देवदह। रुपन्देहीको देवदह -७ मा रहेको स्वर्णिम सगरमाथा कलेजमा कक्षा ११ का नव आगन्तुक विद्यार्थीलाई स्वागत गरिएको छ। कक्षा १२ मा अध्यनरत विद्यार्थिहरुले कक्षा ११ का विद्यार्थीहरुलाई शनिवार एक कार्यक्रमका विच स्वागत गरेका हुन् ।
स्वागत कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएका कलेजका व्यवस्थापन समितिका अध्यक्ष ऋषिराम सापकोटाले कलेजले स्थापना काल देखी हालसम्म उत्कृष्ट नतिजा हात पारेको उदाहरण प्रस्तुत गर्दै शैक्षिक गतिविधिमा मात्र नभइ अन्य अतिरिक्त क्रियाकलापमा समेत विद्यार्थी अब्बल हुनु पर्ने बताउनु भयो।
कार्यक्रममा विद्यालयका प्राचार्य कृष्ण प्रसाद पौडेलले विद्यार्थीहरु कै सक्रियतामा स्वागत कार्यक्रम भब्य र सव्य रुपमा सञ्चालन भएको बताउदै कलेजको सम्पुर्ण गतिविधिमा विद्यार्थीको उच्च संलग्नताका साथ अगाडि बढ्नु पर्ने आजको शिक्षाको आवश्यकता रहेको बताउनुभयो।

सगरमाथा कलेजले उत्कृस्ट नतिजा संगै सभ्य समाज निर्माणका लागि समेत अहोरात्र लाग्ने प्राचार्य पौडेलको भनाई थियो।
उहाँले कलेजले परिक्षामा सत प्रतिशत नतिजा ल्याउने विषयका शिक्षकलाई नगद ५ हजार सहित सम्मान गर्ने बताउनुभयो। यस वर्ष शतप्रतिशत नतिजा ल्याउने शिक्षक विमल तिवारी र सरद भण्डारीलाई सम्मान गरिएको थियोे।
कार्यक्रममा सगरमाथा आवसिय मा.विका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज मरासिनी, सहायक प्र.अ प्रदिप अधिकारी लगायतले आ-आफ्नो भनाई राख्नु भएको थियो।
कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम, बिभिन्न प्रतिभा प्रस्तुत साथै अतिरीक्त क्रियाकलापहरु प्रदर्शन गरेका थिए। ई सि ए कोडिनेटर भिमा गुरुङको स्वागत मन्तव्य, भरत रानाको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन जय भण्डारी र सन्ध्या थापाले गरेका थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij