मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

पाल्पाको रामपुरमा गाईको शालिक अनावरण

पाल्पाको रामपुरमा गाईको शालिक अनावरण

images
  • 713
    SHARES

  • images
    images
    images
    पाल्पाको रामपुरमा गाईको शालिक अनावरण
    images
    images
    images

    रामपुर।  पाल्पामा गाईको शालिक अनावरण गरिएको छ। पाल्पाको रामपुर नगरपालिका–६, मिलनचोकमा निर्माण गरिएको गौशालिकको अनावरण गरिएको हो । रामपुर नगर गौशाला समितिले निर्माण गरेको कामधेनु गाईको शालिक वैदिक विधि पूर्वक प्राण प्रतिष्ठा गरी अनावरण गरिएको हो ।

    गाई र दुध खाँदै गरेको बाच्छो सहितको गौशालिक अनावरण गर्दै रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले पछिल्लो समय धार्मिक विवादहरु बहिर आईरहेको सन्दर्भमा सहिष्णुता कायम गर्दै एकले अर्को धर्मको सम्मान गर्दै अघि बढ्न आग्रह गर्नुभयो । उहाँले चल्दै आएकोे धर्म र संस्कृतिलाई निरन्तरता दिनु आवश्यक रहेको बताउँनुभयो । गाई राष्ट्रिय जनावर मात्रै नभएर धार्मिक, संस्कृतिक महत्व रहेकोले संरक्षणमा ध्यान दिनु हामी सबैको दायित्व रहेको बताउनुभयो । 

    images
    images
    images

    गाईको संरक्षणका लागि सञ्चालन हुँदै आएको गौशाला व्यवस्थापनको लागि नगरपालिकाले आवश्यक सहयोग गर्दै आएको उपप्रमुख थापाको भनाई थियो। 

    कार्यक्रममा रामपुर नगरपालिकाका प्रवक्ता कपिल बहादुर खाँणले गौमाताले दैनिक जीवनमा मात्र नभै संस्कार र संस्कृति संरक्षणमा पनि टेवा दिने बताउनुभयो । पण्डित दिननाथ भण्डारीले गौमाताको महत्व सबैभन्दा ठूलो भएपनि अहिले सबैभन्दा हेलामा गाई परेको बताउनुभयो । 

    गौशालिक निर्माण संगै मिलनचोकलाई गौशाला चोक नामाकरण गरिएको छ ।

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij