रुपन्देही। देवदह नगरपालिकामा रहेको देवदह नगर प्याब्सनको आयोजनामा ५९औं बाल दिवसको अवसर पारेर विद्यालयस्तरीय हाजिरीजवाफ तथा निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ।
देवदह ३ मा रहेको मदरल्याण्ड एकेडेमीमा भएको प्रतियोगिता अन्तर्गत प्रावि तहको हाजिरी जवाफ प्रतियोगितामा ग्रीन प्लान्ट आवासीय माविका समन्वय पौडेलको समुह प्रथम, सेभेन स्टार इङ्लिस बोर्डिङ स्कुलका स्वरूप गिरीको समुह द्वितीय,बुद्ध पब्लिक आवसीय माबिका कुशल भुसलको समूह तृतीय र कोलिय राज इङ्लिस बोर्डिङ स्कुलका सुबास भण्डारीको समुह सान्तना भएका छन् ।
त्यसैगरी प्रा बि तह तर्फको निबन्ध लेखन प्रतियोगितामा ग्रीन प्लान्ट आवासीय माविकी छात्रा स्विकृती न्यौपाने प्रथम,बुद्ध पब्लिक आवसीय माबिका छात्र दिवश श्रेष्ठ द्वितिय, नारायणी पब्लिक इङ्लिस बोर्डिङ स्कुलका छात्र विनोद यादव तृतिया र सेभेन स्टार इङ्लिस बोर्डिङ स्कूलकी छात्रा दिपिका दर्लामी सान्त्वना भएका छन्।
त्यसैगरी मावि तह तर्फको निबन्ध लेखन प्रतियोगितामा ग्रीन प्लान्ट आवासीय माविका छात्र आर्यान धमला प्रथम,सेभेन स्टार इङ्लिस बोर्डिङ स्कूलकी छात्रा आकृति चौधरी द्वितीय,बुद्ध पब्लिक आवसीय माबिका छात्र आशिष भट्टराई तृतीय र एसियन लाईट ईङलिस बोर्डिङ स्कुलका छात्र सुशान्त बिष्ट सान्त्वना भएका छन्।
प्रतियोगितामा विजेता भएका प्रतियोगी हरुलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्याब्सनका उपाध्यक्ष एकनारायण काफ्ले, वार्ड नं ३ का वार्ड अध्यक्ष यज्ञ अर्याल, प्याब्सन देवदह का अध्यक्ष राम बहादुर गुरुङ्ग लगायतले शिल्ड मेडल र प्रमाणपत्रले सम्मान गर्नुभएको थियो।
कार्यक्रम प्याब्सन देवदह का अध्यक्ष राम बहादुर गुरुङको अध्यक्षता र प्याब्सन देवदहमा सचिव कृष्ण गैरेको सञ्चालनमा सम्पन्न भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij