मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

केरवानी माविमा बृहत शैक्षिक मेला

केरवानी माविमा बृहत शैक्षिक मेला

शैक्षिक मेला

images
  • 2.9K
    SHARES

  • images
    images
    images
    केरवानी माविमा बृहत शैक्षिक मेला
    images
    images
    images

    देवदह । रुपन्देहीको देवदह ५ मा अवस्थित केरवानी माध्यामिक विद्यालयमा विद्यार्थीको सिकाई, संस्कार क्षमता प्रवर्द्धन गर्न एकदिने शैक्षिक मेला आयोजना गरिएको छ । घर, समुदाय तथा विद्यालयमा सिकाइ, संस्कार प्रबर्द्धन गरी बालबालिकाको आनीबानीको विकास गर्ने उद्देश्यले मेला आयोजना गरिएको हो ।

    मेलामा देवदह नगरपालिकाका नगर उपप्रमुख विद्या लक्ष्मी गुरुङले देवदह नगरपालिकाले शिक्षा र स्वास्थ्यको क्षेत्रमा विशेष प्राथमिकता दिएर काम गरिरहेको बताउनुभयो ।

    images
    images
    images

    कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका उपप्रमुख गुरुङले मेलाले विद्यार्थीको अतिरिक्त क्रियाकलाप सङ्गै शैक्षिक गुणस्तर बढाउन मेलाले सहयोग पुग्ने बताउनुभयो ।

    उपप्रमुख गुरुङले सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तरका साथ घरपरिवार तथा समाजमा संस्कार खस्किदै गएको हुँदा यस्ता खालका कार्यक्रमले विद्यालय र विद्यार्थीको समुदायस्तर सङ्गको सम्बन्धलाई प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।

    केरवानी माविले देवदहमै पहिलोपटक सुस्त श्रवण भएका विद्यार्थीलाई अध्यापन गराउदै आएको, बालि बिज्ञान अध्यापन गराउदै आएको र देवदहमै सबै भन्दा धेरै विद्यार्थीले अध्ययन गर्दै आएको भन्दै शैक्षिक सुधार र गुणस्तरीय शिक्षाका लागि शुभकामना समेत व्यक्त गर्नुभयो ।

    कार्यक्रममा देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले शैक्षिक मेलाले विद्यालयमा व्यवहारिक शिक्षा र प्राविधिक शिक्षा सहित संस्कार र संस्कृतिको विकास हुने विश्वास व्यक्त गर्नुभयो ।

    विद्यालयका प्रधानाध्यपक निर्मल ढुङ्गानाले विद्यालयको व्यावहारिक र शैक्षिक गुणस्तर बढाउन शैक्षिक मेला आयोजना गरिएको बताउनुभयो । 

    प्रधानाध्यापक ढ्ङ्गानाले शैक्षिक मेलाले बालबालिकाको पढ्ने बानीको मात्रै विकास नभएर पढाइ सङ्गै अतिरिक्त क्रियाकलाप र शैक्षिक गुणस्तर वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

    विद्यालय र विद्यार्थीको शैक्षिक लगायत अतिरिक्त क्रियाकलापको जानकारीको लागि विद्यालयले मोबाइल एप्स समेत संचालनमा ल्याएको प्रधानाध्यापक ढुङ्गानाले जानकारी दिनुभयो ।

    मेलामा विद्यार्थीका क्रियाकलाप, शैक्षिक सामग्री स्टल, गणित शैक्षिक सामग्री स्टल, मेलामा कक्षा १ देखि १० सम्म विज्ञान, गणित र नेपाली विषयसम्बन्धी शैक्षिक सामग्री साथै कृषि सम्बन्धि प्रदर्शनी समेत गरिएको थियो। विद्यालयमा निर्मित ई - लाइब्रेरी र स्तरीय चमेना गृह समेत उद्घाटन गरिएको थियो।

    शैक्षिक मेलाको अवसरमा नेपाल रेडक्रस सोसाइटी देवदह उपशाखाको आयोजनामा रक्तदान कार्यक्रमको समेत आयोजना गरिएको थियो ।

    कार्यक्रम विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष सुशीला भट्टराईको अध्यक्षता र सहायक प्रधानाध्यापक खेमानन्द ज्ञवाली र यज्ञ प्रसाद न्यौपानेको संचालनमा सम्पन्न भएको थियो।सोइया महिला स्वावलम्बी संस्थाको सहयोगमा शैक्षिक मेला आयोजना गरिएको हो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij