बालमैत्री वडा
देवदह । देवदह नगरपालिका वडा नम्बर ५ ले फागुन २ गते बालमैत्री वडा घोषणा गर्ने तयारी गरेको छ।
बालमैत्री वडा समितिको मंगलबार बसेको बैठकले बालमैत्री वडा घोषणा गर्नका लागि तयरी स्वरुप बिभिन्न निर्णय गरेको छ।
समितिले देवदह ५ को बालबालिकाको स्वास्थ्य अवस्था, खोप, पोषण, विद्यालय भर्ना, बालबिवाह, बालश्रम लगायतका विभिन्न ५१ सुचकको अवस्थाको बास्तबिक तथ्यांक सहित बाल प्रोफाइल तयार गरेको वडा अध्यक्ष गणेश डुम्रेले जनाजकारी दिनुभयो। २१ वटै टोलमा तथ्यांक संकलन कर्ता खटाएर, टोल बिकास संस्था, आमा समुह, सामुदायिक तथा संस्थागत विद्यालय समेतको उपस्थितिमा तथ्यांक अपडेट गरि प्रोफाइल तयार गरिएको हो।
बालमैत्री स्थानीय शासन राष्ट्रिय अभियान्ता शर्मिला पौडेलको संयोजनमा बनाइएको प्रोफाइल समितिको मंगलबार बासेको बैठकमा सार्वजनिक गरि विभिन्न सुचकको बारेमा छलफल र आगामी कामको सन्दर्भमा योजना बद्द खाका तयार पारिएको वडा अध्यक्ष डुम्रेले जानकारी दिनुभयो।
बालमत्री वडा घोषणा तयारी स्वरुप त्यसको लागि पूरा गर्नुपर्ने सम्पुर्ण सुचकको कामको जिम्मेवारी समेत बाडफाड गरिएको छ।
जस अन्तर्गत चारजना वडा सदस्यको संयोजकत्वमा समुदाय स्तरीय बालमैत्री समिती गठन २ दिन भित्र गर्ने, वडा स्तरीय फोकल पर्सन वडा सचीव तथा समितिका सदस्य सचिब प्रदिप प्रसाद गौतमलाई जिम्मेवारी दिने, बालमैत्री आचारसंहिता तयारी , सुचकको स्थानीयकरण, बालमैत्री सुचक, सुचकको स्थानीयकरण, लगानी योजनाको तयारी भाद्र मसान्त सम्म सक्ने, भाद्र २२ र २३ गते बालबालिकाको नेतृत्व बिकास तथा बालमत्री अवधारणा कार्यन्वयन सम्बन्धि तालिम संचालन गर्ने निर्णय गरेको छ।
बैठकमा वडाका सम्पुर्ण जनप्रतिनिधिहरु, विद्यालयका प्रधानाध्यापक, टोल बिकास संस्थाका अध्यक्ष, महिला स्वास्थ्य स्वयंम सेविका, नगर अस्पतालका प्रतिनिधि, नगर बाल संजाल सचीव , वडा बाल संजाल अध्यक्ष लगायतको उपस्थिति रहेको थियो।
बालमैत्री स्थानीय शासन राष्ट्रिय अभियान्ता शर्मिला पौडेलले सहजीकरण गर्नुभएको बैठकको संचालन वडा सचीव प्रदिप प्रसाद गौतमले गर्नुभएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij