मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

बुद्द सामुदायिक वनद्वारा आयोजित तिज गित प्रतियोगितामा आँधिखोला आमा समूह प्रथम

बुद्द सामुदायिक वनद्वारा आयोजित तिज गित प्रतियोगितामा आँधिखोला आमा समूह प्रथम

झमन थापा मगर

images
  • 2.6K
    SHARES

  • images
    images
    images
    बुद्द सामुदायिक वनद्वारा आयोजित तिज गित प्रतियोगितामा आँधिखोला आमा समूह प्रथम
    images
    images
    images

    देवदह। रुपन्देहीको देवदहमा अवस्थित बुद्द सामुदायिक वन उपभोक्ता समुहको आयोजनामा अन्तर टोल स्तरिय बन सचेतना तिज गीत प्रतीयोगीता सम्पन्न भएको छ । 

    "रुख रोपौ बन जोगाऔँ' भन्ने मुख्य उदेश्य सहित आयोजना भएको प्रतियोगितामा ७ वटा टोलको सहभागिता रहेको थियो। 
    प्रतियोगितामा आँधिखोला आमा समूहले प्रथम स्थान हासिल गर्न सफल भएको छ। त्यस्तै सिदार्थ कोलोनी आमा समूह द्वितीय, परिवर्तन स्वास्थ्य  आमा समूह तृतीय र त्रिशक्ति आमा समूहले सान्त्वना स्थान हासिल गर्न सफल भएका छन् 

    images
    images
    images

     

    May be an image of 9 people and text

     

    प्रथम, द्वितीय र तृतीय हुने समूहले क्रमश : आठ हजार, छ हजार र चार हजार पुरस्कार सहित सम्मान पत्र प्राप्त गरेका छन्। 

    कार्यक्रम देवदह नगरपालिकाका उपप्रमुख बिद्या लक्ष्मी गुरुङको प्रमुख आतिथ्यता, देवदह ५ का वडा अध्यक्ष तथा नगर प्रबक्ता गणेश डुम्रे,  गाँऊ बन समन्वय सञ्जाल रुपन्देहीका अध्यक्ष खेम नारायण अधिकारी, शिवालय बनका अध्यक्ष रामचन्द्र शर्मा लगायतको उपस्थिति रहेको थियो। 

    कार्यक्रम संस्थाका अध्यक्ष टेक बहादुर रानाको अध्यक्षता, सन्तोष भटराईको स्वागत र सचिव राधिका अर्यालको सञ्चालनमा सम्पन्न भएको थियो।  

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij