देवदह। रुपन्देहीको देवदह - ७ मा रहेको मूल्यवान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको दशौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ। शनिबार एक कार्यक्रमको आयोजना गरि साधारण सभा तथा अधिवेशन सम्पन्न गरिएको हो।
पाचौं अधिवेशनले गोबिन्द बहादुर ठडराईको अध्यक्षतामा नयाँ संचालक समिति गठन गरेको छ । जसको उपाध्यक्षमा गणेश बहादुर विक, सचिवमा दिल कुमार विक, कोषाध्यक्षमा विकास गहतराज र सदस्यहरुमा सोनु विक, सुमन विक, सुबास विक, सुरज पोखरेली, होम बहादुर विक, विपिन विक, राधा बुढाथोकी रहेका छन्।
त्यस्तैगरी कृष्ण बहादुर नेपालीको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति गठन गरिएको छ । जसको सदस्यमा वीर बहादुर नेपाली र हुन् बहादुर सुनार रहेका छन्।
बार्षिक साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै जिल्ला सहकारी संघ लि रुपन्देहीका सेवा केन्द्र अधिकृत प्रकाश अधिकारीले सहकारी सदस्यले कोरोना भाइरस लगायत अर्थतन्त्रमा देखिएको प्रतिकुल समस्याको वावजुद मूल्यवान सहकारीका ८० प्रतिशत सदस्यले नियमित बचत गरेको भन्दै प्रशंसा गरे।

अधिकृत अधिकारीलेसहकारी सिद्धान्त अनुरुप सदस्यहरुको आर्थिक, सामाजिक तथा सास्कृतिक विकासका लागि आधुनिक
प्रविधियुक्त र प्रतिस्प्रधात्मक वित्तिय र गैह्र वित्तिय सेवा प्रदान गर्न र गरिबीमुक्त, व्यावसायिक एवं समृद्ध सदस्यहरु बनाउन मूल्यवान सहकारी लाई आग्रह गरे।
कार्यक्रममा अध्यक्ष ठडराईले बार्षिक प्रतिवेदन, सचिव दिल कुमार विकले सचिवको प्रगति प्रतिवेदन र कोषाध्यक्ष विकास गहतराजले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका उपाध्यक्ष गणेश बहादुर विकको स्वागत र सचिव दिल कुमार विककोसंचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij