवर्तन नल्याएसम्म परिवर्तन असम्भव रहेको उल्लेख गर्दै उहाँले आफ्नो भारत भ्रमणमा जाँदा यस विषयमा सहकार्य गर्नेबारे छलफल भएको समेत जानकारी दिनुभयो । 

    प्राकृतिक कृषिका बारेमा छलफल गर्न भारतले गरेको हरित कृषि र तथा त्यस्ता अध्ययनका लागि नेपालमा कृषिमा काम गरेका कृषकलाई भ्रमणमा पठाउने र अनुभव साटासाट गर्ने गरी सरकार लागेको बताउनुभयो । 

    सो अवसरमा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले हरित कृषि अभियानलाई देशव्यापी रूपमा लैजान पार्टीले विशेष पहलकदमी लिने बताउनुभयो । 

    कार्यक्रममा माओवादी केन्द्रका नेता डिलाराम आचार्य, दीनानाथ शर्मा, झक्कुप्रसाद सुवेदीलगायतले अभियानको आवश्यकता र महत्वका बारेमा जानकारी गराउनुभएको थियो ।

    कार्यशाला गोष्ठीमा ३४ जिल्लाबाट प्रतिनिधित्व रहेको आयोजकले जनाएको छ । 

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij