काठमाडौं । विद्यालय शिक्षा विधेयकको बिरोधमा काठमाडौं केन्द्रित आन्दोलन सुरु भएको छ ।
सो विधेयकको बिरोधमा आज देशभरका शिक्षक कर्मचारीहरू काठमाडौँमा केन्द्रित भएर आन्दोलनमा उत्रिएका हुन्।
विद्यालय शिक्षा विधेयकको विरोधमा काठमाडौँमा सडक आन्दोलन गर्नका लागि ७७ वटै जिल्लाबाट राहत, करार, बाल विकास, स्थायी लगायतका शिक्षक कर्मचारी काठमाडौँ आएका छन् ।
नेपाल शिक्षक महासंघको आह्वानमा आज ११ बजेदेखि माइतीघर मण्डलामा विरोध प्रदर्शन सुरु भएको छ।

Copyright © All right reserved to Lumbini Pana Site By: Sobij