मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

संविधान दिवस नेपाली जनताको राष्ट्रिय दिवस हो : एमाले अध्यक्ष ओली

संविधान दिवस नेपाली जनताको राष्ट्रिय दिवस हो : एमाले अध्यक्ष ओली

images
  • 246
    SHARES

  • images
    images
    images
    संविधान दिवस नेपाली जनताको राष्ट्रिय दिवस हो : एमाले अध्यक्ष ओली
    images
    images
    images

    काठमाडौं।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवस नेपाली जनताको दिवस भएको बताएका छन्। 

    संविधान दिवसको अवसरमा काठमाडौंको नक्सालस्थित नारायण चौरमा बुधबार बिहान आयोजित राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संविधान दिवस नेपाली जनताको साझा र सिंगो राष्ट्रको राष्ट्रिय दिवस भएको बताएका हुन्। 

    images
    images
    images

    राज्यबाट औपचारिकता मात्र नभइ जनताको तहबाट राष्ट्रिय दिवसको रुपमा दिवस मनाइरहेको भन्दै उनले यो नेपाली जनताको उपलब्धि भएको बताए। 

    ‘यो सरकारी दिवस होइन, यो आम नेपाली जनताको दिवस हो, नेपालको उन्नति हो, नेपाली जनताको उलब्धि हो।’ उनले भने,  ‘नेपालको भविष्यको गोरेटो हो यो संविधान, नेपाली जनताका मौलिक र अन्य हकहरुको प्रत्याभूति हो।’

    संविधान दिवस एउटा पार्टी विशेष, विचार विशेष, जाती विशेष भूगोल विशेष, एउटा पेशा व्यवसायको दिवस नभएको भन्दै उनले यो सम्पूर्ण नेपाली जनताको साझा उपलब्धिको साझा दिवस भएको बताए।​

    आफूहरु अहिले संविधानको प्रभावकारी कार्यान्वयनको घडीमा रहेको उनले बताए। संविधानले निर्दिष्ट गरेका देशको सार्वभौमसत्ता स्वाधिनता, स्वतन्त्रता, भौगौलिक अखण्डता, राष्ट्रिय हितहरुको संरक्षण–सम्बर्द्धन एवं राष्ट्रिय स्वाभिमानलाई माथि उठाउनुपर्ने ओलीले जोड छ। 

    शान्ति सुरक्षा देशमा होस्, कसैले पनि भयको वातावरणमा बाँच्न नपरोस् भनेर संविधान जारी भएको स्मरण गर्दै ओलीले यसको दिगो र प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताए। एमालेले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई संविधान दिवसले समेटेको उनको भनाइ छ। 

    अध्यक्ष ओलीले भने ’कहीँकतै हाम्रा उपलब्धिलाई समाप्त पार्न खोज्ने, यात अभिव्यक्ति, यात क्रियाकलापबाट यस्ता प्रयास छिटफुट हुने गरेका छन्, त्यस्ता क्रियाकलापप्रति म दुख व्यक्त गर्न चाहान्छु।’

    राष्ट्रिय एकता खल्बल्याउने खालका विचार र प्रवृत्ति सकारात्मक हुनै नसक्ने भन्दै उनले यस्ता प्रवृत्तिलाई असफल पारेर अगाडि बढ्नुपर्ने बताए।

    ‘राष्ट्रिय एकता खल्बल्याउने खालको विचारहरु सकारात्मक कुरा हुन सक्दैन, देशको उन्नति प्रगितका लागि, जनताको एकताको लागि, यस्ता विभाजनकारी प्रवृत्तिहरु, राष्ट्रिय एकतामा खलल पुर्‍याउने प्रवृत्तिहरु, अनेकौं खालका क्षेत्रीय, जातियवादी, राजनीतिक वा जुनसुकै प्रवृत्तिहरु साम्प्रदायिक प्रवृत्तिहरु, यस्ता उच्ङखल क्रियाकलाप राष्ट्रिय एकताको पक्षमा छैन, यसले हाम्रो राष्ट्रिय एकतालाई कमजोर पार्छ, यस्ता कुरा नगर्न म आग्रह गर्छु।’ ओलीले भने। 

    सरकारले देखाउने एउटा र भित्रभित्र अर्को कुरा व्यवहार गर्न नहुने सुझाव पनि उनको थियो। ‘म सरकारलाई सुझाव दिन चाहान्छु, सरकारले देखाउने रुपमा एउटा कुरा गर्ने, भित्रभित्र अर्को खालको व्यवहार गर्ने, गलत क्रियाकलापलाई प्रोत्साहन गर्ने, बढवा दिने काम गर्नु हुँदैन।’ उनले भने। 

    उद्देश्य, गन्तव्य र बाटो बिर्सन नहुने भन्दै उनले सिंगो देश एकजुट भएर राष्ट्रलाई अगाडि बढाउनुपर्ने बताए। 

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij